२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह जेन–जीले परिकल्पना गरेको समाज निर्माण गर्न सक्यौँ कि सकेनौँ, गम्भीर समीक्षा गरौँ : अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

नौमती बाजा बजाएर यी महिलाले भने: रोजगारीको अवसर सृजना गरेका छौं



अ+ अ-

काठमाडौं। लोक सांस्कृतिक महिला नौमती बाजा समूहले आफ्नो कला देखाउँदै देशभित्रै अवसर सृजना गरी अगाडि बढ्न सकिने सन्देश दिएका छन् । बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले नौमती बजाउँदै महिलाले पनि देशको हरेक क्षेत्रमा रोजगारीको अवसर सृजना गर्नुका साथ कला संस्कृतिको जर्गेना गर्न भूमिका खेल्न सकिने बताएका छन् ।

लोकसांस्कृतिक महिला नौमती बाजा समूहकी अध्यक्ष कृष्णा क्षेत्रीले महिलाहरु एकजुट भएर अगाडि बढ्न सकिने सन्देश दिन आफूहरु सक्रिय भएको जानकारी दिइन् । उनले भनिन्,‘देशमा कला र सीप सिकेर गरिखान सकिन्छ, दुःख पाउन विदेश जानुपर्दैन ।’ आफूहरुले ऋणमा शुरु गरेको नौमती समूह अहिले सशक्त बन्दै गएको बताइन् । समूहले देशको संस्कृतिको जगेर्ना गर्ने उद्देश्य समेत राखेको बताइन् ।

नौमती समूहलाई विदेशबाट पनि सांस्कृतिक कार्यक्रमको निम्तो आउन थालेको जानकारी दिइन् । कृष्णा क्षेत्रीका अनुसार निकट भविष्यमा देशबाहिर सांस्कृतिक कार्यक्रममा सहभागी हुने तय भएको छ ।
नौमती बाजा समूहकी कोषाध्यक्ष अम्बिका परियारले नेपालमा आफ्नै सीप कलाले गरिखान सकिने बताइन् । वैदेशिक रोजगारभन्दा देशभित्रै रोजगारको अवसर खोज्न महिलाहरुलाई आग्रह गरिन् । उनले भनिन्, ‘विदेशमा शोषित पीडित हुनुपरेको सुन्दा दुःख लाग्छ, हामी महिलाले एक भएर देशभित्र धेरै गर्न सक्छौं ।’

नौमती बाजा समूहका गुरु ध्रुव नेपालीले महिलाहरुले बाजा किनेर, सिकेर त्यसलाई सदुपयोग गरेकोमा खुशी व्यक्त गरे । कम साधन र स्रोतका बाबजुद पनि महिला नौमती बाजा समूहले ठूलो उपलब्धि हासिल गरेको बताए ।

कार्यक्रममा लोक सांस्कृतिक महिला नौमती बाजा समूहले बाजा बजाएर कला प्रदर्शन गरेका थिए । नौ जनाको समुहमा रहेका उनीहरुले ढलके, दमाहा, नरसिंहा, सहनाई, ट्यांको र झुरमा बजाएका थिए । उनीहरुले भविष्यमा साधन बढाउँदै लैजाने समेत बताए ।

लोक सांस्कृतिक महिला नौमती बाजा समूहमा कृष्णा क्षेत्री अध्यक्ष, पुनम भुसाल सचिव, अम्बिका परियार कोषाध्यक्ष, सदस्यहरु विष्णु परियार, नम्रता भुसाल, सरीता परियार, राधिका परियार, रीता नेपाली, मीना परियार र गुरु ध्रुव नेपाली रहेका छन् ।