१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

ज्ञानेन्द्र शाहीले सार्वजनिक गरे नेपाली भूमीको ऐतिहाँसिक तथ्यांक र प्रमाण

ज्ञानेन्द्र शाहीले सार्वजनिक गरे नेपाली भूमीको ऐतिहाँसिक तथ्यांक र प्रमाण
अ अ+ अ-

काठमाडौं । नेपालका लागि नेपाली अभियन्ता ज्ञानेन्द्र शाहीले सरकारले आफ्नो गुमेको भूमी फिर्ता ल्याउनको लागि अविलम्ब कुटनीतिक पहल गर्नुपर्ने माग गरेका छन् । नेपाल र नेपालीहरुले मान्दै आएको टिंकरको एक नम्बर पिल्लर नै नक्कली रहेको शाहीको भनाई छ ।

उनले भने,‘लिपुलेक नेपालको मध्यभागमा पर्छ । नेपालको सीमाना लिम्पियाधुरा हो । काली नदीको किनार हो । अहिले भारतले काली नदीपनि नक्कली गरेको छ ।’ उनले नेपालको सिमाना भारतले मात्रै नभएर चीनले पनि मिचेको दाबी गरे । उनले भने,‘हामीले नक्कली पिल्लरलाई मानेर हाम्रो भूभाग गुमाईराखेका छौं । मैले ल्याएको प्रमाण, एउटा लालपुर्जा त्यहाँको नागरिकको, यो लुज सिट भन्छ, अर्को भनेको पिल्लर गाँड्ने मान्छे, जसले २०१७, २०१८ सालमा पिल्लर गाड्ने काम गरे । नेपाल सरकारले यो लालपुर्जा, भैरव रिसाल दाईले अस्ति ल्याउनुभएको नक्शा र भिडियो, तिरो तिरेको प्रमाण सबै लिएर नेपाल अन्तर्राष्ट्रिय अदालत गयो भने हाम्रो सिमा शत प्रतिशत फिर्ता हुन्छ ।’

उनकाअनुसार टिंकरमा एक नम्बर पिल्ल गाड्ने मान्छेमा प्रेम सिंह धामी र मान बहादुर बम हुन् । मंसिर १० गतेदेखि मंसिर १६ गतेसम्म दार्चुलाका विभिन्न स्थानमा पुगी आफूले संकलन गरेको ऐतिहासिक प्रमाण र भिडियो सार्वजनिक गर्न बुधबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरेर शाहीले यस्तो माग गरेका हुन् । भारतले मिचेको नेपाली भूमी फिर्ता गर्नको लागि सरकारले अविलम्ब कुटनीतिक पहल गर्नुपर्ने उनको माग छ ।
उनले भने,‘नेपालसँग यथेष्ट प्रमाण छ, हामी अन्तर्राष्ट्रिय अदालतमा जानुपर्छ । सरकारसँग यो कदम चाल्नको लागि आग्रह गर्दछु । यदि वर्तमान प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार अन्तर्राष्ट्रिय अदालतमा जाँदैन भने यो सरकारको लागि नैतिक पतनको बाटो हो ।’
शाहीले नेपालले आफ्नो भूमी एक ईन्चपनि मिच्न दिन नहुने धारणा राखे । उनले भने,‘नेपालको भूमि मिच्न नदिऔं । हामी सबै एकजुट होऔं ।’ लिपुलेक, कालापानी र लिम्पियाधुरा नेपालकै भूमी भएको बताउँदै यसको प्रमाण आफूले संकलन गरेर ल्याएको पनि उनले सुनाए ।
पत्रकार सम्मेलनको क्रममा उनले ऐतिहासिक प्रमाणको रुपमा भिडियोसमेत सार्वजनिक गरेका थिए । जहाँ उनले हरिबोला गौथला र गोपाल सिंह नपलचौरसँग कुराकानीसमेत गरेका छन् । उनीहरु कुटी र नाभीका बासिन्दा हुन् । उनीहरु अहिले भारततर्फ पुगेका छन् । तर, उनीहरुसँग नेपालको लालपुर्जा र नागरिकता छ । उनले भने,‘उहाहरुसँग भएको नेपाली लालपूर्जा नै हाम्रो लागि ऐतिहासिक प्रमाण हो । कालीनदीको बास्तविक मुहान लिम्पियाधुरा हो । तर, नेपालका नेताहरु लिपुलेक पुगेर फोटो खिचाउने काम गर्छन् । भारतले हाम्रो कुटी र नाभी अतिक्रमण गरेको छ । काली नदीको यता नेपाल हो । उता चाहीँ भारत हो ।’
शाहीले दार्चुलाका मान्छे यतिवेला ठूलो पीडामा रहेको पनि सुनाए । उनले भने,‘काली नदीको पारी सबै सुविधा छ, तर यता हाम्रोतिर भने दुःख छन् । पीडामा छन् । अभाव छ । यता हाम्रोतिर भने अभावै अभाव छ । आधारभुत सुविधा केही पनि छैन् ।’ साधारण उपचारको लागि ७ दिन पैदल हिँड्नुपर्ने दार्चुलाका जनताको बाध्यता पनि उनले सुनाए । उनले भने,‘एक जना भाईलाई भेटेको थिएँ, मैले त्यो भाईलाई सोधेको थिएँ, यहाँबाट खलंगा पुग्न कति समय लाग्छ भनेर, उसले भारत हुँदै गयो भने एक दिनमा पुगिन्छ तर आफ्नै भूमीबाट जाँदा ६ दिन लाग्छ भन्यो । उसले मेरो राष्ट्र नेपाल हो, म नेपाली हुँ, म त नेपाली भूमी हुँदै जान्छु भन्यो ।’
उनले दार्चुलाका जनतालाई विकाससँग जोड्नुपर्ने आवश्यकत्ता सुनाए । उनले भने,‘दार्चुलाका जनता लुटिएका छन् । उनीहरु विकासबाट बञ्चित भएका छन् । बाटो छैन् । काठमाडौंमा खोक्रो नारा लगाएर केही पनि हुँदैन् । टिंकर सडक अलपत्र छ । २०६५ सालदेखि अहिलेसम्म काम भएको छैन् । आज सडकको अभावमा नेपाली नागरिक भारत गएर उपचार गराउन बाध्य भएका छन् । गतिलो सडक छन् ।’ शाहीले टिंकर सडक बनाउनको लागि केन्द्रबाट दुई अर्ब ५५ करोड ५० लाख बजेट गएको सुनाए । तर, अहिलेसम्म २२ किलोमिटरमात्रै बाटो बनेको छ ।
उनले भने,‘त्यत्रो बजेट गएको रैछ, तर छोटे राजाहरुले खाए । समानान्तर रकम पनि एक अर्बभन्दा बढि गएको छ । उनकाअनुसार विकास बजेटमात्रै दार्चुलामा ५ अर्बै ४० करोडभन्दा बढि गएको छ । उनले भने,‘नागरिकलाई विकाससँग जोड्ने काम गरौं । यत्रो रकम गएको छ । तर, विकास भने छैन् ।’ ५ अर्ब रकम गएपनि खर्च भने जम्मा तीन अर्ब ६६ करोडको हाराहारीमा भएको उनले तथ्यांक पेश गरे । शाहीले भने,‘टिंक सडकको लागि मात्रै १ अर्ब ९४ करोडभन्दा बढि बजेट गएको रहेछ, यसको ३० प्रतिशतमात्रै खर्च भएको भएपनि यो सडक खण्ड पीच हुनेथियो ।’
शाहीले जारी गरेको विज्ञप्तीमा भनिएको छ,‘नेपाल र भारतको सिमानाको विवाद चरम रुपमा विगतदेखि आजसम्म हुँदै आएको छ । तर, समस्याको दिर्घकालिन समाधान आजसम्म पनि भएको छैन् । नेपाल सरकारले चाल्नुपर्ने कुटनीतिक कदम आजसम्म पनि चालेको छैन् । सिर्फ नेपाली जनतालाई झुक्याउने राष्ट्रियताको खोक्रो नारा लगाउने सरकार र राजनीतिक दल र उसको भातृ संगठनले गर्दै आएका छन् । तर वास्तविक रुपमा चाल्नुपर्ने कुटनीतिक कदम, कानूनी कदम, सरकारले कहीँ कतै चालेको देखिँदैन् । हरेक वर्ष हरेक निर्वाचनको समयमा यो मुद्दा उठाएर सडक तताउने तोडफोड गर्ने, कुटनीतिक नियोग अगाडि विरोध गरेको नाटमञ्चन गर्ने काम मात्रै भए ।’
विज्ञप्तीमा थप भनिएको छ,‘तर, हामीले चाल्नुपर्ने वास्तविक कदम कहिल्यै चालेनौं । हामीले यतिसम्म पनि सोचेनौं । यता, खोक्रो राष्ट्रियताको नारा लगाउँदा सिमानामा बस्ने नेपाली नागरिकले कति दुःख कष्ट भोग्नुपर्छ । अलिकति पनि ख्याल गरेनौं । सिर्फ आफ्नो राजनीतिक दुनो सोझ्याउने काममात्रै भयो । त्यसैले यो सरकारले कुटनीतिक पहल थालनी गरोस् र गुमेको हाम्रो भूमी फिर्ता ल्याओस् । होईन भने सरकारमा बस्ने नैतिक अधिकार रहँदैन् ।’
शाहीले सरकारलाई सुरक्षा निकायलाई सिमानामा खटाउनसमेत आग्रह गरेका छन् । उनले भने,‘करिब ९५ हजारको हाराहारीमा रहेको नेपाली सेना, करिब ४० हजारको हाराहारीमा रहेको सशस्त्र प्रहरी बललाई सिमानामा खटाओस् । होईन भने हामी नेपाली नागरिकले रगत र पसिना एक÷एक गरी तिरेको करले पालेको सेना र प्रहरीको औचित्यमाथि नागरिकले प्रश्न उठाउने छन् । बास्तविक सिमा बचाउनको लागि खोक्रो नारा होईन नागरिकलाई विकाससँग जोड्नुपर्छ । तबमात्रै नेपाली नागरिकमा वास्तविक राष्ट्रियता झझल्किनेछ । र, सिमाको सुरक्षा त्यहीको नागरिकले नै गर्नेछन् । मिति २०७६ मंसिर १० गतेदेखि १६ गतेसम्म दार्चुलाका विभिन्न स्थानमा पुगी कुटनीतिक रुपमा पहल थालनी गर्न आवश्यक पर्ने ऐतिहासिक प्रमाण र भिडियो दस्तावेजको रुपमा संकलन गरी आमसञ्चारका माध्यमबाट सरकारलाई बुझाउन चाहन्छु ।’