८ पुष २०८२, मंगलवार
,
Latest
भद्रकाली पुनःनिर्माणको अनुगमन, समुदायको अपनत्व र समन्वय अनुकरणीय भएको उपप्रमुख डंगोलको भनाइ ‘टाइगर कप’ भलिबल माघ ९ देखि, तयारी तीव्र राजनीतिक स्वतन्त्रताको विवेकपूर्ण प्रयोगले मात्रै हरेक क्षेत्रमा स्वतन्त्रता सुनिश्चित हुन्छः मन्त्री खरेल बागमती प्रदेश सरकारद्वारा अस्पताल अनुगमन अभियान सुरु हुथी र यमन सरकारबीच करिब तीन हजार कैदी आदान–प्रदान गर्ने सहमति सन् २०२५ मा विश्वलाई हल्लाएका तीन ठूला घटना नक्कली शैक्षिक प्रमाणपत्र प्रयोग गरेको आरोपमा प्रहरी वरिष्ठ उपरीक्षकविरुद्ध मुद्दा दायर अध्यक्ष थापाको नाम काठमाडौँ ५ र बाँके २ बाट सिफारिस कांग्रेस निर्वाचनमा जान तयार छः नेता डा कोइराला रेनुलाई राखेपको बधाई
तपाईं के खोज्दै हुनुहुन्छ ?

निलम्बित डिएसपी ढुंगेलविरूद्ध पक्राउ पूर्जी



अ+ अ-

काठमाडौं । नेपाल प्रहरीका निलम्बित डिएसपी कुमोध ढुंगेलविरूद्ध बुधबार पक्राउ पूर्जी जारी भएको छ। आपराधिक क्रियाकलापमा संलग्न रहेको भन्दै काठमाडौं जिल्ला अदालतले ढुंगेलविरूद्ध पक्राउ पूर्जी जारी गरेको हो ।

गत वैशाखमा प्रहरी प्रधान कार्यालयले डिएसपी ढुंगेललाई पदबाट निलम्बन गरेको थियो।

गत चैत २६ गते काठमाडौं २९ स्थित रानीबारीमा भएको लुटपाट तथा डकैती गरेको अभियोगमा पक्राउ परेका विक्रम श्रेष्ठले डिएसपी ढुंगेलको नाम लिएका थिए। डकैत तथा लुटपाट घटनाका अभियुक्तले घटना गराएको दिन ढुंगेललाई भेटेको बयान दिएका थिए।
चन्द्रागिरी नगरपालिका ८ का ३६ वर्षीय श्रेष्ठ र डिएसपी ढुंगेलबीच घटना गराएको भोलिपल्ट ढुंगेलले बोक्ने गरेको ९८५११८०००० र ९८०८२३७०८२ बाट सम्पर्क समेत भएको देखिएको महाशाखाले जनाएको थियो। महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक धिरजप्रताप सिंहका अनुसार २८ गते पनि दुई पटक टेलिफोन सम्पर्क भएको देखिन्छ। ढुंगेलले एनसेलबाट २८ गते दिउँसो १२ स् ४७ र पोस्पेड नम्बरबाट दिउँसो ३स्५ मा फोन सम्पर्क भएको देखिन्छ।

त्यसपछि वैशाख २ गते पनि सम्पर्क भएको देखिन्छ। वैशाख २ गते डिएसपी ढुंगेलले श्रेष्ठलाई एनसेल नम्बरबाट दिउँसो ण्१स् ७ बजे फोन गरेको देखिन्छ।

‘अनुसन्धानमा ढुंगेलले प्रयोग गरिरहेको नम्बर ९८०८२३७०८२ र ९८५११८०००० बाट श्रेष्ठको ९८५११५५१८४ नम्बरमा दिन बिराएर पटक-पटक टेलिफोन संवाद भएको देखिएको छ,’ सिंहले भने।

रानीबारी डकैत तथा लुटपाट घटनामा संलग्न भएको भन्दै श्रेष्ठसहित तीन जनालाई अपराध महाशाखाको टोलीले वैशाख ६ गते पक्राउ गरेको थियो। पक्राउ पर्ने अन्य चन्द्रागिरी-८ का ३८ वर्षीय नवराज तामाङ र नुवाकोट बेलकोटगढी नगरपालिका-४ घर भई नैकाप बस्ने २८ वर्षीय सन्तबहादुर तामाङ रहेका छन्।

उनीहरूले रानीबारीका लालेन्द्र शेरचन, उनकी श्रीमती भानुदेवी शेरचन र मिठु थकालीबाट पाँच लाख ६० हजार बराबरको धनमाल लुटेको महाशाखाले जनाएको छ। धारिलो हतियार देखाएर हातखुट्टा बाँधेर, मुखमा टेप टाँसी उनीहरूको घरबाट धनमाल लुटिएको महाशाखाले जनाएको छ। उनीहरूविरूद्ध संगठित अपराध र ठकैतीमा मुद्दा चलाइएको छ।