१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

एथलेटिक्समा भारतलाई पाँच स्वर्ण

एथलेटिक्समा भारतलाई पाँच स्वर्ण
अ अ+ अ-

काठमाडौं, मंसिर १८ गते ।१३ औं दक्षिण एसियाली खेलकुद(साग) अन्तरगत एथ्लेटिक्सको दोस्रो दिन पनि भारतको दबदबा कायम छ । दोस्रो दिन ७ स्वर्णका लागिभएको प्रतिस्पर्धामा भारतले ५ स्वर्ण जित्यो । पाकिस्तान र श्रीलंकाको नाममा समान १ स्वर्ण रह्यो । भरतले लङजम्प पुरुषतर्फ,१० हजार मिटर दौड पुरुषतर्फ, महिला २ सय मिटर र महिला र पुरुष डिस्कस थ्रोमा स्वर्ण जितेको हो । पुरुष १० हजार मिटर दौडमा भारतका सुरेश कमारले निर्धारित दुरी २९.३३.६१ सेकेण्डमा पुरा गरे ।

श्रीलंकाका सानमुगेश्वरनले निर्धारित दुरी ३०.४९.३० सेकेण्डमा पुरा गर्दै र नेपालका दिपक अधिकारीले निर्धारित दुरी ३०.४९.३० सेकेण्डमा पुरा गर्र्दै कास्य पदक जिते ।यता महिला २ सय मिटर दौडमा भारतकी अर्चना सुरिन्थले निर्धारित दुरी २३.६६ सकेण्डमा पुरा गर्दै स्वर्ण जित्दा मात्र ३ सकेण्डले पछि परेकी पाकिस्तानी खेलाडी नज्मा प्रबिनले रजत तथा भारतकै चन्द्रा लेखाएनले निर्धारित दुरी २४.२७ सेकेण्डमा पुरा गर्दै कास्य जितिन् । सो विधामा नेपालकी सरवती चौधरी र कृष्णा चौधरी हिट चरणबाटै बाहिरिएका थिए । सरस्वतीले निर्धारित दुरी २६.०४ सेकेण्ड र कृष्णाले निर्धारित दुरी २६.०४ सेकेण्डमा पुरा गरिन् ।२ सय मिटर दौड पुरुषतर्फ पाकिस्तानका उजिर रहमानले निर्धारित दुरी २१.१५ सेकेण्डमा पुरा गर्दै स्वर्ण जित्दा श्रीलंकाका भिनोज सुर्यानाले निर्धारित दुरी २१.१९ सेकेण्ड र माल्दिभ्सका साहिद हसनले निर्धारित दुरी २१.२२ सेकेण्डमा पुरा गर्दै कास्य पदक जिते ।

त्यस्तै लङ जम्प पुरुषतर्फ भारतका लोकेश सत्यानाले ७.८७ मिटर को दुरीका साथ स्वर्ण पदक जित्दा भारतकै स्वामीनाथन यादबले ७.७७ मिटर को दुरीका साथ रजत र बंगलादेशका अलअमिनले ७.६० मिटर को दुरीका साथ कास्य जिते । सो बिधामा भुवन महतो र शेरबहादुर विष्टले क्रमश ६.७६ मिटर र ६.८५ मिटर दुरी पार गरे ।महिलालङ जम्पमा श्रीलंकाकी लक्क्षिनी सारंगले ६.३८ मिटर को दुरीका साथ स्वर्ण पदक जित्दा श्रीलंकाकै अन्जनी उथ्पालाले ६.११ मिटर को दुरीका साथ रजत र भारतकी सान्द्रा बाबुले ६.०२ मिटर को दुरीका साथ कास्य पदक जितिन् ।

यता डिस्कस थ्रो महिलामा नबजितकौरले ४९.८५ मिटर फ्याक्दै स्वर्ण जित्दा भारतकै सुरभी विश्वासले ४९.८५ मिटर फ्याक्दै ४७.३१ मिटर फ्याक्दै रजत श्रीलंंकाकी इशारा मधुरंगले ४१.२९ मिटर फ्याक्दै कास्य जितिन् । फाइनलमा स्थान बनाएकी नेपालकी अमृता महतोले ४०.१९ मिटर फ्याक्दै कास्य जितिन् ।पुरुष डिस्कस थ्रो भारतका कृष्ण सिंहले स्वर्ण र गगनदिप सिंहले रजत जिते । पाकिस्तानका साम्स उलहकले कास्य जिते । कृष्ण सिंहले ५७.८१ मिटर फ्याक्दा गगन दिप सिंहले ५३.५७ मिटर र साम्सउलहकले ४४.३ मिटर फ्याके ।