१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

साग गतिविधिः ट्राईयाथलनमा नेपाललाई २ स्वर्ण



अ+ अ-

पोखरा । १३ औं दक्षिण एसियाली खेलकुद (साग) अन्तरगत पोखरामा सम्पन्न भएको ट्रायथलन खेलमा नेपालले २ स्वर्ण, ३ रजत र १ कास्य पदक प्राप्त गर्न सफल भएको छ ।

तीनदिनसम्म नेपाल, भारत र श्रीलंकाका २६ खेलाडी ५ स्वर्णका लागि प्रतिस्पर्धा गरेका थिए । नेपालले ट्राईयाथलन महिलातर्फको स्प्रिन्ट विधामा सोनी गुरुङ र दुआथलन पुरुषतर्फको स्प्रिन्ट विधामा हिमाल टमटाले एकएक स्वर्ण नेपाललाई दिलाएका थिए ।

त्यसैगरि दुआथलन पुरुषतर्फको स्प्रिन्ट बिधामा लक्ष्मण मल्ल र सोही बिधाको महिलातर्फ हुमीबुढा मगरले नेपाललाई रजत पदक दिलाएका छन् । साथै सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र बसन्त थारुको टिमले मिक्स टिम रिले ट्राईयाथलनमा रजत पदक प्राप्त गरेको थियो । त्यस्तै पुरुषतर्फको स्प्रिन्ट बिधाको ट्राईयाथलनमा बसन्त थारुले नेपाललाई कास्य पदक दिलाएका थिए । यो सँगै नेपालले ट्राईयाथलनमा कुल ६ पदक प्राप्त गरेको छ ।

नेपालका लागि मुख्य प्रतिस्पर्धी देश भारतले २ स्वर्ण, २ रजत र १ कास्य गरि कुल ५ पदक हात पारेको छ । त्यसैगरि श्रीलंकाले १ स्वर्ण र ३ कास्य गरि कुल ४ पदकमा चित्त बुझाएको छ ।कुल ५ स्वर्ण सहित १५ पदकका लागि सागअन्तरगतको ट्राईयाथलनमा तीन देशको सहभागिता रहेको थियो ।

बुधबार भएको मिक्स टिम रिले ट्रायथलनमा भारतको तर्फबाट प्रग्न्यामोहन, एम एस आदर्श, सोरोजिनी देवीथाउदम र विश्वरजित साइखोमले सहभागिता जनाएका थिए । नेपालको तर्फबाट सोनी गुरुङ, दिपेश चौधरी, केशरी थापा मगर र बसन्त थारुले सहभागिता गरेका थिए । त्यसैगरि श्रीलंकाको तर्फबाट पुभिनीका हान्दावाला, आशंकानिलवीरा, गयाना दशनाएके र छलकाविक्रमा रच्चीको सहभागिता थियो ।

भारतको टिमले निर्धारित दुरी १ घण्टा ३५ मिनेट २० सेकेण्डमा दुरी पार गर्दै स्वर्ण पदक हासिल गरेको थियो । त्यस्तै १ घण्टा ३८ मिनेट २८ सेकेण्डमा निर्धारित दुरी पार गर्दै नेपालले रजत पदक हासिल गर्न सफल भएको थियो । श्रीलंकाको टिमले १ घण्टा ४१ मिनेट २१ सेकेण्डमा दुरी पार गर्दै कास्य पदकमा चित्त बुझायो । मिक्स टिम रिले ट्राईयाथलनका लागि ३ सय मिटर दुरीको पौडी, ७.५ किलोमिटरको साईकिलिङको दुरी र २.५ किलोमिटर दुरीको दौड तय गरिएको थियो ।

ट्राईयाथलनमा सहभागिता जनाई नेपाललाई पदक दिलाउने खेलाडीलाई नेपाल ओलम्पिक कमिटिका महासचिव तथा ट्रायथलन संघका अध्यक्ष निलेन्द्र राजश्रेष्ठले नगद पुरस्कार दिने घोषणा गरेका छन् । व्यक्तिगत तर्फबाट दिने घोषणा गर्दै श्रेष्ठले स्वर्ण पदक विजेतालाई नगद १ लाख, रजत पदक विजेतालाई ५० हजार र कास्य पदक विजेतालाई २५ हजार रुपैयाँ दिने घोषणा गरेका हुन् ।

साग पुरुष क्रिकेट– बंगलादेशद्वारा माल्दिभ्स पराजित

१३ औं दक्षिण एसियाली खेलकुदको पुरुष क्रिकेट अन्तर्गत बुधबार सम्पन्न पहिलो खेलमा बंगलादेश अन्डर–२३ ले माल्दिभ्सलाई १०९ रनले पराजित गरेको छ । टियु मैदान किर्तिपुरमा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै बंगलादेशले दिएको १७५ रनको लक्ष्य पछ्याउने क्रममा माल्दिभ्सले १९.२ ओभरमा ६५ रन मात्र बनाउन सक्यो ।

माल्दिभ्सको ब्याटिंगमा अलि इभानले १२ तथा एहमद हसनले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। बंगलादेशको लागि तन्भिर इश्लाम एक्लैले ५ विकेट लिए भने अबेदीन अफ्रिदी र अफिफ हुसेनले समान १–१ विकेट लिए। यस अघि टस जितेर पहिले ब्याटिंग गरेको बंगलादेशले २० ओभरमा ४ विकेट गुमाएर १ सय ७४ रन बनाएको थियो।

बंगलादेशको लागि नज्लुल हुसेनले सर्वा्धिक ४९ रन, कप्तान सौम्य सरकारले ४६ रन तथा मोहम्मद नैमले ३८ रन बनाए। माल्दिभ्सको बलिंगमा इब्राहिम हसन, अज्यान फर्हाथ र मोहम्मद महफुजले समानले १–१ विकेट लिए। खेलको प्लेयर अफ द म्याच ५ विकेट लिएका तन्भिर इश्लाम चुनिए। प्रतियोगितामा बंगालदेशको यो लगातार दोश्रो जित हो। पहिलो खेलमा बंगलादेशले नेपाललाई ६ विकेटले पराजित गरेको थियो।

श्रीलंकाले भुटानलाई हरायो

१३ औं दक्षिण एसियाली खेलकुदको पुरुष क्रिकेट अन्तर्गत बुधबार सम्पन्न दोश्रो खेलमा श्रीलंका अन्डर–२३ ले भुटानलाई १७३ रनले पराजित गरेको छ ।

टियु मैदान किर्तिपुरमा सम्पन्न खेलमा पहिले ब्याटिंग गर्दै श्रीलंकाले दिएको २४९ रनको लक्ष्य पछ्याउने क्रममा भुटानले ७५ रन मात्र बनाउन सक्यो। भुटानको लागि रनजंग दोर्जीले सर्वा्धिक २२ तथा सोनाम टोबगेले १० रन बनाउनु बाहेक अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। श्रीलंकाको बलिंगमा सचिन्दु कोलाम्बागे र जेहान ड्यानियलले समान २–२ विकेट लिए।

यस अघि टस हारेर पहिले ब्याटिंग गर्ने क्रममा श्रीलंकाले २० ओभरमा ४ विकेट गुमाएर २४८ रन बनाएको थियो। श्रीलंकाको लागि पाथुम निस्संकाले सर्वा्धिक ७६ रन तथा निशान मादुस्काले ६५ रन बनाए। भुटान बलर थिन्ले जम्तसो, कर्मा दोर्जी, तोबदेन सिंगे र तेन्जिन वांगचुकले समान १र१ विकेट लिए। खेलको प्लेयर अफ द म्याच श्रीलंकाका पाथुम निस्संका चुनिए।

खो खो ः नेपाल उपविजेता

सागअन्तर्गत खो खोको महिलामा नेपालले बुधबार रजत जितेको छ । कीर्तिपुरस्थित नयाँ बजारमा भएको फाइनलमा भारतले नेपाललाई १७–५ ले पराजित ग¥यो । बंगलादेश तेश्रो भयो । बंगलादेशले श्रीलंकालाई १०–७ ले हरायो ।

पुरुषमा पनि भारत नै च्याम्पियन बन्यो । फाइनलमा भारतले बंगलादेशलाई १६–९ ले पाखा लगायो । नेपाल र श्रीलंकाबीच तेश्रो स्थानका लागि भएको खेलमा नेपाल १३–७ ले विजयी भयो ।

भारतमा भएको १२ औं सागदेखि खो खोलाई पहिलो पटक समावेश गरिएको थियो । त्यस संस्करणको पुरुष÷महिला दुवैमा भारत नै विजेता बनेको थियो । नेपाल १२ औं सागको पुरुष÷महिला दुवैमा तेश्रो भएको थियो । पुरुष÷महिला दुवैमा समान ४ राष्ट्र सहभागी थिए ।

आर्चरी भोलिदेखि

पोखरा । १३ औं दक्षिण एशियाली खेलकुद (साग) अन्तरगत आर्चरी खेलमा पाकिस्तान अन्तिम समयमा आएर सहभागी नहुने भएको छ ।

मंगलबारसम्म आर्चरीमा सहभागी हुने जनाएको पाकिस्तानले अन्तिम समयमा आएर आफ्नो आन्तरिक कारण देखाउँदै आर्चरी खेलमा सहभागी नहुने उल्लेख गरेको नेपाल आर्चरी संघका केन्द्रिय बरिष्ठ उपाध्यक्ष बसन्त थकालीले बताएका छन् ।

नेपाल सहित भुटान, श्रीलंका र बंगलादेश आर्चरी प्रतियोगितामा सहभागी हुने भएका छन् । भुटानका ९ जना खेलाडीहरु प्रतियोगितामा सहभागि हुदैछन भने अन्य तीन देशका १६, १६ जना खेलाडीहरु सहभागी हुने भएका हुन् । बिहीबार र्याङकिङ राउण्ड हुनेछ । १० स्वर्ण पदकको लागि ५७ जना खेलाडीहरुले प्रतिस्प्रर्धा गर्ने छन् ।

ब्याडमिन्टन ः पुरुष सिंगल र डबल्स तथा मिक्स डबल्समा नेपाललाई काश्य पदक पक्का

पोखरा । तेह्रौं दक्षिण एसियाली खेलकुद अन्तर्गत ब्याडमिन्टनमा नेपालले पुरुष सिंगल, डबल्स तथा मिक्स डबल्समा कम्तिमा काश्य पदक पक्का गरेको छ । पोखरा रंगशालास्थित ब्याडमिन्टन हलमा बुधबार भएको खेलमा पुरुष सिंगलतर्फ नेपालका रत्नजित तामाङ, पुरुष डबल्समा प्रिन्स दाहाल र प्रफूल्ल महर्जन तथा मिक्स डबल्समा विकास श्रेष्ठ र अनुमाया राईको जोडीले सेमीफाइनल यात्रा तय गर्दै काश्य पदक पक्का गरेका हुन् ।

नेपालका रत्नजित तामाङले बंगलादेशका सिग्बत उल्लाहलाई सोझो सेटमा पराजित गरे । उनले २१–१३ र २३–२१ को सेटमा खेल जिते ।

यस्तै पुरुष डबल्सतर्फ नेपालका प्रिन्स दाहाल र प्रफुल्ल महर्जनको जोडीले भुटानका कर्मा छेन्द्रु र अनिष गुरुङ्को जोडीलाई २१–१४ र २१–१२ को सोझो सेटमा पराजित गर्दै सेमीफाईनलमा प्रवेश गरेका छन् ।

मिक्स डबल्सतर्फ विकास श्रेष्ठ र अनुमाया राईको जोडी भुटानका अनिष गुरुङ् र सम्झना गुरुङ्को जोडीले वाकओभर दिएपछि सोझै सेमीफाईनलमा पुगे ।

महिला डबल्स तर्फ नेपालका जेसिका गुरुङ् र रसिला महर्जनको जोडी श्रीलंकाका प्रमोदिका हेण्डेहवा र के. सिरिमाङ्गेको जोडीसँग २१–८ र २१–७ को सोझो सेटमा पराजित भए ।

पुरुष डबल्सतर्फ नेपालका दिपेश धामी र रत्नजीत तामाङ्को जोडी भारतका कृष्णप्रसाद गर्ग र ध्रुव कपिलाको जोडीसँग २१–१६ र २१–१३ को सोझो सेटमा पराजित भए । यसैगरी मिक्स डबल्सतर्फ नेपालका नवीन श्रेष्ठ र नङ्साल तामाङ्को जोडी वंगलादेशका मोहम्मद सलमान खान र उर्मी अख्तरको जोडीसँग २१–१३ र २१–१७ को सोझो सेटमा पराजित भए ।

पुरुष सिंगलतर्फ भारतका श्रील बर्माले पाकिस्तानका मुराद अलिलाई २१–१२ र २१–१७ को सेटमा पराजित गरे भने, सोही ईभेण्टमा श्रीलंकाका दिनुका निसान परेराले भुटानका निडुप दोर्जेलाई २१–९ र २१–७ को सेटमा पराजित गरे । यसैगरी भारतका आर्यमान टण्डनले श्रीलंकाका रनथुस्का करुणाखिलाकेलाई २१–१७ र २१–१७ को सेटमा पराजित गरे ।

महिला सिंगलतर्फ श्रीलंकाकी दिल्मी दियासले वंगलादेशकी अलिना सुल्तानलाई २१–८ र २१–१० को सोझो सेटमा पराजित गरिन् । सोही ईभेण्टमा श्रीलंकाका रत्नसिरि कपुरुले वंगलादेशकी शाल्पा अख्तरलाई १–८ र २१–१० को सेटमा पराजित गरिन् । यसैगरी भारतकी गायत्री गोपिचन्दले पाकिस्तानकी महुर शहाजदलाई २१–१५ र २१–१६ को सेटमा पराजित गरिन् । सोही ईभेण्टमा भारतकी अस्मिता चलिहाले पाकिस्तानकी पल्वासा बासिरलाई २१–९ र २१–७ को सेटमा पराजित गरिन् ।

पुरुष डबल्सतर्फ श्रीलंकाका दियास अन्गोडा र थरिन्दु डुलेउको जोडीले भारतका अरुण जर्ज र सन्याम शुक्लाको जोडीलाई २१–१० र २३–२१ को सेटमा पराजित गरे । सोही ईभेण्टमा पाकिस्तानका मोहम्मद अतिक र राजा मोहम्मद हुसेनको जोडीले श्रीलंकाका डि परेरा र एच चंकामणिको जोडीलाई २१–१४, १३–२१ र २१–१९ को सेटमा पराजित गरे ।

महिला डबल्सतर्फ भारतकी कुहु गर्ग र अनुष्का परिखको जोडीले वंगलादेशका बृष्टि खातुन र रेहना खातुनको जोडीलाई २१–१८ र २१–११ को सेटमा पराजित गरे । सोही ईभेण्टमा भारतका एम जकम्पुदी र एस नेलाकुर्थिको जोडीले वंगलादेशको शाल्पा अख्तर र अलिना सुल्तानाको जोडीलाई २१–१४ र २१–११ को सेटमा पराजित गरे ।

श्रीलंकाका रत्नसिरि कपुरु र यू को जोडीले माल्दिभ्सका नबिहा अब्दुल रज्जाक र अब्दुल रज्जाकको जोडीलाई २१– र २१–११ को सेटमा पराजित गरे । मिक्स डबल्स तर्फ श्रीलंकाका डायस अन्गोडा टी प्रमोदिकाको जोडीले पाकिस्तानका मोहम्मद अतिक र गाजला सिद्धिकीको जोडीलाई २१–८ र २१–९ को सेटमा पराजित गर्दै सेमीफाईनको यात्रा तय गरेका छन् ।

भारतका ध्रुव कपिला र मेघना जकम्पुदीको जोडीले श्रीलंकाका रनथुस्का करुणाथुलाके र कविदी सिरिमाङ्गेको जोडीलाई २१–१७ र २६–२४ को सेटमा पराजित गरे । बुधवारका खेलमा विजयी भएका सबै खेलाडीले सेमीफाईनल यात्रा तय गरेका छन् । पोखरा रंगशालाको कोर्टमा विहीवारदेखि सेमीफाईनल सँस्करण हुने प्रतियोगिताका प्राबिधिक संयोजक नरबहादुर गुरुङले जानकारी दिए ।

लनटेनिसः भारतलाइ स्वर्ण पदक

सागअन्तर्गत पुरुषतर्फको फाइनलमा भारतले पाकिस्तानलाई २–० ले हराउँदै स्वर्ण पदक जितेको हो । लगातार दुई सिंगल्सको खेल जितेपछि भारतले डबल्स खेल्नुअघि नै स्वर्ण पदक सुरक्षित गरेको थियो ।

पहिलो सिंगल्समा भारतका श्रीराम बालाजी नारायण स्वामीले पाकिस्तानका मुजाम्मिल मुर्तजालाई ४–६, ६–३ र ६–३ ले हराए । अर्को सिंगल्समा भारतका संकेत मिनेनीले पाकिस्तानकाअकिल खानलाई ६–२ र ६–२ को सोझो सेटमा हराए ।

सिंगल्सको दुईवटा म्याचमा पराजित भएपछि पाकिस्तानले डबल्स खेलेन ।

महिलातर्फको फाइनलमा भारतले श्रीलंकालाई हरायो । भारतकी प्रेरणा भाम्ब्रीले अनिका सेनेभिरत्नेलाई ६–१ र ६–३ ले हराइन् । अर्को सिंगल्समा सत्विका समाले अन्जलिका कुरेरालाई ६–४ र ६–३ ले पराजित गरिन् ।

डबल्सतर्फ सौजन्या बाभिसेटी र श्रब्यासिभानी चिलाकालापुडीको जोडीले एलाना सेनेभिरत्ने र रुसिया विजेसुर्याको जोडीलाई ६–२ र ६–१ ले हराए । पुरुष र महिलाको दुबै टिम इभेन्टमा नेपालले कास्य पदक हात पारेको छ । पुरुषतर्फ भुटानले पनि कास्य पदक हात पार्दा महिलातर्फको अर्को कास्य पदक पाकिस्तानले हात पा¥यो ।

आजैदेखि डबल्सतर्फको प्रतिष्पर्धा पनि सुरु भएको छ । पुरुष डबल्सतर्फ नेपालका प्रणव खनाल र संरक्षक बज्राचार्यको जोडीले बंगलादेशका आलमगिर हुसेन र मोहम्मदमिलनको जोडीलाई ६–२ र ६–४ ले हराउँदै क्वार्टरफाइनलमा स्थान बनाए । क्वार्टर फाइनलमा नेपाली जोडीले पाकिस्तानका अकिलखान र ऐसम उलहक कुरेसीको सामना गर्नेछन् । पाकिस्तानी जोडी बाई पाएर क्वार्टर फाइनलमा पुगेको थियो ।

डबल्सतर्फ श्रीलंकाका जे दिसानायके र डीथंगराजको जोडीले माल्दिभ्सका इग्नाजमन्सुर र अलिफारिस मोहमदको जोडीलाई ६–० र ६–० ले हराएको थियो । नेपालका प्रदीप खड्का र सन्तोष खत्रीको जोडी पहिलो चरणमै बंगलादेशका श्रीलंकाका अतुकोराले र डिसिल्भाको जोडीसँग ६–२ र ६–३ ले पराजित भयो । यस्तै बंगलादेशका फारुक हुसेन र श्री अमोर रोयको जोडीले भुटानका निदुपग्याल्चेन र पेमा नोर्बुको जोडीलाई ६–४ र ६–४ ले हराए ।

तेक्वान्दो ः नेपाललाई थप दुई स्वर्ण

१३ औं दक्षिण एसियाली खेलकुद (साग) मा तेक्वान्दोको फाइटतर्पm बुधबार नेपालले थप दुई स्वर्ण जितेको छ ।

सातदोबाटोस्थित तेक्वान्दो एकेडेमी हलमा बुधबार सम्पन्न ६ स्वर्णको प्रतिस्पर्धामा नेपालले दुई स्वर्ण हात पारेको हो । नेपालका लागि सक्षम कार्की र संगीता बस्यालले स्वर्ण दिलाए । महिला ६२ केजी तौलसमूह मुनिको फाइनलमा संगीताले भारतकी गगनजोत गिललाई १८–९ ले हराउँदै स्वर्ण जितिन् ।

उक्त तौल समूहमा पाकिस्तानकी जोया सबिर र श्रीलंकाकी नुवान्थी लकमलले कांस्य जितिन् । सक्षमले भने फाइनलमा पाकिस्तानका वकर अलिलाई २७–९ ले हराउँदै स्वर्ण जितेका थिए । यस समूहमा श्रीलंका बालापतियगे र भारतका चैतण्य विजयले कांस्य पदक जित्न सफल भए । त्यस्तै भारतले तीन स्वर्ण र श्रीलंकाले एक स्वर्ण जित्न सफल भयो ।

पुरुष ७४ केजीमुनि भारतका जर्नेल सिंहले स्वर्ण जित्दा पाकिस्तानका जाबरन खानलाई ४१–२६ को हार सामना गर्न बाध्य बनाए । नेपालका निश्चल श्रेष्ठ र श्रीलंकाका दर्साना कुमाराले कांस्य पदक जिते । ६३ केजीमुनि श्रीलंकाका चलिन्डा सम्पथले स्वर्ण जित्न सफल भए ।

उनले फाइनलमा भारतका सौरभलाई सडन डेथमार्पmत हराए । यस तौलमा नेपालका ज्ञानेन्द्र हमाल र पाकिस्तानका महमुद खानले कांस्य पदक जिते । महिलातर्पm ७३ केजीमाथि भारतकी रोदाली बरुवाले फाइनलमा नेपालका निसा रावललाई ३२–९ ले स्तब्ध बनाउँदै स्वर्ण जितिन् ।

५३ केजीमुनि भारतकी लतिका भण्डारीले फाइनलमा पाकिस्तानकी आयसा अफसरलाई ४०–१० ले हराउँदै स्वर्ण जितिन् । यस तौलमा नेपालकी अस्मिता खड्का र श्रीलंकाकी दसुना निमेसाले कांस्य जित्न सफल भए ।

कबड्डी ः नेपालको मिश्रित प्रदर्शन

सागअन्तर्गत बुधरबारदेखि सुरु कबड्डीमा नेपालको प्रदर्शन मिश्रित रह्यो । पुरुषमा पराजय भोगेको नेपालले महिलामा भने विजयी सुरुआत गरेको छ ।

हल्चोकस्थित सशस्त्र प्रहरीको मुख्यालयमा भएको महिलाको खेलमा नेपालले बंगलादेशलाई ३६–२५ ले पराजित ग¥यो । महिलाकै अर्को प्रतिस्पर्धामा भारतले श्रीलंकालाई ५४–५३ को साँघुरो अन्तरले हरायो । पुरुषमा बंगलादेशले नेपाललाई ४३–१५ ले पाखा लगायो । अर्को खेलमा श्रीलंकाले पाकिस्तानमाथि २९–२७ को कठिन जित दर्ता ग¥यो ।

पुरुषमा ५ तथा महिलामा ४ टिम सहभागी छन् । पुरुषमा सहभागी अर्को राष्ट्र भारत हो । पुरुष÷महिला दुवैमा राउन्ड रोविन लिगका आधारमा खेल हुने छ । शीर्ष दुई स्थानमा रहने टिमले उपाधिका लागि प्रतिस्पर्धा गर्ने छन् । फाइनल मंसिर २३ गते हुने छ ।

गल्फ ः दोस्रो दिन नेपालका सुवास अगाडि

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत गल्फको दोस्रो दिन नेपालका सुवास तामाङले अग्रता लिएका छन् । पार ७२ को गोकर्ण फरेस्ट गल्फ कोर्समा जारी प्रतियोगितामा बुधबार सुवासले ६ अन्डर ६६ खेले । ३६ होलको समाप्तिसँगै सुवासको कूल सात अन्डर एक सय ३७ स्कोर छ । दोस्रो स्थानमा नेपालकै निरज तामाङ छन् । निरजले बुधबार तीन अन्डर ६९ खेले । निरजको कूल तीन अन्डर एक सय ४१ स्कोर छ ।

पहिलो दिन शीर्ष स्थानमा रहेका सुक्रबहादुर राई तेस्रो स्थानमा झरेका छन् । सुक्रले बुधबार तीन ओभर ७५ खेले । सुक्रको कूल एक अन्डर एक सय ४३ स्कोर छ । सुक्रसँगै श्रीलंकाका चनका परेरा र एन रंगाको पनि समान एक अन्डर एक सय ४३ स्कोर बनाएका छन् । पुरुषको टिम स्पर्धामा पनि नेपाल अगाडी नै छ । नेपाली टिमको १४ अन्डर चार सय १८ स्कोर छ । दोस्रो स्थानमा रहेको श्रीलंकाको इभनपार चार सय ३२ स्कोर र तेस्रो स्थानमा रहेको बंगलादेशको दुई ओभर चार सय ३४ स्कोर छ ।

यसैगरी महिला एकलमा श्रीलंकाकी ग्रेस यातावाराले आफ्नो अग्रता कायम राखेकी छन् । बुधबार चार ओभर ७६ खेलेकी ग्रेसको कूल एक ओभर एक सय ४५ स्कोर छ । दोस्रो स्थानमा रकेही श्रीलंकाकै थुहासिनी सेल्भाथानामको कूल १६ ओभर एक सय ६० स्कोर छ । दोस्रो दिन थुहासिनीले आठ ओभर ८० खेलिन् । तेस्रो स्थानमा रहेकी बंगलादेशकी सोनिया अख्तरको कूल १८ ओभर एक सय ६२ स्कोर छ । महिलाको टिम स्पर्धामा पनि श्रीलंका अगाडि छ । टिम स्पर्धामा श्रीलंकाले १७ ओभर तीनसय पाँच स्कोर खेलेको छ । दोस्रो स्थानमा रहेको बंगलादेशको ४१ ओभर तीनसय २९ स्कोर छ । तेस्रो स्थानमा रहेको नेपालको ५४ ओभर तीनसय ४२ स्कोर छ ।

कराते ः अन्तिम दिन पाकिस्तानलाई तीन तथा नेपाललाई एक स्वर्ण

करातेको अन्तिम दिन बुधबार भएको स्पर्धामा पाकिस्तानले चार मध्य तीन स्वर्ण पदक जितेको छ । अन्तिम दिन भएको कुमुतेको पुरुष ५० किलो तौल समुहको फाइनलमा पाकिस्तानका नोमार्नन अहकमदले श्रीलंकाका थाल्पीवाला कान्काानमागेंलाई ६–५ ले हराउदै स्वर्ण पदक जिते । सो स्पर्धामा बंगलादेशका मोहम्मद सोबाज मिया र नेपालका सोनाम लामाले काश्य पदक जिते ।

महिलाको ६८ किलो भन्दा माथिको तौल समुहमा पाकिस्तानकी नर्गीसलाई ६–३ ले हराउदै स्वर्ण पदक जितिन् । सो स्पर्धामा बंगलादेशका अबिदब सुल्ताना र श्रीलंकाकी कुल्थुंगा विजयनले काश्य पदक जिते ।

महिला टिम कुमुतेमा पाकिस्तानले बंगलादेशलाई ६–४,३–७,१४–४ ले हराउदै स्वर्ण पदक जित्यो । पाकिस्तानको टोलीमा कुल्सुम,साना,नर्गीस र साब्रा समाबेश थिए । यसैगरी, बंगलादेशको टोलीमा सीफा, प्रीया बोरेना र नाउमा समाबेश थिए । सो स्पर्धामा नेपाल र श्रीलंकाले काश्य जिते । नेपाली टोलीमा सनी तामाङ,एस्टर राइ, रिता कार्की र सुस्मीता तामाङ समावेश थिए । यसैगरी, श्रीलंकाको टोलीमा समनमाली, बन्डारा, अरुणी र अन्जली समाबेश थिए ।

पुरुष टिम कातामा श्रीलंकालाई २–२,९–५,र ५–२ ले हराउदै पाकिस्तानले स्वर्ण पदक जित्यो । पाकिस्तानी टोलीमा सादी अब्बास,नासेर अहमद,रहेमतुल्लाह,सहबाज खान,वाज मोहम्मद,अवाइस मोहम्मद र अवाइस मोहम्मद समाबेश थिए । श्रीलंकाको टोलीमा जयकोशी, धनुस्का, मेन्डीस,सानवेरन,प्रीयबर्षना,बन्डारा र थुरुसिंगे थिए । सो स्पर्धामा नेपाल र बंगलादेशले काश्य पदक जिते । नेपाली टोलीमा मुकुन्द्र मर्हजन,राजकुमार रसाइली,सुसील पौडेल,अर्जुन बागचन,लेखनाथ मैनाली,विनोद शाक्य र दिगम्बर पन्त थिए । यसैगरी बंगलादेशको टोलीमा मोहम्मद अलामिना,मोहम्मद रामजान, मोहम्मद, अफीइरुहमेन, मोहम्मद हफीजुर रहमान, लोकमान हुसेन,हसन खान र मोहम्मद फेन्डुरेइस समाबेश थिए ।

करातेका कुल १९ स्पर्धामा नेपालले १० पाकिस्तानले ६ तथा बंगलादेशले तीन स्वर्ण पदक जिते ।

महिला ह्याण्डबल ः नेपालको विजयी शुरुवात

पोखरा । १३ औं संस्करणको साग खेलकुद अन्तरगत ह्याण्डबल बुधबारदेखि शुरु भएको छ । आयोजक राष्ट्र नेपालले महिला ह्याण्डबलमा सुखद शुरुवात गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको महिला ह्याण्डबलको उद्घाटन खेलमा घरेलु टोली नेपालले श्रीलंकामाथि २९–१९ गोलले पराजित गर्दै सुखद् शुरुवात गरेको हो ।

नेपालको तर्फबाट सर्वाधिक उमा राईले ८ गोल गरिन । उमाले सबै गोल पेनाल्टीबाट गरेकीहुन । त्यसपछि कविता राईले ६ गोल गर्दै उत्कृष्ट प्रदर्शन ग¥यो । नेपालको निशा राई र कल्पना वलीले समान ४ गोलको योगदान दिए । कप्तान रञ्जना राई र दुर्गा बोहराले समान २ गोल गरिन् । बन्दना राई, शान्तिकला राई र रामकुमारी चौधरीले समान १ गोलको योगदान दिए ।

उता, श्रीलंकाको तर्फबाट भने रुवानी डीले सर्वाधिक ७ गोल गरिन् ।त्यसपछि, नाडे र सासले समान ३ गोलको योगदान दिइन् । हार्सिका उदय र दिलुक्सी एमले समान २ गोल गरिन । उमासिका र चानिकले समान १ गोलको योगदान दिएकी थिइन् ।

विजेता नेपालको तर्फबाट निषा राईले टोलीका लागि गोलको खाता खोलेकी हुन । त्यसपछि कविता राईले टोलीलाई अग्रता दिलाएकी ह्ुन । श्रीलंकाको तर्फबाट भने जयासिंघे अराच्चिगेले गोलको खाता खोलेकी हुन । लोकुरु वाडुभिडानालागे नाडेले दोस्रो गोल गरिन् ।

घरेलु मैदानको फाइदा उठाउदै घरेलु नेपाली टोलीले विपक्षी श्रीलंकनलाई खेल अवधिभर पूरै दवावमा राख्न सफल रह्यो । तुलनात्मक रुपमा नेपाली खेलाडी भन्दा श्रीलंकन खेलाडीहरुलाई उचाईमा साथ दिएपनि नेपाली खेलाडीहरुको तिब्र गतिको खेलले सफलता हात लागेको प्रशिक्षक कृष्ण शाक्यले प्रतिक्रिया दिए । टोलीले बनाएको रणनीतिक योजना अनुसार खेलाडीले खेलेका कारण सफलता हात लागेको प्रशिक्षक शाक्यले प्रतिक्रिया दिए ।

श्रीलंकन प्रशिक्षक नेनान्दले नेपाली टोलीलाई बधाई दिए । उनले नेपाली महिला ह्याण्डबल टोलीको खुलेरै प्रशंसा गरे । नेपाल जितको हकदार रहेको उनको प्रतिक्रिया थियो । नेपालको निषा राई र उमा राईलाई रेफ्रीले पहेंलो कार्ड दिए । श्रीलंकाको मुख्य प्रशिक्षक समेत रहेका नेनान्द सहित हार्सिका उदयलाई पहेंलो कार्ड पाए ।

त्यस्तै, साग अन्तरगतकै दोस्रो खेलमा भारतले माल्दिभ्समाथि ४१–९ को फरक गोल अन्तरले हरायो । भारतका लागि निधि शर्मा, मेनिका र सोनिकाले सर्वाधिक ६, ६ गोल गरे । भारतका लागि खुश्बु कुमारी, स्वर्णिमा जैसवाल र शालिनी ठाकुरले समान ४ गोल गरे ।ज्योति शुक्ला, उमा, केएम मञ्जुला पाठकले समान २ गोलको योगदान गरे । प्रियन्का ठाकुर, दीपशिखा र प्राची गर्जुरले समान १ गोल गरे । उता, माल्दिभ्सको तर्फबाट भने ऐसथ रिमाले सर्वाधिक ४ गोल गरे । हालिमिथ हान्साले २ गोलको योगदान गरिन् । धिमा मोहम्मद, ऐसथ लेने अब्दुल्लाह अमिर र नुहा अहमेदले समान १ गोल गरे ।

भारतीय मेनिका र दीपशिखालाई रेफ्रीले पहेंलो कार्ड देखाए । निधि शर्मा, स्वर्णिमा जैसवाल ज्योति शुक्ला, उमा र सान्थिया कुमारले दुई मिनेट खेल्न पाएनन् । त्यस्तै, माल्दिभ्सका एैसथ लेने अब्दुल्लाह अमिर र नुहा अहमदले पहेंलो कार्ड पाए । फाथिमाथ फैरुजा आदम, जुलैखा इब्राहिम र राफाह इब्राहिमले दुई मिनेट खेल्न पाएनन् । खेलको १६ मिनेटमा माल्दिभ्सकी नास्फा अमिराले रेडकार्ड खादै मैदानबाट बाहिरिन् ।

पुरुष ह्याण्डबल ः नेपालको हार

पोखरा । १३ औं साग अन्तर्गत पुरुषतर्फको ह्याण्डबलमा नेपाल पराजित बनेको छ । नेपालले खेलेको आफ्नो पहिलो खेलमा श्रीलंकासँग ३७–३० ले हारेको हो । प्रतिस्पर्धात्मक खेलको पहिलो हाफमा १६–१७ भएको अवस्थामा दोस्रो हाफमा श्रीलंकाले २० गोल गर्न सफल बन्यो । नेपालले दोस्रो हाफमा १४ गोल मात्रै गर्न सक्यो ।

खेलको शुरुवाती मिनेटमै यामबहादुर पुनले नेपालका लागि गोलको खाता खोले । यामबहादुरले टोलीका लागि ३ गोलको योगदान गरे । नेपालको लागि मदन चुनाराले सर्वाधिक ६ गोल गरे । सन्दीप कार्कीले ५ गोल गरे । सन्तोष श्रेष्ठ, केशव बिष्ट, दिनेश श्रेष्ठ, श्रीबहादुर सिंजालीले समान ३ गोलको योगदान गरे । कप्तान बिशाल बस्नेतले २ गोल गरे । कीपर बिशाल नेपाली र आशिष अधिकारीले समान १ गोलको योगदान गरे ।

त्यसैगरि, श्रीलंकाको तर्फबाट भने कोस्वाथ्था मुहम्दीराम रालाले टोलीका लागि गोलको खाता खोले । श्रीलंकाको पल्लावातागे प्रभात माडुसले सर्वाधिक १२ गोल गरे । त्यसपछि दिसानायके मुदियान्सेलागेले समान ७ गोलको योगदान गरे । तिलकरत्ने मुदियान्सेलागेले ५ गोल गरे । विराकोदी हार्स प्रसाद डीले २ गोलको योगदान गरे । नवारत्ने मुदियान्सेलागे ए ले १ गोल गरे ।

नेपालका कप्तान बिशाल नेपाली ४० मिनेटमा रेडकार्ड खाँदै मैदानबाट बाहिरिए । यसअघि, बिशाल २ मिनेटका लागि मैदानबाट ३ पटक बिश्राम लिएका थिए । नेपालका श्रीप्रसाद सिंजालीले पहेंलो कार्ड पाए । श्रीलंकाको नवारत्ने मुदियान्सलागे एलाई पहेंलो कार्ड पाए । डेमुनी नुवान, कोस्वाथ्था मुहमुदिराम रालाले समान १ पटक दुई मिनेटको बिश्राम लिएका थिए ।

साग खेलकुद अन्तरगत पुरुष ह्याण्डबलमा भारतले विजय शुरुवात गरेको छ । पोखरा रंगशालास्थित बहुउद्देश्यीय कभर्ड हलमा भएको भारतले बंगलादेशलाई ४२–३३ गोलले जित हासिल गरेको हो । भारतको जितमा दीपक वलावातले सर्वाधिक १६ गोल गरे । नविन पुनिया र अंकितले समान ५ गोल गरे । नवदीप र विजय सिंहले ४ गोलको गरे । ंिटंकु र रमेश चन्दले ३ गोलको योगदान गरे । ह्याप्पीले २ गोल गरे ।

यता, बंगलादेशको तर्फबाट भने एमडी रोबिउल अवालले सर्वाधिक ११ गोल गरे । मोहमद सोहाग होसेन सोहागले ५ गोल गरे । इम्दादुल हसन राकिब र मोहम्मद सोहेल राना सोहेलले समान ४ गोलको योगदान गरे । मोहम्मद ताजु हसनले समान ३ गोलको योगदान गरे । मेहेदी हसन र मोहम्मद साकिर समिर इमोले समान २ गोलको योगदान गरे । मोहम्मद मासुम अहमद र बिपुलु घोषले समान १ गोल गरे ।

उसु ः नेपाललाई थप एक स्वर्ण

१३औं दक्षिण एसियाली खेलकुद (साग) अन्तर्गत उसुमा नेपालले बुधबार थप एक स्वर्ण जितेको छ । लगनखेलस्थित सैनिक तालिम तथा शारीरिक केन्द्रमा भएको प्रतिस्पर्धामा नेपालका दीपक हमालले स्वर्ण पदक जितेका हुन् । दीपकले पुरुष थाउलोको नानछ्वान अलराउन्डरमा १९.३२ अंक बटुल्दै स्वर्ण जितेका हुन् । यसअघि पुरुष थाउलोको चवाङक्वाङमा विजय सिञ्जाली र महिला थाउलोको चवाङक्वाङमा सुस्मिता तामाङले नेपाललाई स्वर्ण दिलाएका थिए ।

यस स्पर्धामा भारतका साजन लामाले १९.१२ अंक बटुल्दै रजत जित्दा बंगलादेशका मोहमद अमिर हुसेनले १७.१७ अंकका साथ कांस्यमा चित्त बुझाए । बुधबार नै भएको थाइचिछ्वान अलराउन्डरमा भने श्रीलंकाका थारिदु नमल अनुरथले स्वर्ण जिते । उनले १८.९० अंक जोडे । यसैगरी भारतका ज्ञानदास सिंहले १८.७४ अंकका साथ रजत र नेपालका हरिप्रसाद गोलेले १८.४९ अंकका साथ कांस्य पदक पाए ।

बुधबार नै भएको पुरुष थाउलोको ताउसुमा भारतका सुरज सिंहले ९.६६ अंक जोड्दै शीर्ष स्थान कब्जा गरेका छन् । नेपालका विश्व बुढामगरले ९.५५ अंकका साथ सिंहलाई पछ्याइरहेका छन् । यस स्पर्धामा बंगलादेशका मोहमद रसेल हुसेनले ९.३९ र श्रीलंकाका हसिका चमिरा बन्दाराले ९.०७ अंक जोडेका छन् ।

उसु ः नेपालका अलिना र जुनी फाइनलमा

उसुको सान्डामा नेपालका अलिना चौधरी र जुनी राई फाइनलमा पुगेका छन् । महिलाको ५२ केजी तौल समूहमा एलिनाले पाकिस्तानकी फतिमा र महिलाकै ५६ केजीमा जुनीले भारतकी विद्यापति चानुलाई अंकका आधारमा पराजित गर्र्दै उपाधि नजिक पुगेका हुन् ।

महिलाकै ५२ केजी तौल समूहमा भारतकी सनथोई देवीले श्रीलंकाकी दिलहानीलाई पराजित गर्दै अलिनासँगको उपाधि भिडन्त पक्का गरिन् । ५६ केजीमा श्रीलंकाकी मधुमलीले बंगलादेशकी सकी अख्तरलाई पराजित गरिन् । महिलाको ५२ केजीमा फतिमा र विद्यापति तथा ५६ केजीमा दिलहानी र सकीले कांस्यमा चित्त बुझाए ।

महिलाको ६० केजीको राउन्ड रोबिनमा पाकिस्तानकी माइरा करामतले बंगलादेशकी रीताविश्वास पूजालाई पराजित गरिन् । महिलाकै ७० केजीको राउन्ड रोबिन लिगमा भारतकी दीपिकाले बंगलादेशकी बासुना खन्डोकरलाई स्तब्ध बनाइन् ।

पुरुषको ५२ केजी तौल समूहमा भारतका सुनिल सिंहले नेपालका अशोक खालिङलाई अंकका आधारमा पराजित गर्दै फाइनलमा स्थान बनाए । यस स्पर्धाको अर्को खेलमा पाकिस्तानका फरहान अलीले श्रीलंकाका जीएम चण्डिकालाई नकआउट गर्दै स्वर्ण पदक नजिक पुगे । अशोक र जीएम चण्डिकाले कांस्य जिते । पुरुषकै ५६ केजीमा भारतका उचित सिंह र बंगलादेशका सोजिब हुसेन उपाधि नजिक पुगे । सेमिफाइनल भिडन्तमा उचितले पाकिस्तानका अब्दुल खालिक र सोजिबले श्रीलंकाका एसआर कुमारालाई पराजित गरे । अब्दुल र एसआर कुमाराले कांस्य पाए ।

पुरुषको ६० केजीमा भारतका विक्रान्त बालियान र नेपालका मंगल थारु फाइनलमा पुगे । विक्रान्तले श्रीलंकाका पीएन बलवारदना र मंगलले बंगलादेशका मोहमद मिलोन अलीलाई पाखा लगाए । पुरुषको ६५ केजीमा भारतका रवि पन्चाल र श्रीलंकाका निपुन सनिका उपाधि नजिक पुगे । पन्चालले पाकिस्तानका सद्दाम हुसेन र निपुनले बंगलादेशका मोहमद रकिब हुसेनलाई पराजित गरे । सद्दाम र निपुनले कांस्य जिते ।

पुरुषको ७० केजी तौल समूहको सेमिफाइनलमा पाकिस्तानका सहजैब खैर र भारतका सुरज यादव फाइनलमा पुगेका । सहजैबले बंगलादेशका श्रीलंकाका एसजीआर रुमेश र सुरजले नेपालका चित्रसिंह ठकुरीलाई पाखा लगाए । सहजैब खैर चित्रसिंह ठकुरीले कांस्यमा चित्त बुझाए ।

पुरुषको ७५ केजीमा श्रीलंकाका पुष्प कुमारा र पाकिस्तानका माज खानले स्वर्ण भिडन्त पक्का गर्दा बंगलादेशका सलिम अहमद र भारतका प्रभातकुमार जोगीनाथले कांस्यमा चित्त बुझाए । पुरुषको ८० केजीको सेमिफाइनलमा भारतका नभिनले बंगलादेशका मोहमद रुबल खानलाई हराए । यही तौल समूहमा पाकिस्तानका साजिद हुसेनले नेपालका निकेश श्रेष्ठलाई पराजित गरे । सेमिफाइनलमा पराजित मोहमद रुबेल खान र निकेश श्रेष्ठले कांस्यमा चित्त बुझाए । पुरुष ८५ केजीको राउन्ड रोबिनमा पाकिस्तनका मोहमद अम्जद इक्वालले श्रीलंकाका मधुशंकालाई पराजित गरे ।

सान्डामा बुधबार नेपालले दुई कांस्य जित्यो । यस्तै बंगलादेशले ५, श्रीलंकाले ४ र भारतले दुई कांस्य पदक प्राप्त ग¥यो । बिहीबार थाउलोमा तीन र सान्डामा १४ गरी १७ स्वर्ण पदकको टुंगो लाग्ने छ ।

सुटिङ ः २५ मिटर पेस्तोलमा भारतलाई स्वण र रजत

१३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत सुटिङ तर्फ आज पनि भारतले बर्चश्व जमाएको छ । महिला २५ मिटर पेस्तोलको व्यक्तिगत र टिम इभेन्टको दुवै फाइनलमा भारतले स्वर्ण पदक जित्न सफल भएको छ । व्यक्तिगत तर्फ स्वर्ण र रजत हात पारेको भारतले व्यक्तिगतमा पनि स्वर्ण जित्न सफल भयो ।

भारतकी अनुराज सिंहले ३० प्वाइन्टका साथ स्वर्ण पदक जित्दा २८ प्वाइन्ट जोडेकी भारतकै गौरी सिरोनले रजत पदक जितेकी थिइन् । यसैगरी पाकिस्तानकी कविर रवियाले २१ प्वाइन्टका साथ कास्य पदक हात पार्न सफल भइन् । नेपाली खेलाडीहरु भने यस प्रतियोगिता अन्तर्गत छनोट राउण्डबाटै आउट भएका थिए ।

यसैगरी, भारतकी निरज कौर १४ प्वाइन्टका साथ चौथो स्थानमा रहँदा बंगलादेशकी आरदिन फिरदोस १२ प्वाइन्टका साथ पाँचौं, श्रीलंकाकी डी एलभिस ८ अंकसहित छैटौं , ७ अंक जोडेकी श्रीलंकाकी अवियमना एम.टी.आर ६ अंकसहित आठौं स्थानमा रहे ।

टिम इभेन्टसमा भारतीय खेलाडीले बाजी मारे । भारतकी अनुराज सिंह, गौरी सिरोन र निरज कौरको समूहले १६९१ प्वाइन्टका साथ स्वर्ण पदक जितेको छ । यसैगरी श्रीलंकाले रजत पदक हात पारेको छ । श्रीलंकाका डी एलभिस , एम.टी.आर एभियमाना र एस.सी.जी कन्डेवालाको समूहले १६५५ प्वाइन्टका साथ रजत पदक हात पारेको छ । यस्तै पाकिस्तानका लुवना अमिन, रविया कविर र मेविस फरहानको समूहले १६३० प्वाइन्टका साथ कास्य पदक जित्न सफल भयो ।

पुरुष फुटबल ः नेपाल र श्रीलंकाबीच बराबरी

काठमाडौं । १३ औं सागको पुरुष फुटबलमा बुधबार नेपाल र श्रीलंकाले १–१ को बराबरी खेलेका छन् । नेपाल जिततर्फ अग्रसर भएको बेला श्रीलंकाले इन्ज्युरी समयमा गोल फर्काएको हो । श्रीलकाका लागि जुड सुपनले इन्ज्युरी समयको पहिलो मिनेटमा गोल गरे । त्यस अगाडि नेपालले कप्तान सुजल श्रेष्ठले पेनाल्टीबाट गरेको गोलमा ३६ औं मिनेटमा अग्रता लिएको थियो ।

बराबरीको यो नतिजापछि नेपाल ४ अंकमा पाँच टिम सम्मिलित राउन्ड रोबिन लिगको शीर्ष स्थानमा छ । त्यसयता भुटान तीन अंकमा दोस्रो स्थानमा छ । यस्तै श्रीलंका र माल्दिभ्सको समान दुई अंक छ । बंगलादेश एक अंकमा पुछारमा छ । लिग चरणको समाप्तीमा शीर्ष दुई स्थान प्रँप्न गर्नेले फाइनलको यात्रा गर्नेछन् ।

खेलपछि प्रतिक्रिया दिंदै श्रीलकाली प्रशिक्षक पेकरअलिले बराबरीमा सन्तुष्टि देखाए । उनले भने, नेपाललाई बराबरीमा रोक्नु सक्नु आप्mनो टिममका लागि राम्रँे हो । नेपालका प्रशिक्षक बालगोपाल महर्जनले भने आप्mनो टिम जिततर्फ अग्रसर भएको बेला बराबरीको नतिजामा निराशा व्यक्त गरे ।

नेपाल जितेको भए फाइनल पुग्ने समीकरण बलियो हुने थियो । अब बिहीबार दशरथ रंगशालामा हुने दुई खेलमध्ये पहिलोमा भुटान र माल्दिभ्स भिड्ने छन् । यस्तै दोस्रो खेलमा श्रीलंकाले बंगलादेशको सामना गर्नेछ । यी दुई खेलको नतिजापछि फाइनल पुग्ने दुई टिमको समीकरण अझ प्रस्ट हुनेछ ।

महिला क्रिकेट ः बंगलादेश र श्रीलंका विजयी

पोखराः १३ औँ दक्षिण एसियाली खेलकुद अन्तर्गत बुधबार भएको महिला क्रिकेट प्रतियोगितामा बंगलादेश र श्रीलंका विजयी भएका छन् । पोखरा रंगशालास्थित क्रिकेट मैदानमा विहान भएको खेलमा बंगलादेशले नेपाललाई १० विकेटले हराएको हो । भने श्रीलंकाले माल्दिभ्समाथि २ सय ४९ रनको फराकिलो जित दर्ता गरायो ।

टस हारेर व्याटिङमा उत्रिएको नेपालले १९.२ ओभरमा केवल ५० रन जोडेको थियो । नेपालका तर्फबाट सोनु खड्काले सर्बाधिक १२ रन र ईन्दु वर्माले १० रन जोडेपनि अन्य ब्याट्स वुमनले दोहोरो अंक जोड्न सकेनन् । नेपालकी अप्सरा वेगमले ५, सिता रानामगरले ३, ममता चौधरीले १ रन जोडिन् भने अन्य खेलाडीले खाता खोल्न सकेनन् ।

प्लेयर अफ द म्याच रबेया खानले नेपालको महत्वपूर्ण ४ विकेट लिएकी थिइन् । त्यस्तै जहनारा आलमले २, सल्मा खातुन, नहिदा अख्तर र फहिमा खातुनले समान १÷१ विकेट लिन सफल भए ।

५१ रनको लक्ष्य लिएर जवाफी ब्याटिङमा उत्रिएको बंगलादेशले कुनैपनि विकेट नगुमाई ७.४ ओभरमै जित निकाल्यो । बंगलादेशका लागि आयस्मा रहमानले अविजित २६ र मर्सिदा खातुनले अविजित २३ रनको योगदान दिए । २२ बलको सामना गरेकी रहमानले ३ चौका तथा २४ बल सामना गरेकी खातुनले ४ चौका प्रहार गरिन् ।

बुधबारको अर्को खेलमा श्रीलंकाले कमजोर माल्दिभ्समाथि २ सय २४ रनको जित निकालेको हो । पहिला व्याटिङ गर्दै श्रीलंकाले २ विकेटको क्षतिमा २० ओभरमा २ सय ७९ रनको विशाल योगफल तयार पारेको थियो ।

श्रीलंकाकाले तर्फबाट प्लेयर अफ द म्याच घोषित हर्षिता माधवीले अविजित १ सय ६ रनको विस्फोटक पारी खेलिन् । उनले ४७ बलमा ३ छक्कार र १५ चौका प्रहार गरिन् । शतकको नजिकै पुगेर पनि शतकबाट चुकेकी अर्की खेलाडी सत्या संदिपनीले अविजित ९६ रन बनाइन् उनले ४८ बलमा ३ छक्का ११ चौका प्रहार गरेकि थिइन् ।

माल्दिभ्सको पारी भने मात्रै १४.५ ओभरमा ३० रनमै समेटिएको थियो । माल्दिभ्सका कुनैपनि खेलाडीले दोहारो आँकडाको योगफल जोडन समेत सकेनन् । उसका लागि सजा फतिमाथले ६, जुना मारिया र हप्सा अब्दुल्लाले ५, ५ रन बनाए ।

बंगलादेशको वलिङतर्फ अज अनलीले ३, संदिपनीले २ तथा थारिका सेवान्डी, निसन्साला र थिमासिनीले समान १–१ विकेट लिए । यो संगै राउण्ड रोविन लिगका सबै टिमले दुई दुई खेल खेलेका छन् । दुईमा दुई जित निकालेको बंगलादेश ४ अंक सहित शिर्षस्थानमा छ भने एक खेलमा जित र एकमा हार व्यहोरेको नेपाल २ अंक सहित दोश्रो स्थानमा रहेको छ । समान २ अंक जोडेपनि श्रीलंका तेश्रो स्थानमा छ भने कुनैपनि जित ननिकालेको माल्दिभ्स अन्तिममा रहेको छ ।

प्रतियोगिता अन्तर्गत बिहीबार विहान ११ बजेदेखि शुरु हुने खेलमा बंगलादेश र माल्दिभ्स आमने सामने हुनेछन् ।