२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
भियतनाममा पहिलो पाँच महिनामा ५० हजारभन्दा बढी डेङ्गुबाट सङ्क्रमित उच्च मुद्रास्फीतिका बाबजुद बङ्गलादेश महत्वाकाङ्क्षी वृद्धिका लागि आशावादी बालाजु होल्डिङ सेन्टरमा गृहमन्त्री गुरुङको अवलोकन: सुकुम्बासी परिवारसँग मागे माफी विमानस्थलबाट ३१ लाख ५१ हजारसहित दुई बङ्गलादेशी नागरिक पक्राउ विश्वकप उद्घाटनसँगै विवाद सभामुख अर्यालसँग अमेरिकी कार्यवाहक राजदूत स्कटको शिष्टाचार भेटवार्ता संविधान संशोधनबारे कार्यदलले पूर्वप्रधानमन्त्रीहरूसँग गर्‍यो छलफल अर्थमन्त्रीद्वारा बजेट आश्रित दुई विधेयक प्रस्तुत ‘होल्डिङ सेन्टर’का नागरिकको निःशुल्क बिमा धर्नामा बसेकालाई भेट्न माईतीघरमा पुगे गृहमन्त्री गुरुङ
तपाईं के खोज्दै हुनुहुन्छ ?

हस्तकलाको प्रवर्द्धनमुखी कार्यका लागि सम्झौता



अ+ अ-

काठमाडौँ।  हस्तकला क्षेत्रको प्रवर्द्धनका लागि नेपाल हस्तकला महासङ्घ र हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनी लिमिटेडबीच आज आपसी समझदारीपत्रमा हस्ताक्षर भएको छ ।

नेपाल हस्तकला महासङ्घ र हिमालयन एभरेस्ट इन्सुरेन्स कम्पनी लिमिटेडबीच हस्तकला उद्योग व्यवसायको क्षेत्रमा प्रवर्द्धनमुखी कार्यहरूमा आपसी सहयोग र सहकार्य गर्ने विषयमा आज समझदारी भएको महासङ्घका महानिर्देशक उत्तमप्रसाद देवकोटाले जानकारी दिनुभयो ।

समझदारीअनुसार महासङ्घका वर्षभरि हुने कार्यक्रममा इन्सुरेन्स कम्पनीलाई साझेदारीको रूपमा प्रवर्द्धन गरिनेछ । सो समझदारी सामाजिक उत्तरदायित्वअन्तर्गत वार्षिक रूपम इन्सुरेन्स कम्पनीले महासङ्घका कार्यक्रममा आर्थिक रूपमा योगदान पुर्‍याउने जनाइएको छ ।

उक्त समझदारीपत्रमा महासङ्घको तर्फबाट महानिर्देशक देवकोटा र इन्सुरेन्स कम्पनीका तर्फबाट प्रमुख कार्यकारी अधिकृत अञ्जु श्रेष्ठले हस्ताक्षर गर्नुभएको छ ।  रासस