२२ जेष्ठ २०८३, शुक्रबार
,
Latest
‘जनकपुरधामलाई धार्मिक पर्यटकीय गन्तव्य बनाउन सरकार दृढ छ’ सिरियाको रासायनिक हतियारको समस्या चाँडै सुल्झाउन चीनको माग मानव अधिकार आयोगका सिफारिस कार्यान्वयनमा काँग्रेस प्रतिवद्ध छः सभापति थापा भारतीय प्रधानमन्त्री मोदी र भाजपा अध्यक्षलाई नेपाल भ्रमणको निम्तो दिएको छुः रवि लामिछाने वैदेशिक रोजगार व्यवसायीले श्रमिकको नियमित अनुगमन गर्नुपर्ने नासु खड्कालाई थुनामा पठाउने आदेश सार्वजनिक सेवा प्रसारण संस्थाको स्याटेलाइट खरिद प्रकरणबारे छानबिन समिति गठन कमपाद्वारा मानव बेचबिखन तथा ओसारपसार नियन्त्रणसम्बन्धी अभिमुखीकरण सभामुख र अध्यक्षद्वारा निर्माणाधीन दोधारा चादँनी सुक्खा बन्दरगाह अवलोकन त्रिशूली नदीमा माछा मार्ने क्रममा किशोर बेपत्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

सूर्य नेपाल एनपिजिए म्याच प्ले सम्पन्नः साविक विजेता निरजलाई उपाधि



अ+ अ-

काठमाडौँ।   साविक विजेता निरज तामाङ सूर्य नेपाल गल्फ टुर २०२५–२६ अन्तर्गत छैटौं प्रतियोगिता, सूर्य नेपाल एनपिजिए म्याच प्लेको उपाधि जित्न सफल भएका छन् ।

उनको यो करियरको पाँचौं उपाधि हो । लगातार दोस्रो पटक उपाधि जित्ने क्रममा नेपाल नम्बर एक गल्फर निरजले १० औं सिडेड टंकबहादुर कार्कीलाई ३÷२ ले हराउँदै उपाधि जितेका हुन् ।

जारी सिजनको दोस्रो उपाधि जितेका निरजले नगद १ लाख प्राप्त गरे । रोयल नेपाल गल्फ क्लवमा भएको ३६ होलको फाइनलमा कुनैपनि समय टंकले निरजलाई उछिन्न सकेनन् ।

नवौं होलको समाप्तीमा निरजले २ होलको अग्रता बनाएका थिए । १८ औं होल सकिंदा भने ५ होलको स्पष्ट अग्रता बनाए । यसपछि २० औं होल टंकले जित्दै अग्रता ४ होलमा झारे। तर २२ औं होलमा इगल प्रहार गर्दै निरजले पुनः ५ होलको अग्रता बनाए ।

५–० ले पछि परेका टंकले २३औं, २४ औं र २५ औं होल जित्दै अग्रता २ होलमा घटाए । यसपछि ३३ औं होल निरजले जिते भने ३४ औं होल बराबरीमा सकिंदा २ होल अगाडि निरजले ३÷२ को जितका साथ उपाधि रक्षा गरे ।

टंक प्रोफेसनल करियरको पहिलो उपाधि जित्न चुके । टंकले ७५ हजार हात पारे । छेटौं वरियताका रवि खड्का तेस्रो भए । उनले चौथो वरियताका सञ्जय लामालाई ३÷१ ले हराए । तेस्रो भएका रविले ५६ हजार र चौथो भएका सञ्जयले ४२ हजार प्राप्त गरे ।

प्रतियोगिताका विजयी खेलाडीहरुलाई सूर्य नेपाल प्रालिका ब्राण्ड म्यानेजर विदुरराज अधिकारी, नेपाल गल्फ संघका अध्यक्ष टासी घले र रोयल नेपाल गल्फ क्लवका कोषाध्यक्ष रोशन राईले पुरस्कार वितरण गरे ।

तीन दिने प्रतियोगितामा सूर्य नेपाल गल्फ टुर २०२४–२५ को अर्डर अफ मेरिटका शीर्ष १६ मा रहेका खेलाडीहरूले प्रतिष्पर्धा गरेका थिए । कुल पुरस्कार राशी ४ लाख २५ हजार रहेको थियो ।

क्वार्टरफाइनल पुग्ने चार खेलाडीहरू रामे मगर, जयराम श्रेष्ठ, दिनेश प्रजापती र भुवन नगरकोटीले १८ हजार प्राप्त गरे । पहिलो चरणबाट बाहिरिएका सूर्यप्रसाद शर्मा, भूवनकुमार रोक्का, रमेश अधिकारी, दीपक मगर, बलभद्र राई, धनबहादुर थापा र कृष्णमान राजबाहकले जनही १० हजार हात पारे । –न्युज एजेन्सी नेपाल