१३ श्रावण २०८३, बुधबार
,
Latest
सोरुबाट सुरु भएको थियो कर्णाली प्रदेशका पाँचौँ मुख्यमन्त्री जीवन यात्रा बाँके राष्ट्रिय निकुञ्जमा बाघको सङ्ख्या ५१ पुग्यो एसियाडमा काँस्य पदक विजेता नेपाली महिला कबड्डी टोलीले भारतमा तयारी गर्ने समस्याग्रस्त र राम्रा सहकारीलाई एउटै दृष्टिकोणले हेर्नु हुँदैन : मन्त्री रायमाझी सरोकारवालासँगको परामर्शविना ल्याइने सहकारी ऐन मान्य नहुने महासंघको चेतावनी निर्देशिका नबन्दासम्म संवेदनशील मुद्दाको लाइभ स्ट्रिमिङमा सर्वोच्चको अन्तरिम रोक मन्त्रिपरिषद् बैठक सुरु प्रमुख निर्वाचन आयुक्तमा कार्की र आयुक्तमा वाग्ले र सुब्बाको नाम सर्वसम्मत अनुमोदन सभामुख डीपी अर्यालद्वारा प्रधानमन्त्रीसहित विभिन्न दलका नेतासँग भेटवार्ता सुनसरी घटना : मृतक परिवारलाई २ लाख, घाइते र आगजनीपीडितलाई ५० हजार राहत
तपाईं के खोज्दै हुनुहुन्छ ?

पशुपतिको जग्गामा बनेका अनधिकृत टहरामाथि काठमाडौं महानगरले चलायो डोजर



अ+ अ-

काठमाडौँ।  पशुपति क्षेत्र विकास कोषको जग्गामा बनेका अवैध संरचनामा काठमाडौं महानगरपालिकाले डोजर चलाएको छ ।

शुक्रवार गौशालास्थित कोषको जग्गा अतिक्रमण गरी बनाइएका अवैध टहरा तथा संरचनामाथि महानगरले डोजर चलाएको हो । महानगर प्रहरी प्रमुख विष्णुप्रसाद जोशीले अनधिकृत रुपमा निर्माण गरिएका पाँच वटा टहराहरु हटाएको जानकारी दिनुभयो ।

उहाँले सरकारी जग्गा अतिक्रमण गरी निर्माण गरिएका महानगरभित्रका सबै संरचना तथा टहराहरु भत्काउने कार्य पुनः शुरु गरिएको बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘आज हामीले पशुपति क्षेत्र विकास कोषको जग्गामा अनधिकृत रुपमा निर्माण गरिएका पाँच वटा टहराहरु भत्कायौँ । यो प्रक्रिया अब निरन्तर रुपमा चलिरहन्छ । केही कागजातहरु प्रक्रियामै रहेकाले कोषबाट थप स्पष्ट भएर आउला नै ।’

पशुपति क्षेत्र विकास कोषको जग्गा अतिक्रमण गरी कवाड व्यवसाय गर्न तथा अन्य प्रयोजनको लागि बनाइएका टहरा भत्काइएको समेत उहाँको भनाइ छ । –न्युज एजेन्सी नेपाल