६ श्रावण २०८३, बुधबार
,
Latest
प्रहरी महानिरीक्षक कार्की स्वदेश फिर्ता हस्तकला क्षेत्रको विकासका लागि महासंघका माग सम्बोधन गर्ने प्रधानमन्त्रीको आश्वासन मनसुनजन्य विपद्को पूर्वतयारी फितलो भएको भन्दै विपक्षी दलद्वारा राष्ट्रिय सभामा सार्वजनिक महत्वको प्रस्ताव परिवर्तन सरकारमा होइन शासनमा ,नीति होइन प्रणाली बदल्नुपर्छ राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिले कानुन कार्यान्वयन अवस्थाको थाल्यो अध्ययन शिक्षा र स्वास्थ्यमा तीन प्रतिशत कर फिर्ताको घोषणा स्वागतयोग्य रहेको प्रतिक्रिया डा. गोविन्द केसीले बिहीबारदेखि २२औँ पटक सत्याग्रह थाल्ने नतिजा देखिनेगरी जिम्मेवार भएर काम गर्न कर्मचारीलाई सञ्चारमन्त्री डा तिमिल्सिनाको निर्देशन दुई वर्षको वाचा, साढे पाँच वर्षको पर्खाइ, अधुरै छन् आधारभूत अस्पताल एमालेले बागमती प्रदेश सरकारलाई दिएको समर्थन लियो फिर्ता
तपाईं के खोज्दै हुनुहुन्छ ?

बिदामा पनि स्वास्थ्य सेवा निरन्तर सञ्चालन हुने स्वास्थ्य मन्त्रालयको स्पष्टता



अ+ अ-

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सातामा दुई दिन सार्वजनिक बिदा कार्यान्वयनमा आएपछि पनि स्वास्थ्य सेवा निरन्तर सञ्चालन हुने स्पष्ट पारेको छ।

मन्त्रालयका अनुसार नेपाल सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार मिति २०८२ चैत २२ गते राजपत्रमा प्रकाशित सूचनाबमोजिम शनिबार र आइतबार सार्वजनिक बिदा लागू भएको सन्दर्भमा बिरामी सेवामा कुनै असर नपर्ने गरी व्यवस्था मिलाइएको हो। स्वास्थ्यकर्मीहरूको मनोबल र हितलाई ध्यानमा राख्दै बिरामीको निरन्तर हेरचाह सुनिश्चित गरिने मन्त्रालयले जनाएको छ।

प्रवक्ता डा. प्रकाश बुढाथोकीका अनुसार बिदाका दिन आइतबारका पूर्वनिर्धारित शल्यक्रिया (ओटी) लगायतका सेवा बिरामीको सहजता हेरी पुनः तालिका मिलाइनेछ। यद्यपि अन्तरंग (इनडोर) तथा आकस्मिक सेवा भने सधैंझैं २४ सै घण्टा सञ्चालनमा रहनेछन्।

मन्त्रालयले बिदाका दिन बिरामीले कुनै सास्ती भोग्न नपरोस् भनी अस्पतालहरूलाई सम्भव भएसम्मका सेवा उपलब्ध गराउन, आवश्यक सेवा उपलब्ध नभए नजिकको उपयुक्त अस्पतालमा सहज रूपमा रेफर गर्न तथा एम्बुलेन्स सेवा तयारी अवस्थामा राख्न निर्देशन दिएको छ।

त्यसैगरी सर्वसाधारणलाई जानकारी दिन बिदाका दिन उपलब्ध सेवाको विवरण अस्पतालहरूको वेबसाइट तथा सूचना पाटीमार्फत सार्वजनिक गर्न पनि आग्रह गरिएको छ। मन्त्रालयले ‘अस्पताल सुधार कार्यविधि, २०८२’ को पूर्ण पालना गर्दै संगठन तथा व्यवस्थापन सर्वे सम्पन्न भएपछि स्वास्थ्य सेवालाई थप सुदृढ र परिमार्जन गरिने प्रतिबद्धता व्यक्त गरेको छ।