११ आश्विन २०८३, आईतवार Sunday, September 27, 2026
११ आश्विन २०८३, आईतवार
ताजा खबर
News Polar कालीगण्डकीले पोखरेबगरको पुल बगायो News Polar ३९८ किलो गाँजासहित विराटनगरमा स्कार्पियो नियन्त्रणमा News Polar मध्यपहाडी लोकमार्ग अवरूद्ध News Polar नारायणी नदीमा खतरा तह पार, चितवन र नवलपरासीका तल्लो क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह News Polar कालीगण्डकी नदी बस्तीमा पस्दा पर्वतमा २५ घर बगे News Polar बाढी–पहिरो र वर्षाका कारण विभिन्न स्थानमा इन्टरनेट सेवा अवरुद्ध News Polar १३ जिल्लामा आज कांग्रेसको क्षेत्रीय अधिवेशन, २९ जिल्लामा भोलि News Polar तिनाउ बाढीमा ६ घर बगे News Polar तनहुँका ६७ हजार परिवारको जीविकासँग जोडिँदै सामुदायिक वन News Polar बागलुङका दश स्थानीय तहमा कांग्रेसको नेतृत्व चयन News Polar बाढीले मिर्मीको पुल बगायो News Polar पृथ्वी राजमार्ग र नारायणगढ–मुग्लिन सडक अवरुद्ध News Polar परराष्ट्रमन्त्री खनाल र यूएईका उपप्रधानमन्त्री अल नह्यान बीच भेटवार्ता News Polar परराष्ट्रमन्त्री खनाल र आर्मेनियाका विदेशमन्त्रीबीच भेटवार्ता News Polar आश्विन कृष्ण पक्षः सोह्र श्राद्ध (पितृ पक्ष) News Polar फ्लाइ दुबईको पोखरा–दुबई उडान उत्साहजनक News Polar सेनाको निष्कर्षः जलविद्युत्को पुरिएका सुरुङभित्रको उद्धार विपद् प्रतिकार्यको जटिल र साहसिक अध्याय News Polar पूर्वप्रधानन्यायाधीश चोलेन्द्रसमशेर जबरा प्रहरी नियन्त्रणमा News Polar भारी वर्षाका कारण कर्णाली प्रदेशका प्रमुख राजमार्ग अवरुद्ध News Polar आजका लागि तोकियो विदेशी मुद्राको विनिमयदर

नहर बनिसके तर सिँचाइका लागि पानी नै आएन

नहर बनिसके तर सिँचाइका लागि पानी नै आएन
अ अ+ अ-

सिरहा । कमला नदी सिँचाइ आयोजनाले ०३६ सालमा नदीको पूर्व सिरहामा निर्माण गरिएको जमुना नहरबाट किसानका खेतमा हालसम्म सिँचाई हुन सकेको छैन । कोसी डाइभर्सनको कुरा गरिरहेको सरकारका मन्त्रीदेखि शीर्ष नेताहरूका ध्यान जमुना नहरसम्म पुग्न सकेका छैन । यस नहारबाट सिँचाइका लागि १२ वटा चौरमा कुलो तयार अवस्थामा रहेका छन् । तयार अवस्थामा रहेका कुलोहरूमा पनि पानी पुग्न सकेको छैन । किसानका खेतबारीमा पानी पु¥याउन प्रयास नभएको होइन ।

यसका लागि भुतहा कलभटमा पानी ल्याउन पुरानो जिल्ला विकास कार्यालयले करोडौँ बजेट खर्च गरिसकेका छन् । नहर निर्माणको वेला इन्जिनियर अरुणकुमार यादवले प्राविधिक रूपमा तयार गरेको भुतहा कलभटमा हालसम्म पनि पानी आएको छैन । किसानले पटकपटक कमला सिँचाइमा भने पनि यसका प्रमुखले हेर्न पनि आएनन् । बजेट मात्र खर्च गरी भ्रष्टाचार मात्र गरेको किसानहरूले बताउँछन् । किसानका खेतमा पानी नपुगे पनि बाँधका लागि खर्च भएको बिल भर्पाइको कागजमा पानी पुगी खेतमा पानी गएको देखाई केही व्यक्तिका जीवन हरियाली भएका छन् ।

बाँध निर्माणमा कार्य गरी धेरै हाकिम र नेता मोटाए पनि किसान अहिले पनि प्रतिनिधि र प्रदेश सभासद्देखि जिल्ला प्रशासन धाउन छोडेका छैनन् । तैपनि पानी ल्याउन कसैबाट सकारात्मक पहल हुन नसकेकोमा किसान आक्रोशित छन् । देशमा सिँचाइका लागि करोडौँ खर्च भइरहेका छन् । प्रदेश सरकारले पनि कृषिलाई प्राथमिकतामा राखेको छ । तर, किसानले सिँचाइका लागि नेतादेखि सरकारलाई खोज्दै छन् । पूर्व नहर समितिलाई भंग गरिएको अवस्थाका कारण यस विषयमा अगाडि आउन कुनै किसानले नचाहेको श्री हनुमान प्राकृतिक कृषि समूहको अध्यक्ष रामचन्द्र साहुले बताए ।

नहर बनेको छ तर किसानका खेतीमा पानी छैन । सिँचाइ हुने ठाउँका किसान त यस्तो समस्यामा छन् भने वर्षामा भरपर्ने किसानको हालत के होला रु मलखाद पनि सहज रूपमा पाइएको छैन । सरकारले कस्तो समृद्धि खोजेको हो । देशमा समृद्धि किसानलाई समस्यामा राखेर सम्भव हुन्छ । किसानहरूको यो भनाइलाई कसले सुन्ने ? सौर्य दैनिकबाट