१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

गन्तव्य गोवा : नेपालीले धानेको पर्यटन क्षेत्र, जहाँ पानीमाथि तास खेलिन्छ

गन्तव्य गोवा : नेपालीले धानेको पर्यटन क्षेत्र, जहाँ पानीमाथि तास खेलिन्छ
अ अ+ अ-

गाेवा। समुद्रमाथि तैरिरहेका ठूला ठूला क्रुज, जब साँझ पर्दै जान्छ बत्तीको प्रकाशले आँखा नै झिमिक्क नपारुँ जस्तो लाग्न थाल्छ । समुद्रका बीचतिर तैरिरहेका क्रुजतिर खचाखच यात्रुहरु बोकेर लम्किरहेका विद्युतीय डुंगाका क्याराभान । विशाल बंगलाजस्तो क्रुजमा हजाराैं घुमन्तेहरु आआफ्नै सुरमा । कोही खानपानमा, कोही जुवाघरमा, कोही क्रुजको छतबाट दृश्यावलोकन गर्दै साँझदेखि बिहान मिर्मिरेसम्मको एउटा बेग्लै संसार ।

उता घाम उदाउँदै गर्दा समुद्रको किनारमा टहलिनेको लस्कर र घाम चर्किदै गएपछि समुद्रमा पौडेर, डुबुल्की मारेर र बगरमा सुतेर आनन्द लिनेहरुको लर्को । कतै नरीवलकाे झाडी अघिल्तिर बगर र सुदूर समुद्र । सेल्फी खिच्ने अनगिन्ति ठाउँ । सधैं रमिता । हिउँद, बर्खा केही मतलब छैन यहाँ । पर्यटकलाई वर्षैभरि लोभ्याइरहेको छ, भारतको चर्चित पर्यटकीय स्थल गोवाले ।

यही गोवा पछिल्लो समय नेपालीहरुका लागि बिदा मनाउने एउटा प्रमुख गन्तव्य बन्न थालेको छ । स्कुल, कलेजदेखि धेरथोर पैसा हुने सबै किसिमका नेपालीलाई गोवा आउजाउ सामान्य छ । सहज पहुँच र सामान्य खर्चमै बेग्लै संसारको अनुभूति गर्न पाउने भएकै कारणले पनि बर्सेनि गोवा भ्रमण गर्ने नेपालीको संख्या बढ्दै गएको हो । समुद्रको मज्जा लिन र क्यासिनोमा रुमल्लिन गोवा चर्चित छ ।

व्यक्तिगत रुपमा साथीभाइसँग र परिवारसँग छुट्टी मनाउने नजिकको विदेशको गन्तव्य गोवाका लागि ट्राभल एजेन्सीहरुले बेला बेलामा सस्तोमा अफरहरु पनि ल्याइरहेका हुन्छन् । सहज खानपान, भाषा, सुरक्षा लगायताका विषयले पनि अधिकांशको रोजाई भारतको गोवा पर्ने गरेको छ । बस, हवाइ जहाज र रेल मार्गबाट सजिलै पुग्न सकिने गोवा पुग्ने नेपालीहरुले खासै व्यवहारिक कठिनाइ भोग्नु परेको सुनिंदैन ।

नेपालमा चलेको शसस्त्र द्वन्द्व र त्यसपछिको शान्ति प्रक्रिया पछि पनि व्यवस्थित हुन नसकेको नेपालको क्यासिनो क्षेत्रबाट रोजगारको खोजीमा थुप्रै नेपाली पलायन भएका छन् । अहिले यी युवायुवती गोवाका क्यासिनोमा काम गरेर राम्रैसँग बसेको देख्न पाइन्छ । त्यहाँ कार्यरत नेपालीहरुका अनुसार काठमाडौंका क्यासिनोमा पटक पटक गराइएको मजदुर आन्दोलनले थलिएको व्यवसाय गोवा र सिक्किममा पुगेको छ । त्यसमा पनि समुद्र, गोवाको खुलापन र सुरक्षाका कारण क्यासिनोको लाभ पुरै गोवाले लिएको सहजै देख्न सकिन्छ । भारतीय ग्राहक समेत निर्वाध प्रवेश पाउने यहाँको क्यासिनो व्यवसायले गोवालाई विश्वमा नै क्यासिनो प्यालेसका रुपमा चिनाउन थालेको छ ।

ठूला होटल तथा रेन्टुरन्ट र खाजाघरहरुमा पनि नेपाली समुदायको बाक्लो उपस्थिति देखिन्छ । कोही आफैं व्यवसायमा जमेका छन् भने कोही रोजगारीमा । एक अनौपचारिक तथ्याङ्क अनुसार करिब २१ लाख जनसंख्या रहेको गोवाको राजधानी आसपासका क्षेत्रमा मात्र करिब ५० हजार नेपाली कुनै न कुनै रोजगारीमा रहेका छन् । तीन हजार ७०२ बर्ग किलोमिटर क्षेत्रमा फैलिएको गोवामा कुनै न कुनै ठाउँमा नेपाली भाषी वा नेपाली समुदाय भेटिन्छन् । जसका कारण नेपालीले यात्रामा कुनै कठिनाई महसुस गर्नै पर्दैन ।

पछिल्लो समय छिमेकी राज्य महाराष्ट्रको आयस्रोत बढाउन पनि गोवाले ठूलो टेवा दिएको छ । समुद्रको तटलाई आधार बनाएर निर्माण गरिएका साना तथा ठूला होटल, मनोरञ्जन, खाद्य तथा पेय पदार्यको बिक्रीसँगै यहाँको प्रमुख आयस्रोतका रुपमा क्यासिनोलाई लिने गरिन्छ । विश्वमा सुन्दर सामुद्रिक तटहरुमध्ये पर्ने गोवा क्षेत्रफलको हिसाबले भारतको सबैभन्दा सानो प्रान्त हो । पर्यटकलाई आकर्षित गर्न के चाहिन्छ भन्ने बुझ्न सकेमा “गन्तव्य गोवा”झैं नेपालमा साना साना कामले पनि ठूलो संख्यामा पर्यटक भित्र्याउन सकिने सहजै अनुमान लगाउन सकिन्छ ।