२४ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह जेन–जीले परिकल्पना गरेको समाज निर्माण गर्न सक्यौँ कि सकेनौँ, गम्भीर समीक्षा गरौँ : अर्जुननरसिंह केसी विद्युतीय यातायात विस्तारलाई आर्थिक र वातावरणीय अवसरका रूपमा अघि बढाउनुपर्छ : सचिव सिग्देल
तपाईं के खोज्दै हुनुहुन्छ ?

आगो लगाएर हत्या गरेको आरोप



अ+ अ-

डोटी । शिखर नगरपालिकाकी एक युवतीको आगो लगाएर हत्या गरेको आरोप लागेको छ । जिल्लाको शिखर नगपालिका वडा नं ४ मुडभराकी २६ वर्षीया भावना भट्टको आगो लगाएर हत्या गरेको माइती पक्षले आरोप लगाएका हुन् । उहाँका परिवारकै सदस्यले पेट्रोलियम पदार्थ छर्किँदै आगो लगाएर हत्या गरेको भावनाका दाई शालिग्राम भट्टले आरोप लगाउनुभएको छ । हत्यामा उहाँका श्रीमान् मीनराज शर्माकै संग्लनता रहेको भट्टको आरोप छ ।

जिल्ला प्रहरी कार्यालय डोटीका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसपी) दिलीपसिंह देउवाले घटनाबारे जिल्ला प्रहरी कार्यालयमा कुनै उजुरी तथा जानकारी नआएको बताउनुभयो । उहाँले भन्नुभयो, “घटनाबारे कुनै जानकारी र उजुरी आएको छैन, उजुरी आएपछि प्रहरीले आफनो काम थाल्ने छ ।”

शरीरमा आगो लागेपछि मङ्सिर ७ गते गम्भीर घाइते भएकी भावनालाई उपचारका लागि डोटीकै सुजङ अस्पतालमा पु¥याइएको थियो । उक्त अस्पतालमा उपचार सम्भव नभएपछि थप उपचारका लागि मृतक भावनालाई सेती प्रादेशिक अस्पताल कैलाली पठाएकामा कैलालीबाट पनि उहाँलाई थप उपचारका लागि भारतको बलेरी लगिएको थियो । बेरी अस्पतालले उहाँको स्वास्थ्य अवस्था सुधार भएको भन्दै घर पठाए पनि घरमा ल्याउँदा उहाँको मृत्यु भएको थियो । भावना र शर्माबीच दुई वर्षअघि मात्रै बिवाह भएको उहाँको घरपरिवारले जनाएको छ ।