७ पुष २०८२, सोमबार
,
Latest
एमसीए नेपाल अन्तर्गत धानखोला लमहीको ४० किमि क्षेत्र मर्मत गर्न ठेक्का सम्झौता मिराज ढुंगाना नेतृत्वको टोलीद्वारा माईतीघरमा सरकार विरोधी प्रदर्शन (तस्बिरहरु) सिद्धबाबा सुरुङ निर्माण ६५ प्रतिशत, छिटो सक्न मन्त्री घिसिङको निर्देशन नेपाली सेनाको प्रष्टिकरण: संविधानको अक्षर र मर्म दुवैको पालना गरेका छौँ माइतीघर प्रदर्शनः फेरि पक्राउ परे निकोलस भुषाल राजनीतिक दलसँग छलफल गर्दै प्रधानमन्त्री, को–को हुनेछन् सहभागी ? मनमोहक तनहुँको दुबुङ गाउँ विपद् पूर्वतयारी मजबुत बनाउने सरकारको प्रतिबद्धता कांग्रेस सभापतिमा प्रतिष्पर्धा गर्ने गगन थापाको घोषणा पार्टीको महाधिवेशन सम्पन्न गरेर निर्वाचनमा भाग लिनुपर्छ: महामन्त्री थापा
तपाईं के खोज्दै हुनुहुन्छ ?

सीमा रक्षाकाबारे पूर्व प्रधानमन्त्री खनालले निकाले यस्तो जुत्ति, पुरा होला त उनको ईच्छा ?



अ+ अ-

मङ्गलबारे । पूर्व प्रधानमन्त्री एवं सत्तारुढ नेकपाका वरिष्ठ नेता झलनाथ खनालले राष्ट्रियताका सवालमा सबै दल एकजुट हुनुपर्ने बताउनुभएको छ । इलामको सूर्योदय नगरपालिकाले आयोजना गरेको प्रथम सूर्योदय नगर पर्यटन महोत्सवको समापन कार्यक्रमलाई आज सम्बोधन गर्दै उहाँले कसैलाई नेपालको भूमि एक इन्च पनि मिच्न दिइने छैन भन्दै पूर्व प्रधानमन्त्री खनालले मिचिएको भूमि फर्काउन सरकार लाग्नुपर्नेमा जोड दिनुभयो ।

सरकारको मात्र प्रयासले सम्भव नभए देशका सबै दल एकजुट भएर भए पनि दबाब दिनुपर्ने उहाँको भनाइ थियो । उहाँले लिम्पीयाधुरा, लिपुलेक, सुस्ता जस्ता स्थान नेपालको हो भन्नेमा सबै राजनीतिक दलको एकै आवाज रहेको बताउनुभयो । पूर्वप्रधानमन्त्री खनालले भन्नुभयो, “राष्ट्रियताको सवालमा सबैको एकै आवाज छ, हामी हाम्रो भूमि चाँडै फिर्ता गर्छौ ।” पर्यटन वर्षको पूर्व सन्ध्यामा नेपाल भ्रमण वर्ष २०२० लाई सफल पार्न र सूर्योदय नगरपालिकालाई देश विदेशमा चिनाउने उद्देश्यका साथ आयोजना गरिएको महोत्सव सम्पन्न भएको छ ।

गत मङ्सिर १४ गतेबाट सञ्चालित महोत्सव १८ गते सम्पन्न भएको हो । स्थानीयवासीले उत्पादन गरेका वस्तु महोत्सवमा राखेका थिए । साथै पर्यटकीय क्षेत्रमा सांकृतिक कार्यक्रमको आयोजना गरिएको थियो ।