९ असार २०८३, मंगलवार
,
Latest
झापाको गौरीगञ्जमा चट्याङ लागेर एक जनाको मृत्यु पोखरा बसपार्कका व्यापारिक संरचना हटाइयो, सुकुमवासी बस्ती अझै बाँकी गाजामा इजरायली हवाई आक्रमणः स्वास्थ्यकर्मी र विद्यार्थीको मृत्यु हर्मुज जलडमरूमध्य खुला भएको र इरानले आणविक निरीक्षकहरूलाई अनुमति दिएको अमेरिकी उपराष्ट्रपति भेन्सको जानकारी फिलिपिन्सको एक विद्यालयमा गोली चल्दा तीन जनाको मृत्यु, पाँच घाइते कंगोमा इबोला संक्रमितको संख्या एक हजार नाघ्यो भारतको उत्तर प्रदेशमा आगलागी, विद्यार्थीसहित १४ जनाको मृत्यु जुम्लामा खानेपानी र सिँचाइका ९४ योजना कार्यान्वयनमा नवलपुरमा २२ हजार ३२१ आर्थिक प्रतिष्ठान गणना मौवाफाँट–दग्नाम सडक स्तरोन्नति
तपाईं के खोज्दै हुनुहुन्छ ?

रक्सिको तालमा भाइले गरे दाजुको हत्या, हत्या गर्ने भाई प्रहरीको फन्दामा



अ+ अ-

भोजपुर । मदिरा सेवन गरी भाईले आफ्नै दाजुको हत्या गरेका छन् । भोजपुरको अरुण गाउँपालिका-६ धाउखानीका १८ वर्षीय डिकबहादुर राईले सामान्य विवाद हुँदा आफ्नै दाजुको हत्या गरेको आरोपमा प्रहरीले पक्राउ गरेको हो।

मंसिर १६ गते मादक पदार्थ सेवन गरी ४० वर्षीय दाजु सुवास राईलाई चिर्पटले टाउकोमा प्रहार गरेको प्रहरीले जनाएको छ। घटनाबारे जानकारी पाएलगत्तै प्रहरी चौकी जरायोटारबाट खटिएको प्रहरी टोलीले घटनामा संग्लग्न राईलाई नियन्त्रणमा लिएको हो।