१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

सरकारी अस्पतालमा पनि साताको दुई दिन विदा दिने निर्णय



अ+ अ-

काठमाडौं। सरकारले अस्पताल तथा स्वास्थ्य संस्थाहरूमा पनि साताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गरेको छ।

स्वास्थ्य क्षेत्रमा क्रियाशील पेशागत संगठनहरुको चर्को दवाब पछि सरकारले सरकारी स्वामित्वको अस्पताल र स्वास्थ्य संस्थामा पनि सातामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको हो ।

सरकारको यो निर्णयसँग अब देशभरका सरकारी अस्पताल र स्वास्थ्य संस्थाहरुमा आकस्मिक तथा अन्तरंग सेवा बाहेकका ओपीडी भने बन्द रहने छ ।

स्वास्थ्यमन्त्री निशा मेहता, स्वास्थ्य सचिव डा.विकास देवकोटा र पेसागत संगठनका प्रतिनिधिबीच छलफल भएपछि सरकारले स्वास्थ्य संस्था र अस्पतालहरुको मामलामा पनि लचकता अपनाएर हप्तामा दुई दिन नै सार्वजनिक विदा दिने निर्णय गरेको हो । रासस