२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह जेन–जीले परिकल्पना गरेको समाज निर्माण गर्न सक्यौँ कि सकेनौँ, गम्भीर समीक्षा गरौँ : अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

एक करोडमा बन्यो झोलुङ्गे पुल



अ+ अ-

कञ्चनपुर । कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका वडा नं १२ भएर बग्ने वनहरा नदीमा रु एक करोड ८३ लाखमा झोलुङ्गे पुल निर्माण गरिएको छ ।

पुल निर्माण भएपछि स्थानीय बासिन्दाको आवागमन सहज बनेको छ । चारैतिरबाट नदी खोलाले घेरिएका चित्रपुर र तिलकी बस्तीका बासिन्दाको सुविधाका लागि पुल निर्माण गरिएपछि वर्षात्का बेला हुने अप्ठयारो हटेर गएको वडाध्यक्ष बाले रानाले बताउनुभयो ।

वर्षात्मा दोदा, वनहरालगायतका नदीको बहाव बढ्दा यस क्षेत्रका बासिन्दाको आवतजावत नै बन्द हुन्थ्यो । उहाँले भन्नुभयो, “पुल बनेपछि त्यो समस्या हटेको छ ।” नदीमा पुल नहुँदा वर्षात् आउनअगावै यस क्षेत्रका बासिन्दाले आवश्यक सामग्रीको जोहो गर्नुपथ्र्यो । गाउँमा बिरामी परे जोखिम मोलेर बाढी आएको नदी तर्नुपर्ने बाध्यता थियो । स्थानीय मङ्गल चौधरीले भन्नुभयो, “पुल निर्माणले त्यो सबै समस्या हटेर गएको छ ।” ठेकेदार कम्पनी थानी निर्माण सेवाले एक वर्षमा पुल बनाएको हो । पुलको लम्बाई २८३ मिटर छ ।