१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

मादी नदी लिफ्टिङ आयोजनाको सर्भे शुरु

मादी नदी लिफ्टिङ आयोजनाको सर्भे शुरु
अ अ+ अ-

तनहुँ । व्यास नगरपालिका–१ स्थित भादगाउँ करादी खिरखाँदी खानेपानी तथा सरसफाइ उपभोक्ता समितिले भादगाउँ क्षेत्रमा दीर्घकालीन खानेपानी समस्या समाधान गर्न मादी नदी लिफ्टिङ आयोजनाको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) सर्भे शुरु गरेको छ ।

पहिलो चरणको ‘भिजिबिलिटी सर्भे’ पश्चात् व्यास नगरपालिका–४ स्थित करीब तीन किलोमिटर दूरीको मादी नदी किनारमा पानी बोरिङ गरी लिफ्टिङ गर्न सर्भे थालेको हो ।

काठमाडौँस्थित बिन कन्सल्टेन्सीका प्राविधिक गणेश महतोको नेतृत्वमा आएको चार जनाको टोलीले मुख्य लाइनपछि शाखा लाइनको सर्भे थालेको छ । नगरपालिका–१ वडाका सबै क्षेत्रसाथै १२ नं वडाको केही क्षेत्रलाई समेटिने गरी काम थालिएको हो । टोलीलाई सर्भे गर्न अझै दुई महिना लाग्ने समितिले जनाएको छ । समितिले हाल चालू अवस्थाका तीन आयोजनाको पानीले व्यास नगरपालिका–१ भादगाउँस्थित २० टोलका दुई हजार २३७ घरमा पानीको धारा जडान गरी पानी वितरण गर्दै आएको छ ।

नगरपालिका–१ स्थित छाब्दी खोलाबाट दुई वटा बोरिङ गरी लिफ्टिङ र –१३ स्थित खिरखाँदी खोलाबाट ‘ग्रावेटी’ माध्यमबाट ल्याइएको पानी सङ्कलन गरी भादगाउँ क्षेत्रमा पानी वितरण गरिदै आएको समितिका प्रबन्धक ईश्वर श्रेष्ठले जानकारी दिनुभयो । खिरखाँदी खानेपानी आयोजनाको रु १७ करोड र छाब्दी खोलाबाट हालै पम्पिङ गरिएको योजना रु ६४ लाखमा सम्पन्न भएको हो । खिरखाँदी खोला सदरमुकाम दमौलीदेखि करीब १३ किलोमिटर दूरीमा पर्दछ ।

छाब्दी खोलाको दुई स्थानबाट बोरिङ गरी पम्पिङ गरिएको पानी प्रतिसेकेण्ड नौ लिटर र खिरखाँदी खोलाको प्रतिसेकेण्ड नौ लिटर गरी १८ लिटर प्रतिसेकेण्ड पानी सङ्कलन हँुदै आए पनि एक दिन बिराएर दिनको दुई घण्टा पानी वितरण गरिदै आएको प्रबन्धक श्रेष्ठले बताउनुभयो । बस्ती बिस्तार हुँदै जान थालेपछि पानीको समस्या खड्किन थाल्यो । उहाँले भन्नुभयो, “दीर्घकालीन योजनासहित करीब ३० वर्षपछिसम्मका लागि मध्यनजर गर्दै खानेपानीको विकल्प खोजिएको हो ।”

नयाँ आयोजनाअन्तर्गत मादी नदी किनारमा दुई मोटर र दुई पाइप जडान गरी पम्पिङ गरिएको पानी ‘ट्रिटमेन्ट प्लान्ट’ मा राखेर वितरण गरिने समितिले जनाएको छ । उक्त आयोजनामा सरकारको ७० प्रतिशत, स्थानीय श्रमदान २० प्रतिशत र स्थानीयको १० प्रतिशत नगद बेहोर्नुपर्ने प्रावधान रहेको समितिका अध्यक्ष चिजबहादुर दरैले बताउनुभयो ।

उक्त आयोजनाको लागत करीब रु ३५ करोड छ । अध्यक्ष दरैले भन्नुभयो, “टेण्डर गरेको दुई वर्षभित्र आयोजनाको निर्माण कार्य सम्पन्न गर्ने लक्ष्य छ ।” निर्माणाधीन आयोजनाको प्रतिसेकेण्ड ३५ लिटर पानीको क्षमता रहेको बिन कन्सल्टेन्सीका इञ्जिनीयर निर्जल ढकालले जानकारी दिनुभयो । उक्त वडाको उचाइ क्षेत्रमा रहेका बस्ती भदु्रडाँडा र गल्बुडाँडामा समेत पानीको सुविधा पु¥याउने उद्देश्यले अमिली भञ्ज्याङमा रिजर्भ ट्याङ्की निर्माण गरिने भएको छ ।