३१ जेष्ठ २०८३, आईतवार
,
Latest
बालेन सरकारले धेरै गल्ती गरिसक्योः धवलशमशेर राणा पर्सामा एक सय किलो गाँजा पक्राउ दुर्गा प्रसाईं राजासंस्था र हिन्दुराष्ट्र कायम गर्ने एजेण्डाका ब्राण्ड हुन्, नयाँ पार्टी उहाँकै नेतृत्वमा अघि… प्रतिनिधिसभामा असार १ र २ गते मन्त्रालयगत विनियोजन शीर्षकमाथि छलफल हुने औद्योगिक कर्जाको ७२ प्रतिशत बागमतीमा केन्द्रित, कर्णालीमा ०.२५ प्रतिशत मात्रै पाँच वर्षभित्र सम्पूर्ण भवनलाई विपद् उत्थानशील बनाउने महानगरको घोषणा असार १ गतेदेखि सम्पूर्ण चिया उद्योग बन्द गर्ने व्यवसायीको चेतावनी नेपालमा आँखा उपचार सेवाको पहुँच बढे पनि अन्धोपनको जोखिम कायमै सुशासन, डिजिटल सेवा र शहरी व्यवस्थापन काठमाडौं महानगरको प्राथमिकतामा नेपाली चिया निर्यात अवरुद्धः तत्काल समाधानका लागि कूटनीतिक पहल गर्न सांसद नेम्बाङको सरकारसँग आग्रह
तपाईं के खोज्दै हुनुहुन्छ ?

‘स्कुल जाने र घर आउने’ बाल गीत युट्युबमा सार्वजनिक



अ+ अ-

काठमाडौं । बालबालिकाको दैनिकीमा आधारित शिक्षामूलक गीत; बाल संगीतको प्रवद्र्धनमा जोड दिदै “स्कुल जाने र घर आउने” शीर्षकको बाल गीत युट्युबमार्फत सार्वजनिक गरिएको छ । बालबालिकाको एक समूहले तयार पारेको उक्त गीतले स्कुल जाने र घर आउने दैनिक गतिविधिलाई सरल र रमाइलो ढंगले प्रस्तुत गरेको छ ।

संगीतका विभिन्न विधाहरू—शास्त्रीय, लोक, आधुनिक (पप), रक, जाज, हिप–हप तथा भजन एवं धार्मिक संगीत—मध्ये बाल संगीत (बाल गीत) पनि एउटा महत्वपूर्ण विधा हो ।

यदि बालबालिकालाई उनीहरूको उमेर र सोचअनुसारका गीतहरू—जस्तै रमाइला, शिक्षामूलक र सरल शब्द भएका बाल गीत—गाउन र नाच्न प्रेरित गरियो भने, उनीहरू प्रेम, मिलन वा विछोडका जटिल भावनात्मक गीतहरूमा कम आकर्षित हुन्छन् ।

यसले उनीहरूको उमेरअनुसारको स्वस्थ मानसिक विकासमा सहयोग पुर्‍याउँछ । यही कारणले बाल गीतको विकास र प्रवद्र्धन अत्यन्त आवश्यक छ । बालबालिकाका लागि लक्षित गीतहरूमा शिक्षा, अनुशासन, साथीसँगको सम्बन्ध, विद्यालय जीवन, र सकारात्मक बानीहरू समेट्न सकिन्छ, जसले उनीहरूलाई सिक्दै रमाउन मद्दत गर्छ ।

बाल गीतलाई मनोरञ्जन मात्र नभई भविष्य निर्माणको माध्यमको रूपमा लिन आवश्यक छ । बालबालिकालाई सही उमेरमा सही गीत दिन सके, उनीहरूको सोच, संस्कार र व्यक्तित्व सकारात्मक दिशामा विकास हुन सक्छ ।