१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

जीप दुर्घटनाका ज्यान गुमाउने दुवैको सनाखत (अपडेट)



अ+ अ-

पाल्पा । पाल्पाको तिनाउ गाउँपालिका वडा नम्बर ५ चौबीस माइलमा जीप दुर्घटना हुँदा दुई जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा जीपका चालक रैनादेवी छहरा गाउँपालिका ५ मुझुङ्गका २५ वर्षीय दिलिप वम्रेल र सहचालक सोही स्थानकै २४ वर्षीय कृष्ण कार्की रहेको पाल्पाका प्रहरी उपरीक्षक दिपेन्द्र जिसीले बताए ।

बुटवलमा बिरामी छोडर पाल्पा फर्किँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप सिद्धार्थ राजमार्गको सडकदेखि करीब २०० मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । बुटवलबाट तानसेनतर्फ आउँदै गरेको लु १ ज ४२०९ नम्बरको जीप तिनाउँ गाउँपालिका ५ चौविसमाइलमा दुर्घटना हुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको हो।