२४ भाद्र २०८३, बुधबार
,
Latest
नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह जेन–जीले परिकल्पना गरेको समाज निर्माण गर्न सक्यौँ कि सकेनौँ, गम्भीर समीक्षा गरौँ : अर्जुननरसिंह केसी विद्युतीय यातायात विस्तारलाई आर्थिक र वातावरणीय अवसरका रूपमा अघि बढाउनुपर्छ : सचिव सिग्देल
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्री डिस्चार्ज हुनुअघि अस्पतालमा पुगिन राष्ट्रपति



अ+ अ-

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली अस्पतालबाट डिस्चार्ज हुनुअघि राष्ट्रपतिले विद्यादेवी भण्डारी प्रधानमन्त्री ओलीलाई भेटेकी छन्। प्रधानमन्त्री ओली बिहीबार अपरान्ह ३ बजे डिस्चार्ज हुने भएका छन्।

प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाका अनुसार अपरेशनपछि पूर्ण स्वास्थ्यलाभ गरेका प्रधानमन्त्री ओलीलाई ३ बजे अस्पतालले डिस्चार्ज गर्ने भएको हो ।

गत मंसिर १० गते प्रधानमन्त्री ओलीको एपेन्डिसाइटिसको शल्यक्रिया गरिएको थियो। प्रधानमन्त्रीलाई भेट्न राष्ट्रपति अस्पताल पुगेको यो दोस्रो पटक हो। यसअघि मंसिर १२ गते साँझ पनि राष्ट्रपति भण्डारी अस्पताल पुगेकी थिइन्।