८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

खुम्चँदै महिला तथा बालबालिका विभाग



अ+ अ-

काठमाडौँ । स्थानीयस्तरमा महिलाका संरक्षण र सशक्तीकरणको जिम्मेवारी स्थानीय तहको भएसँगै महिला तथा बालबालिका विभाग खुम्चिँदै गएको छ । विभागको भवन र जनशक्ति दुबै खुम्चन थालेको हो ।

अहिले विभागमा कर्मचारीको सङ्ख्या न्यून रहेको विभागका निर्देशक अनिता अधिकारीले बताउनुभयो । विभागमा अहिले दरबन्दी नै कम रहेको र दरबन्दी भन्दा अझै कम जनशक्ति कार्यरत रहेका छन् । विभागमा अहिले १६ जना मात्रै कार्यरत छन् ।

विभागमा १९ जनाको दरबन्दी रहेकामा त्योभन्दा तीन जना कम कार्यरत छन् । गत वर्षसम्म ५४ जनाको दरबन्दी रहेकामा अहिले कम भएको उहाँले बताउनुभयो । विभागले पहिले जिल्लास्थित महिला तथा बालबालिका कार्यालयमार्फत स्थानीयस्तरमा महिलाका हितमा काम गर्ने गरेको उहाँले बताउनुभयो ।

जिल्लास्तरीय कार्यालयले त्यहाँका सहकारी र महिला समूहमार्फत महिला सशक्तीकरणका कार्यक्रम सञ्चालन गरे पनि अहिले त्यो अलपत्र अवस्थामा रहेको छ । उहाँले भन्नुभयो,“कुनै स्थानीय तह सक्षम भए पनि कुनै स्थानीय तह सक्षम भइनसकेको हामीले पाएका छौँ ।”

विभागको भवनमा अहिले राष्ट्रिय बालकल्याण परिषद्समेत रहेको छ । विभागको अनुगमनका लागि गत साता हरिहर भवन पुग्नुभएका महिला तथा बालबालिका मन्त्री पार्वत गुरुङले विभागलाई खारेज हुन नदिने बताउनुभएको थियो ।