• २३ असार २०८१, आईतवार
  •      Sun Jul 7 2024
  •   Unicode
Logo

कांग्रेसका प्रवक्ता शर्माले यसकारण गराए सरकारको ध्यानाकर्षण



काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले बुढीगण्डकी जलविद्युत परियोजनाको मुआब्जा निर्धारण सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएको छ । प्रवक्ता शर्माले विज्ञप्ति निकाल्दै प्रभावितहरूलाई व्यवहारिक र वैज्ञानिक ढंगले मुआब्जा निर्धारण नगर्दा विवाद उत्पन्न भएको बताएका हुन ।

प्रवक्ता शर्माले १६ गते सार्वजनिक गरिएको मुआब्जा निर्धारण फिर्ता लिएर स्थानीयसँग पर्याप्त छलफल गरी न्यायोचित मुआब्जा निर्धारण गर्नुपर्ने बताएका छन् ।

१२०० मेगावाटको परियोजनालई कांग्रेस नेतृत्वको सरकारले निर्माण कार्य अगाडि बढाए पनि वर्तमान सरकारले झन अन्योलमा पारेको शर्माले आरोप लगाए । ‘वर्तमान सरकार गठन भएपछि यो परियोजनाको भविष्य एक पछि अर्को घटनाका साथ अन्यौलमा पर्दै गएको छ’ शर्माले भने ।

सरकारले स्थानीयलाई विश्वासमा लिनभन्दा झन भड्काउन लागेको प्रवक्ता शर्माले बताए । भने, नागरिकलाई विश्वासमा लिनेतर्फ होइन परियोजनाका लागि नागरिकको समर्थनलाई भड्काउने तर्फ लक्षीत देखिएको छ ।’