११ भाद्र २०८३, बिहीबार
,
Latest
छ देशका ४५ विदेशीसहित ३३६ जनाको हवाई उद्धार कुमारी बैंकले प्रधानमन्त्री दैवीप्रकोप उद्धार कोषमा ३ करोड रुपैयाँ सहयोग भोटेकोशी बाढीपीडितका लागि राहत सामग्री संकलन गर्न तीन स्थान तोकियो भोटेकोशी बाढीपछि ६४४ पर्यटक सम्पर्कविहीन, भारतीयको संख्या सबैभन्दा धेरै प्रधानमन्त्री शाह बाढी प्रभावित विदुरमा परराष्ट्रमन्त्री खनाल र बंगलादेशका परराष्ट्रमन्त्री रहमानबीच टेलिफोन वार्ता भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढी : हालसम्म १७७ जनाको शव फेला भोटेकोशी बाढीः खोज तथा उद्धारमा सात हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन भोटेकोशी बाढी प्रभावित क्षेत्रमा उद्धार तथा राहतका लागि स्थानीय तह परिचालन गर्ने मन्त्रालयको निर्णय
तपाईं के खोज्दै हुनुहुन्छ ?

रास्वपा संसदीय दलको बैठक जारी (तस्बिरसहित)



अ+ अ-

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको बैठक सिंहदरबारमा बसिरहेको छ ।

बैठकमा मुख्यतया सार्वजनिक लेखा समितिको सभापतिमा कसलाई सहयोग गर्ने भन्ने विषयमा छलफल भइरहेको छ । संसदीय प्रक्रियामा महत्वपूर्ण मानिने सार्वजनिक लेखा समितिको नेतृत्वका लागि विभिन्न राजनीतिक दलहरूबीच रस्साकस्सी चलिरहेका बेला रास्वपाको यो बैठकलाई निकै अर्थपूर्ण रूपमा हेरिएको छ ।

रास्वपाले समितिको सभापतिमा कसलाई समर्थन गर्छ भन्नेकुराले आगामी संसदीय समीकरणमा समेत प्रभाव पार्नसक्ने विश्लेषण गरिएको छ । रास्वपा सभापति रवि लामिछानेको उपस्थितिमा भइरहेको यो बैठकमा समसामयिक राजनीतिक विषय र सरकारको कार्यसम्पादनका बारेमा पनि समीक्षा भइरहेको स्रोतले जनाएको छ ।

लेखा समितिको सभापति प्रतिपक्षले पाउने संसदीय परम्परा रहे पनि यसपटक सत्तापक्ष र प्रतिपक्षबीच यसबारे विवाद कायम छ । रास्वपाले यस विषयमा मध्यमार्गी बाटो रोज्ने वा कुनै निश्चित दललाई सहयोग गर्ने भन्ने निर्णयले समितिको भविष्य तय गर्नेछ ।

 

तस्बिरहरुः अनुप प्रधान/न्युज एजेन्सी नेपाल