३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

पोखरेली भन्छन् : “विद्यालाई अझ उच्च पदमा देख्न पाऔँ”

पोखरेली भन्छन् : “विद्यालाई अझ उच्च पदमा देख्न पाऔँ”
अ+ अ-

कास्की । कास्की निर्वाचन क्षेत्र नं २ बाट नवनिर्वाचित प्रतिनिधिसभा सदस्य विद्या भट्टराईलाई पोखरेलीले मुलुकको उच्च पदमा देख्न पाउने इच्छा प्रकट गरेका छन् । कास्की क्षेत्र नं २ अन्तर्गत पोखरा महानगरपालिकाको ११ वटा वडा पर्छन् ।

यही मङ्सिर १४ गते मुलुकमा एक मात्र प्रतिनिधिसभा सदस्य पदमा भएको उपनिर्वाचनमा निर्वाचित भएलगत्तै निर्वाचन क्षेत्रका विभिन्न वडाका बासिन्दासमक्ष धन्यवाद प्रदान गर्न पुग्नुभएका उहाँलाई फूमालाले स्वागत गर्दै स्थानीयवासीले उक्त इच्छा प्रकट गरेका हुन् ।

पोखरा–१७ महतगौँडामा धन्यवाद दिन पुग्नुभएका भट्टराईलाई स्थानीयवासी ९१ वर्षीय चन्द्रकान्त भण्डारीले फूलको गुच्छाले स्वागतसहित आशीर्वाद दिँदै निर्वाचनका अवसरमा गरिएका प्रतिबद्धता पूरा गर्नेतर्फ कटिबद्ध भएर लाग्न सुझाव दिनुभयो ।

मुलुकका ज्येष्ठ नागरिक, महिला एवं समाजका विपन्न वर्गको हितसँगै विकासनिर्माणमा जुटन आग्रह गर्दै उहाँले राज्यले प्रदान गर्ने सामाजिक सुरक्षाभत्ता सर्वसुलभरुपमा उपलब्ध गराउन अनुरोध गर्नुभयो ।
स्थानीयवासी ७२ वर्षीया तारा भण्डारीले गहभरि हर्षका आँशु झार्दै सांसद भट्टराईलाई समग्र महिलाको नेतृत्व गरी मुलुकको उच्च पदमा पुग्नका लागि बाटो खुलेको बताउनुभयो । स्वागतका लागि हातमा फूलको माला लिएर लामबद्ध स्थानीय बासिन्दाको बीचबाट निस्केर भट्टराईलाई अङ्कमाल गर्दै उहाँले यस क्षेत्रका जनताको दुःखसुखको सारथि बन्न आग्रह गर्नुभयो । मुलुकमा राष्ट्रपति, प्रधानन्यायाधीश र सभामुखजस्ता उच्च पदमा महिलाले नेतृत्वदायी भूमिका निर्वाह गरी इतिहास रचिसकेको वर्तमान अवस्थामा प्रधानमन्त्री बन्ने योग्यता, क्षमता र सम्भावनाका आधार भट्टराईमा देखिएको सो क्षेत्रका जनताको सामूहिक धारणा रहेको पाइएको छ ।

विजययात्रासहित निर्वाचन क्षेत्रका विभिन्न स्थानमा पुगेर धन्यवाद ज्ञापन गर्न घरदैलामा पुग्नुभएका नेता रवीन्द्रप्रसाद अधिकारीकी धर्मपत्नी भट्टराईले रासससँग कुराकानी गर्दै जनताको इच्छा, आकाङ्क्षा एवं सुझाव शिरोधार्य गर्दै आफूले निर्वाचनका क्रममा गरेका प्रतिबद्धता पूरा गर्न कटिबद्ध भएर लाग्ने स्पष्ट पार्नुभयो । ‘समृद्ध नेपाल सुखी नेपाली’ अभियानकर्मी स्व अधिकारीले देखेका सपना पूरा गर्न पार्टीले आफूलाई उम्मेदवार बनाएको स्मरण गर्दै उहाँले मतदाताको प्रगाढ माया र भरोसाको उच्च कदर गर्दै अगाडि बढ्ने विश्वास दिलाउनुभयो ।

सोही स्थानमा अवस्थित ऐतिहासिक प्राकृतिक पुलको संरक्षण, संवद्र्धन र विकासमा अधिकारीको महत्वपूर्ण योगदान रहेको बताउँदै स्थानीयवासीले भट्टराईलाई अधुरा काम सम्पन्न गर्ने जिम्मेवारी बहन गरिदिन अनुरोध गर्दै ज्ञापनपत्रसमेत बुझाएका थिए । ढुङ्गेसाँघु पर्यटनस्थल संरक्षण समितिका अध्यक्ष नरेन्द्र गिरीले प्रदान गरेको ज्ञापनपत्रमा लगभग रु ६४ लाखको लागतमा प्राकृतिक पुलको दृष्यावलोकनका लागि झोलुङ्गेपुल, शौचालयका साथै २४४ सिँढी निर्माण गरिएको र अब आगन्तुक पर्यटकको सुरक्षाका साथै विभिन्न संरचना निर्माणका लागि रु ४६ लाख ६४ हजार आवश्यक पर्ने उल्लेख छ ।

पोखरा १७ विरौटाचोकबाट आज बिहान शुरु भएको विजययात्रामा भट्टराईले मतदातालाई अभिवादन गर्दै छोरेपाटन, हिमालय आँखा अस्पतालचोक, घारीपाटनचोक, रातोपैह्रा, महतगौँडा, लामातरा, दोबिल्लासहित डेमसाइडलगायतका क्षेत्र पुग्नुभएको थियो । पोखरा महानगरका ११ वटा वडालाई समेटिएको निर्वाचन क्षेत्रका सबै वडाका बासिन्दासमक्ष पुगेर धन्यवाद प्रदान गरिने कार्यक्रम तय गरिएको छ । आज पोखरा– ९ बसपार्कस्थित अव्यवस्थित बसोबास क्षेत्रमा घरदैलो कार्यक्रम सञ्चालन भइरहेको निर्वाचन परिचालन कमिटीका संयोजक एवं नेकपा कास्कीका अध्यक्ष कृष्ण थापाले जानकारी दिनुभयो ।