१२ आश्विन २०८३, सोमबार Monday, September 28, 2026
१२ आश्विन २०८३, सोमबार
ताजा खबर
News Polar गृहमन्त्रीको सचिवालयसँग सम्बन्ध रहेको भन्दै फोन संवाद गर्ने युवा पक्राउ News Polar सरकारले लोकतन्त्रको मर्मलाई पालना गर्नुपर्छः नेता आङदेम्बे News Polar कलाकार नीर शाह एक लाख ५१ हजारसहित सम्मानित News Polar ट्रम्प–सी भेटवार्तापछि अमेरिका र चीनद्वारा ३० अर्ब डलरका वस्तुमा भन्सार कटौती News Polar रियादका विद्यालय पुनः भौतिक रूपमा सञ्चालनमा News Polar हवाई आक्रमणमा ३३ जनाको मृत्यु News Polar पूर्वप्रधानन्यायाधीश राणा पक्राउ प्रकरण: स्वेच्छाचारिताको प्रचुरता, लोकतान्त्रिक प्रणालीले स्वीकार गर्न नसक्ने फुलकोर्टको ठहर News Polar लुम्बिनी प्रदेशः चार दिनमा ७८ विपद्का घटना News Polar वीरगन्जको मुख्य सडकको विद्युत् तार भूमिगत गर्न माग News Polar मासु व्यवसायलाई व्यवस्थित र आधुनिक बनाउन मन्त्री चौधरीको निर्देशन News Polar बाढीपहिरोपछि जनजीवन सामान्य बनाउन सरकारको तीव्र पहल News Polar मर्स्याङ्दीका दुवै जलविद्युत् आयोजना पुनः सञ्चालन News Polar नेपालगञ्जमा राष्ट्रिय खेलकुदका खेल सञ्चालनको तयारी हुँदै News Polar त्रिविद्वारा अध्ययन बिदापछि काममा नफर्कने कर्मचारीबाट १६ करोड असुल News Polar शुभम रांजणे विराटनगर किङ्ग्समा अनुबन्ध News Polar कोशी प्रदेश सरकारको निर्णय News Polar दुर्गा प्रसाईँलाई तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति News Polar स्वास्थ्यकर्मीको सुरक्षाका लागि कडा कानून ल्याउँदै सरकारः आक्रमण गर्नेलाई अब कैद र जरिवाना दुवै News Polar ललितपुरको धापाखेलमा पहिरोले साढे दुईतले घर भत्कायो News Polar राष्ट्रिय महिला क्रिकेटर उपाध्याय खेल सामग्रीसहित सम्मानित

टोल विकास संस्थालाई निर्माण उपभोक्ता समितिको कामको जिम्मा

टोल विकास संस्थालाई निर्माण उपभोक्ता समितिको कामको जिम्मा
अ अ+ अ-

काठमाडौं । कैलालीको टीकापुर नगरपालिकामा गठन भएका टोल विकास संस्थाले नगरको पूर्वाधार विकासमा पनि काम गर्न थालेका छन् । चालु आर्थिक वर्षमा १९ टोल विकास संस्थाले निर्माण उपभोक्ता समितिको काम गरिरहेका छन् ।

टोलको विकासमा टोलकै नागरिक जिम्मेवार बनाउने उद्देश्यले पालिकाले हरेक टोलमा टोल विकास संस्था गठन गरी संस्थालाई पालिकामा दर्ता गर्ने र विकास निर्माणका कार्यमा उनीहरुको सहभागिता बढाउन थालेको हो । टीकापुर –१ ले सडक ग्राभेल र माटो पटानीजस्ता निर्माणका कामको जिम्मा टोल विकास संस्थालाई दिएको छ ।

निर्माण उपभोक्ता समितिको जिम्मा टोल विकास संस्थालाई दिएर सम्झौता गरी काम अघि बढेको नगरपालिकाले जनाएको छ ।

विगतमा उपभोक्ता समिति गठन गर्ने, उपभोक्ता समितिमार्फत गरेका कामको दिगोपनामा समस्या हुने भएपछि टोल विकास संस्थालाई स्थानीय विकासमा अपनत्व हुने, नियमन गर्न पनि सहज हुने भएकाले निर्माण कार्य गुणस्तरीय हुने ठानेर विकासका कार्यमा सहभागिता गराएको वडा नं १ का शवइन्जिनियर गम्भीरसिंह साउँद बताउँछन् ।

“पालिकामा कार्यविधि बनाएर विकास निर्माणका कार्यमा जुन टोलमा हुँदैछ, त्यहाँकै टोल विकास संस्थालाई उपभोक्ता समितिको जिम्मा दिन थालेका छौँ”, उनले भने, “टोल विकास संस्थाले गरेका काम गुणस्तरीय बन्ने गरेका छन् । टोलकै नागरिकले विकास गर्ने, उनीहरुले नै निगरानी गर्ने भएपछि सहज भएको छ ।”

टीकापुर नगरपालिकामा स्थानीय सुशासन सुधारका लागि टोल विकास संस्था सशक्तीकरण कार्यक्रम सञ्चालनमा छ । नागरिकका अधिकार सुनिश्चितता र समावेशी सहभागिता प्रवद्र्धन, पारदर्शी र उत्तरदायी शासन प्रणाली प्रवद्र्धन, संस्थागत सुदृढीकरण र स्रोत परिचालनमा टोल विकास संस्थाको क्षमता अभिवृद्धिका लागि नगरपालिकामा पालिका, पालिका र सहकर्मी समाज मिलेर काम गरिरहेका छन् ।

टीकापुरमा २६२ टोल विकास संस्था गठन भएका छन्, यसमा पालिकामा २०९ पािलकामा दर्ता भएका छन् । अन्य दर्ताकै पक्रियामा रहेका संघ संस्था समन्वय शाखा प्रमुख अमृता रावलले जनाकारी दिइन् । वडा नं १ मा मात्रै १०८ टोल विकास संस्था छन् ।

त्यसैगरी ९ वटा वडा सञ्जालसमेत गठन भएका छन् । “टोल विकास संस्थाको हरेक महिना बैठक बस्छ, बैठकमा टोलका समस्या, आवश्यकता पहिचान गरिन्छ”, उनी भन्छन् , “टोल विकास संस्था योजना निर्माण प्रक्रियामा सहभागी हुने, योजना माग गर्ने र कार्यान्वयन गर्ने कार्यमा सहभागी हुन थालेका छन् ।”

सहकर्मी समाजका कार्यक्रम संयोजक नवराज जैशीका अनुसार यी संस्थामा १२ हजार ९६२ घरधुरी समेटिएका छन् । “टोल विकास संस्थाले विकास, सुशासन र पारदर्शितामा राम्रो अभ्यास गरिरहेका छन्”, उनी भन्छन् , “एक सय १४ टोल विकास संस्थाले बैंकमा खाता खोलेर कारोबार गरिरहेका छन् । टोल विकास संस्थामा काम गर्दा महिलाको नेतृत्व विकासमा सघाएको छ । महिलाहरु अहिले आफ्नो ठाउँको विकासका कार्यमा सहभागी हुने, विकास आयोजना माग गर्न थालेका छन् ।”

टीकापुर नगरपालिकामा स्थानीय सुशासन सुधारका लागि टोल विकास संस्था सशक्तीकरण कार्यक्रम सञ्चालनमा छ । नागरिकका अधिकार सुनिश्चितता र समावेशी सहभागिता प्रवद्र्धन, पारदर्शी र उत्तरदायी शासन प्रणाली प्रवद्र्धन, संस्थागत सुदृढीकरण र स्रोत परिचालनमा टोल विकास संस्थाको क्षमता अभिवृद्धिका लागि नगरपालिकामा पालिका, पालिका र सहकर्मी समाज मिलेर काम गरिरहेका छन् ।