१७ आश्विन २०८१, बिहीबार
,
Latest
एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता कोशीको बाढी: कसैलाई डर, कसैलाई अवसर रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

जम्मा २ लाख ५५ हजारमै गराए प्रधानमन्त्री ओलीले आफ्नो उपचार



अ+ अ-

काठमाडौं । त्रिवि शिक्षण अस्पतालस्थित मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरमा उपचार गराइ स्वास्थ्य लाभ गरेका प्रधानमन्त्री केपी शर्मा ओली बिहीबार दिउँसो डिस्चार्ज भएका हुन् । उनको उपचारमा जम्मा २ लाख ५४ हजार ६८८ रुपैयाँ खर्च लागेको सेन्टरका कार्यकारी निर्देशक उत्तमकृष्ण श्रेष्ठले जानकारी दिए ।

प्रधानमन्त्री ओलीलाई १० गते मङ्गलबार बिहान पेटमा समस्या आएपछि अस्पताल भर्ना गरिएको थियो । सोही दिन ओलीको एपेन्डिसाइटिस अपरेशन गरिएका थियो । तर पनि चिकित्सकको निगरानीमा अस्पतालमै उनी रहेका थिए ।

डिस्चार्ज भई अस्पताल बाहिरिने क्रममा आफ्नो स्वास्थ्यमा पूर्ण रुपमा सुधार भएको प्रधानमन्त्री ओलीले प्रतिक्रिया दिईसकेका छन् ।