३ भाद्र २०८३, बुधबार
,
Latest
मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक: स्तोन्नती गर्न पाँच करोड सुनिश्चित राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुटिङमा स्वर्ण र रजत दुबै भारतले लग्यो



अ+ अ-

काठमाडौं । १३ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत सुटिङमा भारतले आफ्नो दबदवा कायमै राखेको छ । सातदोवाटोस्थित सुटिङ रेञ्जमा विहीबार भएको १० मिटर एयर राइफल पुरुषको व्यक्तिगत स्पर्धा र टिम स्पर्धामा स्वर्ण पदक जितेको छ । भारतका पंकज कुमारले २४९.२ अंकका साथ स्वर्ण पदक जित्दा भारतकै किरण अंकुश जाधवले रजत पदक जिते । उनले २४८.७ अंक स्कोर गरेका थिए । यसैगरी २२८.० अंकका साथ बंगलादेशका अब्दुल बकीले कास्यक पदक जित्न सफल भए ।

पाकिस्तानका अदिल गुफ्रिन २०६.१ अंकसहित चौथो स्थानमा रहँदा भारतका एस बद्र्धान १८५.७ अंकसहित पाँचौं स्थानमा थिए । यस्तै पाकिस्तानका फरिद जिहान उल साकिर १६४.४ अंकसहित छैटौं स्थानमा रहँदा बंगलादेशका मोहम्मद रोवुल इस्लाम १४१.३ अंक सहित सातौं स्थानमा रहे । अन्तिम आठमा भने श्रीलंकाका विरन्था के.वाई.के ११६.५ अंकका साथ रहेका थिए । व्यक्तितग प्रदर्शनका आधारमा नेपालका अर्नव घिमिरे छनोट चरणको १४ औं स्थानमा थिए । उनले ५८६.७ अंक बनाएका थिए ।

१५ औं स्थानमा ५८६.६ अंकसहित हरिबहादुर थापा रहेका थिए भने अर्का नेपाली खेलाडी कुमार कार्की ५७०.५ अंकसहित १७ औं स्थानमा रहँदै छनोट चरणको यात्रा पार गर्न सकेनन् । यस्तै टिम इभेन्टमा पनि भारतले नै स्वर्ण पदक जितेको छ । भारतका यस बद्र्धन, किरण अंकुस जाधव पंकज कुमारको समूहले १८७५.८ अंकसहित स्वर्ण पदक जितेका हुन् । यस इभेन्टसमा रजत पदक भने पाकिस्तानले जितेको छ ।

पाकिस्तानका लटिफ अक्वि, फरिद जिहान उल सकिर र अदिल गुफ्रनको जोडीले रजत पदक जितेको हो । उनीहरुले १८४६.४ अंक जोडेका थिए । यस्तै कास्य पदक भने बंगलादेशले जितेको छ । बंगलादेशका मुन्ना मोहम्मद रवि हसन, मोहम्मद रुवेल इस्लाम र अव्दुल्लाह बकीको जोडीले कास्य जितेको हो ।