१३ आश्विन २०८१, आईतवार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रधानमन्त्रीलाई प्रचण्डको प्रस्ताव – ओली बालुवाटार आउँदैनन्, हामी नै बालकोट जाउँ



अ+ अ-

काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री शेरबहादुर देउवा समक्ष विपक्षी दलका नेता केपी शर्मा ओलीलाई भेट्न उनकै निवास बालकोट जानुपर्ने प्रस्ताव राखेका छन् ।

राजधानीमा सम्पादकहरुसँगको अन्तरक्रियामा अध्यक्ष प्रचण्डले प्रधानमन्त्री देउवालाई यस्तो प्रस्ताव गरेका हुन् ।

आफूहरुले बोलाउँदा ओली बालुवाटार नआउने भएकाले ओलीलाई भेट्न बालकोट नै जानुपर्ने प्रस्ताव प्रधानमन्त्रीलाई गरेको उनले बताए ।
 
प्रचण्डले भने, ‘मैले त प्रधानमन्त्रीजीलाई उहाँ आउनु हुन्न, तपाईं र म नै बालकोट जाऊँ भनेको छु ।’

ओलीलाई भेटेर सदन पनि रोकिदिनुभएन भन्ने र अरु विषय पनि छलफल गर्ने उनको प्रस्ताव छ । 

प्रचण्डले अगाडी भने – ‘मैले एमसीसीका बारेमा सबै पार्टीसँग छलफलल हुनुपर्छ भनेर बैठक गर्दा पनि ओली आउँदैनन् । उनी तेस्रो पटक संसद विघटन गराउन चाहन्छन् ।’