१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

नेपाल हवाई खेलकूद संस्थामा भण्डारी

नेपाल हवाई खेलकूद संस्थामा भण्डारी
अ अ+ अ-

कास्की । नेपाल हवाई खेलकूद संस्था (ना) को अध्यक्ष पदमा कृष्ण भण्डारी निर्वाचित भएका छन् । पोखरामा बिहीबार साँझ सम्पन्न संस्थाको आठौँ अधिवेशन तथा १७औँ साधारणसभामा शोभित बानियाँलाई पराजित गरी भण्डारी अध्यक्षमा निर्वाचित भएका हुन् । संस्थाको वरिष्ठ उपाध्यक्षमा वसन्तराज दवाडी, प्रथम उपाध्यक्षमा इन्द्र भण्डारी, द्वितीय उपाध्यक्षमा भरतप्रसाद तिमिल्सिना, तृतीय उपाध्यक्षमा नारायण पराजुली, प्राविधिक उपाध्यक्षमा अनिल केसी र महासचिवमा बलराम आचार्य निर्विरोध निर्वाचित भए ।

त्यस्तै सचिवमा माधव तिवारी, कोषाध्यक्षमा एलिश थापा र सहकोषाध्यक्षमा चीनबहादुर बानियाँ निर्वाचित भएका छन् । सदस्यमा शर्मिला शर्मा, सङ्गीता अधिकारी, खुबबहादुर गुरुङ, दीपक थापा, सुभाष थापा निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा निर्वाचित भण्डारीले पोखराको प्याराग्लाइडिङ क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन आफ्नो तर्फबाट थप योगदान रहने प्रतिबद्धता व्यक्त गरे ।

अधिवेशनको अवसरमा इण्डोनेशियामा सम्पन्न १८औँ एशियाली खेलकूदमा नेपाललाई प्याराग्लाइडिङमा रजत पदक दिलाउन सफल खेलाडी, प्रशिक्षक र व्यवस्थापकलाई सम्मान गरिएको थियो । त्यस्तै पत्रकारिताको माध्यमबाट हवाई खेलकूदको प्रवद्र्धनमा निर्वाह गरेकामा पत्रकारद्वय केशव पाठक र सुमन ढुङ्गानालाई रु १५ हजारसहित सम्मान गरिएको थियो । संस्थामा हाल ६० व्यावसायिक संस्था र ३०० पाइलटहरु आबद्ध छन् ।