८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

जङ्गली हात्तीको त्रासमा स्थानीयवासी



अ+ अ-

भद्रपुर । झापाको मेचीनगर नगरपालिका–१३ स्थित कालीझोडा र १५ नं वडाको ज्यामिरगढीका बासिन्दालाई जङ्गली हात्तीले दुःख दिन थालेको छ । अहिले हात्ती समसाँझै गाउँ पसेर घर भत्काउन, लगाएका अन्नबाली खाइदिन थालेपछि त्यस क्षेत्रका बासिन्दा रातभर नसुती जाग्राम बस्न विवश बनेका छन् । वडा नं १३ का अध्यक्ष कृष्णराज सिग्देलले हातेमालो सामुदायिक वनबाट एक्ले हात्ती साँझ पर्नासाथ गाउँ पस्ने गरेकोे र घर भत्काउन, भित्र्याइएको धान समेत खाइदिने गरेको जानकारी दिए ।

यसैगरी वडा नं १५ का स्थानीय कृष्ण दाहालले दैनिक साँझ पर्नासाथ आउने हात्तीले पक्की घरसमेत भत्काउन थालेपछि गाउँले त्रसित भएको बताए । उनले भन्नुभयो “ दिनभर नजिकै रहेको चिया बगानमा बस्ने र साँझ पर्नेबित्तिकै गाउँ छिर्ने हात्तीबाट जोगिन समस्या भएको छ ,” डिभिजन वन कार्यालय झापाले हात्ती प्रभावित क्षेत्रका विद्यालय र सार्वजनिकस्थलमा हात्तीबाट जोगिने उपायका बारेमा सचेतनामूलक सन्देश लेखिएका पोस्टर टाँस्ने र जङ्गल नजिकै बासिन्दालाई टर्चलाइट बाँड्नेलगायतका काम गरेको जनाएको छ ।

कार्यालयका प्रमुख विष्णुलाल घिमिरेका अनुसार झापाका विभिन्न जङ्गलमा रहेका १३ रैथाने हात्तीले गाउँमा पसेर स्थानीयवासीलाई दुःख दिन थालेको बताए । उनले केही दिनयता दैनिकजसो हात्तीले घर भत्काएको जानकारी कार्यालयमा आइरहेको जानकारी दिए ।