१७ आश्विन २०८१, बिहीबार
,
तपाईं के खोज्दै हुनुहुन्छ ?

अभियुक्तसँग लाखौ अशुल्ने सीडीओ गृहमा तानिए



अ+ अ-

काठमाडौं । अभद्र व्यवहार सम्बन्धी कसूरका अभियुक्तसँग पैसा लिने दोलखाका प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजाल काठमाडौं तानिएका छन् । शुक्रबार रिजाललाई गृहमन्त्रालयमा तानिएको हो।

रिजाल गृहमन्त्रालयमा तानिएसंगै रिजालमाथि लागेको आरोपको सम्बन्धमा छानविन हुने गृहका प्रवक्ता सह-सचिव केदारनाथ शर्माले बताउनु भयो ।

प्रअजि रिजालले मेलुङ गाउँपालिका-४, भेड्पुका कुमार लामा मोक्तानसँग ९० हजार र कालिञ्चोक गाउँपालिका-१ का उदिम तामाङ र इन्द्रबहादुर तामाङसँग बुधबार २१ हजार रुपैयाँ असुलेको आरोप लागेको छ । रकम लिएर मुद्दा नचलाउने निर्णय गरेको अभियुक्तको दाबी छ ।

रिजालले यसअघि अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा बसेर पनि काम गरिसकेका छन् ।