२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

मधेश प्रदेशमा जुडशीतल पर्व मनाइँदै



मिथिलाञ्चलमा जुडशीतल पर्व मनाइँदै । फाइल तस्बिर
अ+ अ-

महोत्तरी। मधेश प्रदेशमा मनाइने जुडशीतल पर्वको दोस्रो दिन आज मान्यजनबाट आशीर्वादस्वरुप जलसेचन लिइँदैछ ।

वैशाख सङ्क्रान्तिसँगै सुरु हुने दुईदिने जुडशीतल पर्वमा शीतलताको प्रतीकस्वरुप मान्यजनबाट शिरमा जलसेचन लिने पुरानो परम्परा हो । यसअघि वैशाख सङ्क्रान्तिका दिन जुडशीतल पर्वको पहिलो दिन मैथिलले ‘सतुवाइन’ विधि मङ्गलबार नै सम्पन्न गरिसकेका छन् ।

पर्वको दोसो दिन आज बढ्दो गर्मीको रापबीच जीवनमा शीतलताको कामना गर्दै ‘जुडशीतल’ मनाइन्छ । विक्रम संवत् परम्पराको नयाँ वर्ष सुरु भएको अवसरमा पहिलो दिन ‘सतुवाइन’ विधिबाट सुरु हुने यो पर्वमा दोस्रो दिन घरपरिवारका श्रेष्ठजनले आपूmभन्दा सानालाई शिरमा जल सिञ्चित गर्दै आरोग्यता, शीतलता र दीर्घजीवनको आशीर्वाद दिने गर्छन् । पहिलो दिन वैशाख सङ्क्रान्तिमा जाँै, चनाको सातु, चिसो पानीमा बनेको सर्वत खाए, पिएर ‘सतुवाइन’ मनाइन्छ ।

नयाँ वर्र्षले आरोग्य जीवन देओस् भन्ने पर्वको मुख्य सन्देश रहेको पाका मैथिल बताउँछन् । गर्मी मौसमको यस पर्वमा चना, मुँग र कँगनोसहितको सातु पहिलो दिन इष्टदेवलाई चढाएर खाने चलन छ ।

यसैगरी दोस्रो दिन आज चना र मुँगकै दाल, यिनको पीठोको बेसनमा काँचो केरा, लौका र परवलको तरुवा, सोहिजन (मुन्गा)को तरकारी, बदामको पीठोबाट बनाइएको बरी र दही मथेर करी (कढी) पकाएर खाइने मैथिल परम्परा छ । यसै परम्पराअनुसार आज घरघरमा पर्वका लागि विभिन्न परिकार बनाइँदै छन् ।

गर्मीयाममा खाइने परिकारबारे सचेतना बढाउन पूर्वजले यो पर्व परम्परा बसालेका हुनसक्ने मटिहानीस्थित राजकीय संस्कृत माध्यमिक विद्यालयका कर्मकाण्ड विषयका शिक्षक शोभाकान्त झा बताउनुहुन्छ ।

सहकालको प्रतीक मानिने यस पर्वको दोसो दिन वर्षभरि अनुकूल वर्षाको कामना गर्दै समवयीबीच धुलो माटो र हिलो खेल्ने चलन पनि छ । यो खेलमा किशोर र युवा देखिन्छन् । यसै दिन आफ्ना खेतबारीका रुख बिरुवामा पानी सिञ्चित गरेर कहिल्यै आवश्यक चिस्यानको कमी नहोस् भन्ने कामना गरिन्छ । जुडशीतलका अवसरमा घरमुली आफ्नो बगैँचामा डुल्छन् ।

यसरी यो पर्वमा आफ्ना बगैँचाका रुख, बिरुवा नजिकबाट नियालेर सहलाउँदा र सिञ्चित गरिँदा कहिल्यै खडेरीको चपेटामा परेर नमर्ने मैथिल जनविश्वास छ ।

मिथिलामा सबै जाति समुदायले मनाउने यो पर्वको आपसी सद्भाव, हेलमेल र सहकार्य मुख्य सन्देस रहेको मानिन्छ । पर्वमा इष्टमित्र र आफन्तबीच सहभोज आयोजना हुँदै आएको छ । रासस