१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

भ्रमण वर्षमा विद्युत् अवरुद्ध नहुने

भ्रमण वर्षमा विद्युत् अवरुद्ध नहुने
अ अ+ अ-

चितवन । घोषित रुपमा विद्युत्भार कटौती नभए पनि प्राविधिक कारण समय समयमा विद्युत् आपूर्तिमा समस्या हुने गरेको छ । लामो क्षेत्रमा एउटै फिडरबाट तानिएका तार र पुराना ट्रान्सफर्मरमा देखिने समस्याका कारण पटक पटक विद्युत् अवरुद्ध हुँदा अत्यावश्यक क्षेत्र प्रभावित हुँदै आएका छन् ।

भ्रमण वर्ष सन् २०२० लाई लक्षित गर्दै पर्यटकीय क्षेत्र सौराहामा विद्युत् अवरुद्ध नहुने गरी तयारी थालिएको छ । नेपाल विद्युत् प्राधिकरणको टाँडी वितरण केन्द्रले नयाँ फिडर जडान गरी सौराहा क्षेत्रमा विद्युत् आपूर्ति गराउन लागेको छ । केन्द्रका प्रमुख चुतुनकुमार श्रीवास्तवका अनुसार पर्सा सबस्टेशनबाट खैरहनी, कुमरोज, बुढ्यौली हुँदै हाल सौराहा विद्युत् पु¥याइएको छ ।

लामो क्षेत्र भएकाले तार, पोल, ट्रान्सफर्मरमा देखिने समस्याका कारण पटक पटक विद्युत् अवरुद्ध हुँदै आएको उहाँले बताउनुभयो । केन्द्रले सो क्षेत्रलाई लक्षित गर्दै पर्साबाट राजमार्ग हुँदै सौराहाचोकको बाटो सोझै तार तानेर नयाँ फिडरमार्फत विद्युत् वितरण गर्न लागेको हो । पर्सा सबस्टेशनमा हाल चारवटा फिडर रहेका छन् । यसलाई बढाएर छ वटा पु¥याउने तयारी गरिएको छ । भरतपुरबाट गएको ३३ हजार केभिए विद्युत्ले नपुगेपछि ११ हजार केभिएको छुट्टै तारमार्फत सोही क्षेत्रमा विद्युत् पु¥याइएको छ ।

श्रीवास्तवले पुसभित्रमा सौराहामा विद्युत् अवरुद्ध नहुने गरी व्यवस्थापन गरिने बताउनुभयो । क्षेत्रीय होटल सङ्घ सौराहाको टोलीले केही दिनअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङलाई भेट गरी भ्रमण वर्षमा विद्युत् अवरुद्ध नहुने व्यवस्था गरिदिन आग्रह गरेको थियो । देशकै तेस्रो पर्यटकीय गन्तव्य सौराहा चितवन राष्ट्रिय निकुञ्जको प्रवेशद्वार हो । सो क्षेत्रमा १२० होटल रहेका छन् । सोराहामा भ्रमण वर्षमा चार लाख पर्यटक भित्र्याउने लक्ष्य राखिएको छ ।