१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

वन्यजन्तुको क्षति रोक्न पर्खाल

वन्यजन्तुको क्षति रोक्न पर्खाल
अ अ+ अ-

वन्यजन्तुको क्षति रोक्नका लागि कावासोती नगरपालिकाले लगानी बढाएको छ । सधैँजसो वन्यजन्तु मानव बस्तीमा प्रवेश गरी जनधनको क्षति पु¥याउन थालेपछि नवलपरासी पूर्वनवलपुरको सो नगरपालिकाले वन्यजन्तुको क्षति रोक्नका लागि विशेष पहल थालेको हो ।

चितवन राष्ट्रिय निकुञ्जअन्तर्गतको मध्यवर्ती क्षेत्र प्रभावित नगरपालिकाका सात वडाको झण्डै २० किलोमिटर क्षेत्रफलमा पर्खालसहितको मेसजाली लगाउने कामलाई नगरपालिकाले प्राथमिकतामा राखेर बजेट विनियोजन गर्दै आएको छ । सोहीअनुरुप अहिले पर्खालसहितको जाली लगाउने कामसमेत चलिरहेको छ । सधैँजसो बस्तीमा आउने वन्यजन्तुले नगरपालिकाअन्तर्गत पर्ने स्थानीय बासिन्दाका बालीनालीमा क्षति पुर्याउने, मान्छेलाई समेत आक्रमण गर्ने घटना हुने गरेका कारण सो रोक्नका लागि नगरपालिकाले प्राथमिकताका साथ कार्य गरिरहेको नगर प्रमुख चन्द्रकुमारी पुनले बताउनुभयो ।

नगरपालिकाले चालू आर्थिक वर्षमा मात्रै सात वडामा वन्यजन्तुको क्षति न्यूनीकरणका लागि रु सात करोड विनियोजन गरेको छ । सोही रकममध्येबाट हाल रु पाँच करोड ५० लाख बराबरको काम सञ्चालन भइरहेको नगर प्रमुख पुनले बताउनुभयो । तीन फिट अग्लो पर्खाल र पर्खालमाथि थप तीन फिट जाली लगाउने काम अहिले वन्यजन्तु प्रभावित क्षेत्रमा भइरहेको छ । नगरपालिकाअन्तर्गत मध्यवर्ती क्षेत्रसँग जोडिएका वडा ७, १०, ११, १२, १३, १५ र १७ वन्यजन्तुका कारण प्रभावित रहेका छन् । चितवन । यहाँका बासिन्दाले लगाएको बालीमात्र नभई आफ्नै ज्यानसमेत जोखिममा रहेको गुनासो गर्दै आएका कारण नगरपालिकाले विशेष पहल गरी वन्यजन्तुको क्षति रोक्न लागिपरेको नगर प्रमुख पुनले बताउनुभयो ।

गत वर्ष नगरपालिकाकै लागतमा झण्डै दुई किलोमिटर क्षेत्रफलमा पर्खालसहितको मेस जाली लगाउने काम सम्पन्न भएको छ । विगतका वर्षमा समेत नगरपालिकाले वन्यजन्तुको क्षति न्यूनीकरणका लागि बजेट विनियोजन गरी पर्खालसहितको मेसजाली राख्ने काम गरेको थियो । चालू आर्थिक वर्षमा भने नगरपालिकाले बजेट मात्र बढाएर काम गरिरहेको छ । अहिले करीब सात किलोमिटरको क्षेत्रफलमा पर्खालसहितको मेस जाली निर्माण गर्ने काम सकिने नगर प्रमुख पुनले बताउनुभयो ।

यस क्षेत्रमा मध्यवर्ती क्षेत्र र डिभिजन वनलेसमेत झण्डै पाँच किलोमिटर क्षेत्रमा पर्खाल सहितको मेस जाली निर्माण गरेका छन् । चालू आर्थिक वर्षसम्ममा करीब १४ किलोमिटर क्षेत्रफलमा पर्खाल बनाउने काम सकिने नगर उपप्रमुख पे्रमशङ्कर मर्दनिया थारुले बताउनुभयो । अब नगरपालिकाअन्तर्गत वन्यजन्तु प्रभावित क्षेत्रमा करीब छ किलोमिटर क्षेत्रमा पर्खाल लगाउने काम बाँकी रहने उहाँले बताउनुभयो । बाँकी रहेको क्षेत्रमा पनि आगामी आर्थिक वर्षमा बजेट विनियोजन गरी पर्खाल लगाउने काम गरिने उहाँले बताउनुभयो ।

यसअघि वन्यजन्तुलाई बस्ती प्रवेश गर्नबाट रोक्न काँडेतारसहित विद्युत् अर्थिङ लगाइएकामा त्यसलाई समेत नाँघेर, चुँडाएर वन्यजन्तु बस्तीमा आउन थालेपछि पर्खालसहितको मेस जाली निर्माण थालिएको उहाँले जानकारी दिनुभयो । सोको निर्माणपछि वन्यजन्तु बस्ती प्रवेश गर्न नसक्ने र मध्यवर्ती क्षेत्रका बासिन्दालाई राहत मिल्ने उपप्रमुख मर्दनिया थारुले बताउनुभयो । यस क्षेत्रमा निकुञ्जबाट बस्तीमा आउने बँदेल, मृग, गैँडा, बाघले वर्षेनी ठूलो मात्रमा अन्नबाली, चौपाया र मानिसमा समेत क्षति पुर्याउँदै आएका छन् ।