५ श्रावण २०८३, मंगलवार
,
Latest
भारतमा विपक्षी दलका नेता राहुल गान्धी पक्राउ बेल्गोरोदमा युक्रेनी ड्रोन आक्रमण, १० जनाको मृत्यु र ७९ घाइते उच्च अदालत सुर्खेत : जबरजस्तीकरणीका मुद्दाको सङ्ख्या उच्च नयाँ राजनीतिक समीकरण बन्न सक्ने सम्भावना : संयोजक दाहाल काठमाडौँ उपत्यकामा ट्राफिक दुर्घटना १९ प्रतिशतले घट्यो झापामा ७७ प्रतिशत धान रोपाइँ सम्पन्न ललितपुर महानगरपालिकामा एआई कलिङ सेवा सुरु मकवानपुरमा राहदानीको अनलाइन फारम इन्ट्री स्थगित प्याब्सनलगायत निजी विद्यालय संस्थाहरूको पहलपछि ३ प्रतिशत समता शिक्षा शुल्क फिर्ता, शिक्षा सुधारका एजेन्डामा मन्त्रालयसँग… हरेक कक्षाकोठामा सिर्जनशीलता: अङ्ग्रेजी भाषा शिक्षणको भविष्यबारे दक्षिण एसियाली क्षेत्रीय सम्मेलन हुँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

नयाँ कार्यसमितिलाई चुनौती दिएपछि कार्यबाहक सभापति खड्कालाई कारबाहीको तयारी



अ+ अ-

काठमाडौँ । नेपाली कांग्रेसको अनुशासन समितिले निवर्तमान कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई कारबाही गर्ने तयारी गरेको छ ।

पार्टीको विशेष महाधिवेशनबाट नयाँ कार्यसमिति चयन भएको भए पनि खड्काले अहिले पनि कार्यबाहक सभापतिको हैसियतमा विज्ञप्ति प्रकाशन गरिरहेको भन्दै पार्टीले कारबाही गर्न लागेको हो ।

कांग्रेस सभापति गगन कुमार थापाले हिजो नै कांग्रेसको अनुशासन समितिलाई यस विषयमा निर्देशन दिइसकेका बताइएको छ । सभापति थापाको सोही निर्देशन बमोजिम नै भोलि कांग्रेसको अनुशासन समितिको बैठक बस्न लागेको छ ।

सोही बैठकले खड्कालाई सबैभन्दा पहिला किन त्यसो गरेको हो भन्ने विषयमा स्पष्टिकरण लिने र त्यसपछि उनलाई अनुशासनको कारबाही गर्ने भएको हो ।

गत पुस २७ देखि ३० गतेसम्म आयोजित विशेष महाधिवेशनबाट चुनिएको गगन थापा नेतृत्वको केन्द्रीय कार्यसमितिलाई निर्वाचन आयोगले गत माघ २ गते आधिकारिकता दिएको थियो । त्यसपछि खड्कासहितका १४औँ महाधिवेशनबाट आएका पदाधिकारीहरू निवर्तमान भएका थिए ।

तर पनि आयोगको त्यो निर्णयविरुद्ध १४औँ महाधिवेशनबाट सभापतिमा निर्वाचित शेरबहादुर देउवा र नेता डा.शेखर कोइराला समूहले उक्त विशेष महाधिवेशन अवैध रहेको भन्दै दायर गरेको रिट सर्वोच्च अदालतमा विचाराधीन छ ।

त्यसैले सोही रिटको अन्तिम सुुनुवाई नहुँदासम्म आफूहरुको आधिकारिकता रहने भन्दै देउवा पक्षका कार्यबाहक सभापति खड्काले सो निर्णय गरेका हुन् ।

तर पनि कार्यबाहक सभापति दाबी गर्दै आएका खडका्ले भने विेशष महाधिवेशनबाट निर्वाचित कार्यसमितिलाई चुनौती दिएर विज्ञप्ति प्रकाशन गर्दै आएका छन् ।

खड्काले सोमबार पनि कार्यवाहक सभापतिको हैसियतमा पार्टीको लेटरप्याडमा विज्ञप्ति निकालेका थिए । त्यसपछि कांग्रेसले उठाएको प्रश्नमा उनले आफू नै आधिकारिक रहेको बताएका थिए ।