८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

शनिबार काठमाडौंका यी सडकमा सवारी चलाउन नपाइने, कहाँ-कहाँ कति समय ?



अ+ अ-

काठमाडौं । १३ औँ दक्षिण एसियाली खेलकुद (साग)का कारण उपत्यकामा
शनिबार विभिन्न रुटमा सवारी अवरुद्ध हुने भएको छ।

महानगरीय ट्राफिक प्रहरी महाशाखाका अनुसार शनिबार बिहान ७ बजेदेखि ११ बजेसम्म सागको म्याराथन दौड प्रतियोगिताका सञ्चालन हुने भएकाले टेकु-कालिमाटी-कलंकी-बल्खु-सातदोबाटो-कोटेश्वर-सल्लाघारी-सूर्यबिनायक हुँदै पुनः सल्लाघारी-कोटेश्वर-नयाँबानेश्वर-माइतीघर-सिंहदरबार-भद्रकाली-वीर अस्पताल-जमल-लौनचौर-उत्तर ढोका-नागपोखरी-जयनेपाल हल-संग्राहलय दक्षिण गेट-घण्टाघर-भद्रकाली-नागस्थान हुँदै रंगशालासम्म प्रतियोगिता हुने महानगरीय ट्राफिक प्रहरी महाशाखाले सूचनामा जानकारी दिएको छ।

अत्यावश्यक सवारीबाहेक अन्य सवारी नचलाउन ट्राफिलक प्रहरीले अनुरोध गरेको छ ।