१७ आश्विन २०८१, बिहीबार
,
Latest
एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता कोशीको बाढी: कसैलाई डर, कसैलाई अवसर रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

अलपत्र बालबालिकाको उद्धार र आर्थिक सहयोग



अ+ अ-

बाजुरा । बाजुराको स्वामीकार्तिक गाउँपालिका–१ साप्पाटमा आमाको मृत्युपछि अलपत्र बनेका दुई नाबालकलाई एसोएस बालग्राम धनगढीले लालनपालनसहित उद्धार गरेको छ । बच्चाको सहयोगका लागि सङ्कलित रकम बच्चाका बुबालाई हस्तान्तरण गरिएको छ ।

दुई बालक अलपत्र परेको समाचार विभिन्न सञ्चारमाध्यममा प्रकाशितपछि उद्धार गरिएको एसोएस बालग्राम धनगढीका प्रमुख पदम हमालले बताउनुभयो । आमा बच्ची ल्वारको गत साउनमा मृत्युपछि तीन वर्षको देवदत्त ल्वार र छ महिनाकी वसन्ती ल्वार बेसाहारा बनेका हुन् ।

बच्चाको दूध, लत्ताकपडा र खाद्यान्नका लागि सहयोग भन्दै देशभित्र र बाहिर बसेका नेपालीबाट सङ्कलन भएको रु ६६ हजार १५० प्रमुख जिल्ला अधिकारी गङ्गाप्रसाद न्यौपानेले बच्चाको बुबालाई हस्तान्तरण गरेको नेपाल पत्रकार महासङ्घ बाजुराका अध्यक्ष प्रकाश सिंहले जानकारी दिनुभयो ।

बालक र बालिका अलपत्र अवस्थामा परेको थाहा पाएपछि उद्धार गरेको एसोएस धनगढीले जनाएकोे छ । सञ्चारमाध्यममा अलपत्र बालबालिका समाचार प्रकाशित तथा प्रसारित भएको थाहा पाएपछि देशभित्र र बाहिरबाट पनि धेरथोर सहयोग जुटेको छ । सानै रकम भए पनि सहयोग गरेको अमेरिका बस्दै आउनुभएकी गङ्गा कोइरालाले बताउनुभयो ।

स्वामीकार्तिक गाउँपालिकाका अध्यक्ष चिरञ्जीवी शाहीले पनि ती नाकालकलाई रु २५ हजार सहयोग गरेको बताउनुभयो । सम्पत्तिको नाममा एउटा घरसमेत नभएको ल्वार परिवारलाई साना बालबच्चा हुर्काउन निकै मुस्किल भएको छ ।

यस्तै पछिल्लो समयमा निकै चिसो बढेसँगै सर्वसाधारणले बिहान र बेलुकी निकै सास्ती भोग्दै आएका छन् । एकैचोटी ह्वात्तै चिसो बढेकाले यहाँका बालबालिका, वृद्धवृद्धा बिरामी पर्न थालेका छन् ।

चिसोबाट बच्नका लागि यहाँस्थित बडीमालिका नगरपालिका–७ ढम्कनेस्थित सरस्वती आधारभूत विद्यालयका २०० विद्यार्थीलाई टोपी र मोजा वितरण गरिएको छ । बडीमालिका नगरपालिका–७ का वडाध्यक्ष धर्मराज पाध्यायको समन्वय र समाजसेवी दयाराम अग्रवालको सहयोगमा विद्यार्थीलाई चिसोबाट बच्नका लागि टोपी र मोजा वितरण गरिएको छ ।

अत्यधिक चिसोका कारण विद्यार्थीको पढाइमा बाधा नपुगोस् भन्ने उद्देश्यले विद्यार्थीलाई टोपी र मोजा सहयोग गरिएको वडाध्यक्ष पाध्यायले बताउनुभयो । चिसोकै कारण विद्यालयमा विद्यार्थी कममात्रामा विद्यालय आउने र आए पनि बीचैमा नपढेर घर फर्किने गरेकामा अहिले तातो कपडा पाएपछि विद्यार्थी नियमित आउन थालेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष रामबहादुर धाँमीले बताउनुभयो ।