२४ भाद्र २०८३, बुधबार
,
Latest
राष्ट्रपतिद्वारा भोटेकोशी बाढी प्रभावितको व्यवस्थापन र पुनर्निर्माण तीव्र बनाउन सरकारलाई आग्रह नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३ सदनमा प्रस्तुत नागरिकको आक्रोशलाई राज्यविरुद्धको प्रहार नठान्न रविको आग्रह हिमाल र हिमनदी निगरानीलाई राष्ट्रिय प्राथमिकता बनाउन सांसद राणाको माग साइबर बुलिङ गर्ने रास्वपा सदस्यलाई साधारण सदस्यबाटै हटाइने लामिछानेको चेतावनी भोटेकोसी बाढीका मृतकलाई ‘जलवायु अन्यायपीडित’ भन्दै न्यायका लागि पहल गर्ने लामिछानेको प्रतिबद्धता विपत्तिमा खिचातानी छाडेर राष्ट्रिय एकतामा जुट्न लामिछानेको आह्वान बाढी प्रतिकार्यमा सरकारको कामप्रति रवि लामिछाने सन्तुष्ट, भने– ‘प्रश्न गर्ने ठाउँ देखिनँ’ भोटेकोशी बाढीमा जलविद्युत् कर्मचारी उद्धार प्रभावकारी बनाउन सरकारसँग ठगुन्नाको आग्रह जेन–जीले परिकल्पना गरेको समाज निर्माण गर्न सक्यौँ कि सकेनौँ, गम्भीर समीक्षा गरौँ : अर्जुननरसिंह केसी
तपाईं के खोज्दै हुनुहुन्छ ?

कृषिमा सरकारी रकम दुरुपयोग



अ+ अ-

गुल्मी । गुल्मीमा एक आयोजनाको काम सम्पन्न नभईकनै भुक्तानी गरिएको पाइएको छ । जिल्लाको छत्रकोट गाउँपालिका–५ स्थित ढुङ्गेदेउराली वागवानी उपभोक्ता समूहलाई पूरा काम नै नगरी भुक्तानी गरेको पाइएको हो ।

ढुङ्गेधारामा कागती खेतीका लागि आव २०७५/७६ मा ५ नं प्रदेशको भूमि, व्यवस्था तथा कृषि मन्त्रालयद्वारा कागती खेतीका लागि रु १३ लाख ३२ हजार ६५० र गाउँपालिकाबाट रु दुई लाख ३४ हजार ७७६ गरी कुल रु १५ लाख ५६ हजार ४२६ विनियोजन भएको थियो । त्यसरी विनियोजन गरिएको बजेटको २०७६ असार मसान्तभित्र सबै काम सकिसक्नुपर्ने हो । तर मन्त्रालय र गाउँपालिकाले आयोजनाको कामको अनुगमन र मूल्याङ्कनसमेत नगरी नक्कली कागजपत्र बनाएर काम पूरा नभएको योजनाको भुक्तानी दिएको प्रमाणित भएको छ ।

उक्त आयोजनाको आर्थिक वर्ष सकिएको पाँच महिना सकिसक्दा पनि सम्झौताअनुसारको काम भने हुन सकेको छैन । अहिले कागती खेतीका लागि भन्दै ढुङ्गेधाराको खाली जमीनमा खाल्डा पारिएको छ । शुरुको चरणमा २५० कागतीका बिरुवा रोपे पनि अहिले केही मात्र जीवित छन् । बिरुवाका लागि अपनाउनुपर्ने कुनै पनि संरक्षणको उपाय नअपनाउँदा रोपेका बिरुवासमेत मर्न थालेका छन् भने कतिपय बिरुवा गाईवस्तुले खाएका छन् । अहिले जीवित र मरेका बिरुवाका सङ्ख्याबारे उपभोक्ता समिति पनि अनभिज्ञ छ ।

वागवानी समितिका सचिव चुराबहादुर कुँवरले आयोजनामा आएको बजेटको स्रोत नै आफूलाई थाहा नभएको बताउनुभयो । “गाउँपालिका र प्रदेश सरकारले रु १५ लाख दिएको हो भन्ने सुनिन्छ, वास्तविकता कसैले भन्दैनन्”, उहाँले भन्नुभयो, “सबै काम समितिका अध्यक्षले गर्नुहुन्छ, हामीलाई पत्तै हुँदैन ।”
उपभोक्ता समितिका अध्यक्ष विष्णु पौडेलले प्रदेश र गाउँपालिकाबाट विनियोजित रकम सबै भुक्तानी लिएको बताउनुभयो । थोरै काम बाँकी भए पनि धेरै काम पूर्ण गरिएको उहाँले बताउनुभयो । अहिले पनि समितिको खातामा रु एक लाखभन्दा बढी रकम बचत रहेको र आफूले समितिका सबै पदाधिकारीसँग समन्वय गरेर काम गरेको उहाँको भनाइ छ ।

गाउँपालिकाका अध्यक्ष मधुकृष्ण पन्तले काम सम्पन्न भएपछि नै भुक्तानी हुनुपर्ने बताउनुभयो । उपभोक्ता समिति गठन भइसकेपछि त्यसले गरेको काम अनुगमन समिति र मूल्याङ्कन समितिले निरीक्षण गरिसकेपछि मात्र भुक्तानी हुनुपर्नेमा आफू सहमत रहेको उहाँले प्रतिक्रिया दिनुभयो । वागवानीमा भएको अनियमितताबारे पनि आफ्नो ध्यानाकर्षण भएको उहाँको भनाइ छ ।

यस्तै ढुङ्गेधाराको माथि देउरालीमा एउटा सिमेन्ट पोखरी निर्माण गरिएको छ । जहाँबाट कागती खेतीका लागि आवश्यक सिँचाइ हुनेछ । तर अचम्मको कुरा के छ भने पोखरीमा पनि दुईपटक तारबार गरिएको छ । शुरुमा पोखरीभन्दा करिब एक मिटरको दूरीमा पोखरी वरिवरि काँडेतार लगाइयो । तर पछि मदिरा सेवन गरेका युवाले भाँचेको भन्दै पहिलेको भन्दा केही नजीकबाट पोखरीलाई तारबार गर्न थालिएको छ । पछिल्लो पटक तारबार गर्दा लाग्ने खर्च कारवाहीमा परेका युवाले दिने सहमति भए पनि बालबच्चालाई भने दुर्घटनाको जोखिम बढेको छ ।