१७ आश्विन २०८१, बिहीबार
,
Latest
एशिया रग्बी सेभेन्स ट्रफीमा सुखद् प्रदर्शन गर्ने नेपालको लक्ष्य के एआईले कुनै दिन नोबेल पुरस्कार जित्नेछ ? हेटौँडा–काठमाडौँ जोड्ने खण्डअन्तर्गतका अवरुद्ध सडक सञ्चालन गर्न पहिरो पन्छाइँदै बङ्गलादेशसँग बिजुली निर्यात सम्बन्धी सम्झौतामा हस्ताक्षर एसएस फाउण्डेशनद्वारा चणिकलाल तामाङलाई सम्मान पशुपतिनाथको स्वामित्वमा रहेको धर्मशाला २१ वर्षपछि फिर्ता कोशीको बाढी: कसैलाई डर, कसैलाई अवसर रात्रीकालिन बसलाई नरोक्नेमाथि कारबाहीको प्रक्रिया अगाडी बढेको छ: मन्त्री दाहाल दशैँ अगाडी विपी राजमार्ग खुल्दैन: भौतिक मन्त्रालय नेपाललाई तहसनहस बनाएपछि भारतको बिहार बाढीको चपेटामा
तपाईं के खोज्दै हुनुहुन्छ ?

निजगढको रुख कटानबारे कुनै निर्णय नलिन सर्वोच्चको आदेश



अ+ अ-

काठमाडौं । सर्वोच्च अदालतले निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा रुख कटानबारे कुनै निर्णय नलिन अन्तरिम आदेश दिएको छ । शुक्रबार न्यायाधीश टंकबहादुर मोक्तानको एकल इजलासले अर्को निर्णय नआएसम्म रुख कटानबारे कुनै पनि निर्णय नलिन आदेश दिएको हो ।

बन विज्ञहरु द्वारिका ढुंगेल, तारा सापकोटा, कृष्णप्रसाद भण्डारी लगायत ९ जनाले १६ मंसीरमा सर्वोच्चमा रीट दर्ता गरेका थिए ।

उक्त रीटको सुनुवाई गर्दै न्यायाधीश मोक्तानको इजलासले यसबारे दुवै पक्षलाई छलफलका लागि बोलाएको छ ।

२९ मंसीरमा दुवै पक्षलाई छलफलका लागि बोलाइएको छ । निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणका क्रममा ठूलो संख्यामा रुख कटान हुन लागेको भन्दै सर्वोच्चमा रीट दायर भएको थियो ।