१३ श्रावण २०८३, बुधबार
,
Latest
सांस्कृतिक पर्यटन प्रवर्द्धन गर्न पर्यटन बोर्ड र सांस्कृतिक संस्थानबीच सम्झौता संवेदनशील मुद्दाको प्रत्यक्ष प्रसारण नगर्न आदेश चीनलाई लक्षित गर्दै अमेरिकाद्वारा ह्युमनोइड रोबोट आयातमा प्रतिबन्ध फुटवेयर क्षेत्रमा सीपयुक्त जनशक्ति र रोजगारी सिर्जनाका लागि श्रममन्त्री यादवको पहल अत्यावश्यक परेमा मात्र राहदानीका लागि आवेदन दिन विभागको अनुरोध लुम्बिनी प्रदेशमा ८ मन्त्रालय कायम अमेरिका–इरानबीच पुनः शत्रुतापूर्ण गतिविधि सुरु सरकार र नेपाल चिकित्सक सङ्घबीच सहमति, स्वास्थ्य सेवा सञ्चालन जापानमा जापानी नागरिक घट्दै, विदेशी बढ्दै रास्वपा बैठक: बालेन शाह वरिष्ठ नेतामा मनोनीत, सचिवालयका को को ?
तपाईं के खोज्दै हुनुहुन्छ ?

फुटसल कपको उपाधि बैंकर्स क्लबलाई



अ+ अ-

सुदूरपश्चिम। नयाँ वर्षको अवसरमा धनगढीमा आयोजित ‘सन्तति आइभिएफ फ्ल्याटल्याण्ड फुटसल कप’ को उपाधि बैंकर्स क्लब धनगढीले जितेको छ ।

फ्ल्याटल्याण्ड फुटसलको आयोजनामा भएको मैत्रीपूर्ण अन्तर–संस्था फुटसल प्रतियोगिताको आज सम्पन्न फाइनलमा फारवेष्ट पशुपति युवा क्लबलाई पराजित गर्दै बैंकर्स क्बल धनगढी च्याम्पियन भएको हो ।  धनगढीको फ्ल्याटल्याण्ड फुटसलमा भएको फाइनल खेलमा बैंकर्स क्लबले फारवेष्ट पशुपतिलाई २–१ गोलले पराजित गरेको हो ।

बैंकर्स क्लबले उपाधिसँगै २२ हजार रुपैयाँसहित ट्रफी र मेडल प्राप्त गरेको छ । उपविजेता फारवेष्ट पशुपतिले १२ हजार रुपैयाँसहित ट्रफी र मेडलमा चित्त बुझाएको छ ।

प्रतियोगिताको समापन समारोहमा सन्तती आइभिएफ सेन्टरका अध्यक्ष जनक चन्द, नेपाली युवा उद्यमी मञ्च कैलालीका अध्यक्ष अच्युत दाहाल, अरवान भट्टीका सञ्चालक इञ्जिनियर राजन रानालगायतले पुरस्कार वितरण गरेका थिए ।  रासस