८ पुष २०८२, मंगलवार
,
Latest
जेनजी आन्दोलनको मर्मअनुसार सबै निर्वाचनमा सहभागी होऔँ: संरक्षक चौधरी यात्रुलाई अमर्यादित व्यवहार गर्ने ट्याक्सी र चालकलाई विमानस्थलमा प्रवेशमा रोक कोलम्बियामा अपहरण गरिएका १८ सैनिक रिहा गृहमन्त्री अर्यालद्वारा भेरी बबई डाइभर्सन बहुउद्देश्यीय आयोजनाको निरीक्षण आगलागीमा करिब तीन लाख क्षति, एक महिला घाइते वन तथा सडक क्षेत्र अतिक्रमण गरी बनाइएका घरटहरा भत्काइयो प्रदेश राजधानी सुन्दर र सुरक्षित बनाउन उद्योग वाणिज्य सङ्घको आग्रह श्रीकृष्ण माविलाई चौथो पटक राष्ट्रपति रनिङ शिल्ड सुनचाँदी पसले नै सुन चोरीमा संलग्न भएपछि… मुख्यमन्त्री कार्कीद्वारा म्याङलुङ बसपार्क र मेयङलुङ कृषि शीतभण्डार उद्घाटन
तपाईं के खोज्दै हुनुहुन्छ ?

सिद्धबाबा थप ७ दिन प्रहरीको हिरासतमै रहने



अ+ अ-

विराटनगर । बलात्कारको आरोपमा पक्राउ परेका सिद्धबाबा भनिने कृष्णबहादुर गिरीलाई अदालतले ७ दिन प्रहरी हिरासतमै राख्न आदेश दिएको छ ।

शुक्रबार सिद्धबाबालाई सुनसरी प्रहरीले अनुसन्धान नसकिएको भन्दै म्याद थपको माग गर्दै उनलाई जिल्ला अदालत उपस्थित गराएपछि अदालतले ७ दिन म्याद थप गरेको हो ।

प्रहरीले यसअघि ४ दिनको म्याद थप गराइ अनुसन्धान गरेको थियो ।

आफ्नै अनुयायीमाथि बलात्कार प्रयास गरेको उजुरीपछि प्रहरीले उनलाई गत मंसिर १६ गते विराट नर्सिङ होमको आईसीयूबाटै पक्राउ गरेको थियो ।