९ भाद्र २०८३, मंगलवार
,
Latest
आहा, यस्तो पो झरना ! मलेसियाविरुद्ध नेपाललाई फिल्डिङको निम्तो मधेस प्रदेश : गत आवमा ८२१ उद्योग बन्द टाइफुन नाराका कारण दक्षिण चीनमा भीषण बाढीः करिव ४ हजार नागरिक सुरक्षित स्थानमा सारिए लाल सागरमा साउदी तेल ट्याङ्कर र सैन्य बलमाथि हुथी समूहद्वारा आक्रमणको दाबी पूर्वी प्रशान्त क्षेत्रमा अमेरिकी सेनाको कारबाहीः लागुऔषध तस्करीमा संलग्न रहेको आशङ्का गरिएको डुङ्गामाथि आक्रमण, दुई… राप्ती आँखा अस्पतालमा एक वर्षमा १४ हजार जनाको मोतियाविन्दुको शल्यक्रिया खर्च गर्न नसकिने बजेट किन बनाउँछन् स्थानीय तह ? पोखरा बसपार्कका ३२५ परिवार भूमिहीन, बस्ती स्थानान्तरण अर्काे हप्ता भरतपुरको गेस्ट हाउस चौरमा ‘सहिद मैदान’ बनाइँदै
तपाईं के खोज्दै हुनुहुन्छ ?

सुनको मूल्य लगातार ओरालो लाग्दै, आज कतिमा भइरहेको छ कारोबार



अ+ अ-

काठमाडौंं । पछिल्लो तीन दिनयता नेपाली बजारमा सुनको मूल्यमा लगातार गिरावट भइरहेको छ । बुधबार र बिहीबार लगातार ओरालो लागेको सुनको मूल्य साताको अन्तिम दिन आज पनि प्रतितोला रु ३०० ले गिरावट भएको हो । नेपाल सुनचाँदी व्यवसायी महासङ्घले आज छापावाला सुनको मूल्य प्रतितोला रु ७१ हजार ७०० तोकेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला रु ७२ हजारमा खरिदबिक्री भएको थियो । यस्तै तेजाबी सुनको मूल्य प्रतितोला रु ७१ हजार ४०० निर्धारण गरिएको छ । बिहीबार तेजाबी सुन प्रतितोला रु ७१ हजार ७०० मा कारोबार भएको थियो । सुनको मूल्य घटे पनि चाँदीको मूल्य भने यथावत् रहेको छ । शुक्रबार चाँदी प्रतितोला रु ८५० मा खरिदबिक्री भइरहेको महासङ्घले जनाएको छ ।