२३ जेष्ठ २०८३, शनिबार
,
Latest
रसुवागढी भन्सार प्रकरण: रसुवागढी नाकाका प्रमुखसहित ९ कर्मचारी तानिए भन्सार विभाग सभामुख अर्यालसहित उच्चस्तरीय प्रतिनिधिमण्डलद्वारा सुदूरपश्चिमका धार्मिक तथा आर्थिक क्षेत्रहरूको अवलोकन परम्परागत बजेटले मात्र समृद्धि सम्भव छैन, नयाँ वित्तीय मोडेलबाट पूर्वाधार विकास गर्छौंः सांसद अधिकारी कोलम्बियाको मध्य क्षेत्रमा रहेको कोइला खानीमा विस्फोट हुँदा ७ जनाको मृत्यु होल्डिङ सेन्टरका सुकुमवासीलाई नियमित स्वास्थ्य परीक्षण र उपचार सेवा सिमित समूहले स्रोत कब्जा गर्ने प्रवृत्तिलाई सरकारले अन्त्य गर्न खोज्नु सकारात्मकः उद्योगपति चौधरी उच्च प्रतिफल दिने योजनामा बढी स्रोत केन्द्रित गर्नुपर्नेमा बजेटले पर्याप्त ध्यान दिन सकेनः पूर्वअर्थमन्त्री पाण्डे औषधि अभाव अन्त्य र गुणस्तर सुधारमा सरकारको जोड संस्थागत कब्जा तोड्यौँ, अब सुशासन र डिजिटलीकरणमा क्रान्तिकारी सुधार गर्छौंः अर्थमन्त्री वाग्ले बजेटमा स्रोत सुनिश्चित छैन, ७ प्रतिशत आर्थिक वृद्धि असम्भवः पूर्वअर्थमन्त्री महत
तपाईं के खोज्दै हुनुहुन्छ ?

मुलुकमा फेरि आन्दोलन नहुने गरी काम गरिनुपर्नेमा स्रष्टाहरूको जोड



अ+ अ-

काठमाडौँ। नेपाल प्रज्ञा प्रतिष्ठानका पूर्वकुलपति साहित्यकार बैरागी काइँलालगायत लोकतान्त्रिक जनआन्दोलनमा अग्रणी भूमिका निर्वाह गरेका स्रष्टाहरूले मुलुकमा फेरि आन्दोलन नहुने गरी काम गरिनुपर्नेमा जोड दिनुभएको छ ।

‘स्रष्टा चैत ३०’ द्वारा आयोजित ‘आन्दोलन, रूपान्तरण र सिर्जनात्मक हस्ताक्षेप’ विषयक विमर्श कार्यक्रममा आज उहाँहरूले राजनीतिक परिवर्तनका लागि भएका आन्दोलनदेखि पछिल्लो आन्दोलनसम्म साहित्यकारहरूको कुनै न कुनै रूपमा भूमिका रहेको उल्लेख गर्दै अब मुलुकले स्थिरता र विकास हासिल गर्नुपर्नेमा जोड दिनुभयो ।

पूर्वकुलपति काइँलाले परिवर्तनका लागि आन्दोलित हुन सफल रहे पनि परिवर्तनपछि स्रष्टाहरूको दुरावस्था भएको उल्लेख गर्दै मुलुकले पनि सोचेजस्तो काँचुली फेर्न नसकेकाले पछिल्लो जेनजी आन्दोलन भएको टिप्पणी गर्नुभयो । उहाँले राजनीतिक परिवर्तन भए पनि समाजको सांस्कृतिक र आन्तरिक संरचनामा परिवर्तन भई जनता समृद्ध हुनुपर्ने बताउनुभयो ।

वरिष्ठ साहित्यकार डा तुल्सीप्रसाद भट्टराईले आम नागरिकमा समस्या पहिचान गरेर सृजनामा लाग्न स्रष्टाहरूले उत्तिकै सक्रियता देखाउनुपर्ने बताउनुभयो । कार्यक्रममा प्रा डा रमेशप्रसाद भट्टराई, कृष्ण धरावासी र हंसावती कुर्मीले साहित्यिक आन्दोलनको ऐतिहासिक पक्ष केलाउँदै राजनीतिक दल र सत्तामा पुग्ने शक्तिले जनताका मुद्दालाई छाडेमा साहित्यिक क्षेत्रले निरन्तर खबरदारी गर्नुपर्ने बताउनुभयो ।

आयोजक ‘स्रष्टा चैत्र ३०’ अध्यक्ष मनोज न्यौपानेले नागरिक स्वतन्त्रता र अभिव्यक्ति स्वतन्त्रताका लागि स्रष्टाहरूले निरन्तर खबरदारी गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

लोकतान्त्रिक जनआन्दोलनका क्रममा विसं २०६२ चैत ३० गते गुरुकुल (आरोहण) बाट स्रष्टाहरूले ‘कफ्र्यु’ तोडेर निकालेको जुलुस पुरानो बानेश्वर चोक पुगी साहित्यिक कार्यक्रम गरिरहेको अवस्थामा तत्कालीन सरकारले दमन गरेको दिनको स्मरण गर्दै स्रष्टा सम्मान, आन्दोलनको अभिलेखीकरण, बौद्धिक बहसलगायत विविध कार्यक्रम गर्दै आइएको त्यस अवसरमा जानकारी दिइयो । रासस




भर्खरै