२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

काँग्रेस–एमाले सांसदको मागः प्रधानमन्त्री र मन्त्रीहरुको सम्पतीको आयस्रोत तत्काल सार्वजनिक गरियोस्



अ+ अ-

काठमाडौँ। प्रतिपक्ष दल नेपाली काँग्रेस र नेकपा एमालेका सांसदहरुले वर्तमान सरकारका प्रधानमन्त्री र मन्त्रीहरुको सम्पतीको आयस्रोत तत्काल सार्वजनिक गर्न माग गर्नुभएको छ ।

सोमवार राष्ट्रिय सभा अन्तर्गतको सार्वजनिक नीति तथा प्रत्योजित विधायन समितिको बैठकमा बोल्दै काँग्रेस सांसद रञ्जित कर्णले सरकारका मन्त्रीहरुले सार्वजनिक गरेको सम्पतीको आयस्रोतमाथि प्रश्न उठाउँदै त्यसको तत्काल जवाफ दिनुपर्ने बताउनु भयो ।

उहाँले सरकारका प्रधानमन्त्री र मन्त्रीहरुले आफनो सम्पत्तिको आयस्रोत भने मात्रै वर्तमान सरकारले सुशासनको क्षेत्रमा केही काम गर्न सक्ने कुराको विश्वास आम जनतालाई हुने धारणा समेत राख्नुभयो ।

उहाँले भन्नुभयो, ‘यो सरकारका मन्त्रीजीहरुले जुन अहिले सम्पत्तिहरु जुन सार्वजनिक गर्नुभएको छ । त्यसको आय स्रोत के हो ? त्यो जनतालाई वैधानिक हिसावले क्लियरकट हिसावले जानकारी गराउन जरुरी छ । तब मात्रै उहाँहरुले जुन सम्पती शुद्धिकरण थाल्नुभएको छ । त्यो अभियानमा बल्ल हाम्रो विश्वास हुन सक्दछ ।

यो मेरो मात्रै कुरा होइन, सम्पूर्ण जनताले सोधिरहेको अवस्था छ । होला मलाई उहाँहरुको सम्पत्तिमाथि कुनै प्रतिशोध छैन । टयाक्स फियर मनी नै होला । जनताले त्यो आयको स्रोत खोजिरहेको छ । नेपाली काँग्रेसले त २०४६ सालदेखि अहिलेसम्मका सम्पूर्ण राजनेताहरु, नेताहरु, मन्त्री भइसकेकाहरु, कर्मचारी भईसकेकाहरु प्त्रकारहरु वा व्यवसायीहरुको सम्पूर्णको सम्पत्ति सुद्धिकरण हुनै पर्दछ ।’

सांसद कर्णले आफ्नो पार्टीले २०४६ सालयता सार्वजनिक पदधारणा गरेका नेता, कर्मचारी, व्यवसायीलगायतका सबैको सम्पती छानविन गर्न पनि सरकारलाई दवाव दिनुभयो ।

एमाले सांसद सोमनाथ पोर्तेलले सरकारको आवाज फेसबुक र पत्रपत्रिकाबाट मात्रै सुन्नुपर्ने विडम्बनापूर्ण अवस्था आएको भन्दै सरकारप्रति आक्रोश व्यक्त गर्नुभयो । वर्तमान सरकारले संसदमा समेत नबोलेको उल्लेख गर्दै उहाँले डुंगो बोल्ला तर सरकारका मन्त्रीहरु नबोलेको कटाक्ष गर्नुभयो ।

सांसद पोर्तेलले भन्नुभयो,‘सदन हामीले करिव हप्ता दिन चलायौ होला । ढुंगो बोल्ला तर हाम्रा मन्त्रीजीहरु बोल्नु भएन, सरकार बोलेन । बरु ढुंगो बोल्थ्यो होला । सरकारको आवाज सुुनिएन । सरकार सदनमा आएर बोल्दैन भनेपछि सरकार आश्वासन त पत्रिका र फेसबुकको पेजमा पढनुपर्ने भयो ।

अव सरकारले के आश्वासन दिएको छ र हामीले त्यसको कार्यान्वयनको अवस्था हेर्ने हो भन्ने कुराको प्रश्न जन्मिएको छ । तिमीले के आश्वासन दिएका छौ जनतालाई भन्ने कुरा चाँही हामीले समितिमा बोलाएर मन्त्रीजीहरुसँग छलफल गर्नुपर्छ होला भन्ने मलाई लागेको छ ।

सरकार गठन भएको १७ दिन वित्दा संसदको निर्माण गरेको कानूनको ठाडो उल्लंघन हुन थालेको हामीले सुन्छौँ ।’ सांसद पोर्तेलले सरकारले संविधान र कानूनको ठाडो उलंघन गरिरहेको आरोप समेत लगाउनु भयो । –न्युज एजेन्सी नेपाल