२८ जेष्ठ २०८३, बिहीबार
,
Latest
स्वास्थ्य मन्त्रालयद्वारा क्यान्सरको औषधिसहज उपलब्ध बिरामीलाई गराउने फोहर पानी नदी तथा खोलामा विसर्जन नगर्न निर्देशन कर्णाली मन्त्रिपरिषद्ः छ निर्देशनालय र तीन प्रशिक्षण केन्द्रको पुनःसंरचना गर्दै रास्वपा बागमती प्रदेश अधिवेशनः जेठ ३० गते मतदान इरानको रोक्का रकम युद्ध प्रभावित खाडीको पुनः निर्माणमा प्रयोग गरिने जसपा नेपालले १० जिल्लामा अगुवा कार्यकर्ता भेला गर्ने बैंकिङ कसुर मुद्दाका फरार प्रतिवादी पक्राउ अध्ययन भिसा सिफारिसमा अनियमितताबारे छानबिन र कारबाही अघि बढाउन गृहलाई पत्राचार मन्त्री चौधरीसँग महानिर्देशक वाङ्चुकको शिष्टाचार भेट अनुमतिबिना ठुलो पर्दामा विश्वकपको खेल देखाउन प्रशासनले रोक लगायो
तपाईं के खोज्दै हुनुहुन्छ ?

प्रतिबन्धित क्षेत्रबाट ल्याइएका चार हजार बढी चल्ला नष्ट



अ+ अ-

सङ्खुवासभा। प्रतिबन्धित क्षेत्रबाट यहाँ ल्याइएका चार हजार बढी ब्रोइलर कुखुराका चल्ला नष्ट गरिएको छ ।

बर्डफ्लु सङ्क्रमित क्षेत्र मोरङबाट ल्याइएका चल्ला नष्ट गरिएको हो । कोशी प्रदेशका १४ जिल्लामध्ये झापा, मोरङ र सुनसरीमा बर्डफ्लुको सङ्क्रमण फैलिएको छ ।

भेटेरिनरी अस्पताल तथा पशु सेवा विज्ञ केन्द्रका प्रमुख हिमालय पोख्रेलका अनुसार चार हजार १०० चल्ला नियन्त्रणमा लिएर नष्ट गरिएको हो ।

बर्डफ्लु रोग नियन्त्रण समितिका संयोजक निमित्त प्रमुख जिल्ला अधिकारी घाङरी लामा संयोजकत्वको बैठकले बर्डफ्लु सङ्क्रमित क्षेत्र मोरङबाट ल्याइएका चल्ला नष्ट गर्ने निर्णय गरेको थियो ।

अनुमतिबिना प्रतिबन्धित क्षेत्रबाट ल्याइएका कारण स्वास्थ्य जोखिमलाई ध्यानमा राख्दै नष्ट गरिएको पशु सेवा विज्ञ केन्द्र प्रमुख पोख्रेलले बताउनुभयो । मोरङको बुढीगङ्गास्थित भिजु पोल्ट्री फर्म प्रालिबाट ल्याइएका तीन लाख रुपैयाँ बढीको चल्ला नष्ट गरिएको उहाँको भनाइ छ ।

रोग सङ्क्रमण फैलिन सक्ने सम्भावनालाई मध्यनजर गर्दै यस्तो कदम चालिएको हो । सम्बन्धित निकायले अवैध रूपमा पशुपन्छी ओसारपसार नगर्न चेतावनी दिँदै नियम उल्लङ्घन गर्नेहरूमाथि कडा कारबाही गरिने जनाइएको छ ।रासस