६ श्रावण २०८३, बुधबार
,
Latest
पहिरोले आठ सडक प्रभावित, बिपी र कान्तिलोकपथमा राति सवारी चलाउन नपाइने बीपी स्मृति दिवसमा कांग्रेसद्वारा ग्रीन रन प्रतियोगिता, कल्याण कोषको घोषणा ‘सरकार र प्रतिपक्ष दुवै ब्रेक विनाको दौडमा’: सभापति थापा संरचना हटाउन बिर्तामोड नगरपालिकाको पुनः ताकेता ‘आरसीओडी’को म्याद थप्न ऊर्जामन्त्री बोलाए बैठक सवारी चालक अनुमतिपत्रको छपाई तथा वितरण प्रदेशबाटै हुनेगरी तयारी गरिँदै जलवायु जनचेतना जगाउन कांग्रेसको ‘ग्रीन रन’- फोटो फिचर यस्तो छ आजका लागि कृषिउपजको थोक मूल्य अण्डाको मूल्य बढ्यो, अझै किसानले लागत मूल्य पाएनन् मेची भन्सारद्वारा १७ अर्ब ६७ करोड राजस्व सङ्कलन
तपाईं के खोज्दै हुनुहुन्छ ?

स्वास्थ्यमन्त्री मेहतासँग नेपालका लागि जापानका राजदूत मायदा तोरूको शिष्टाचार भेट



अ+ अ-

काठमाडौँ। स्वास्थ्य, जनसङ्ख्या तथा खानेपानीमन्त्री निशा मेहतासँग नेपालका लागि जापानका राजदूत मायदा तोरूले शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।

सिंहदरबारस्थित मन्त्रालयमा उहाँहरूबीच आज दुई देशबीचको स्वास्थ्य क्षेत्रको साझेदारीलाई थप दिगो र प्रभावकारी बनाउने विषयमा भेटवार्ता भएको मन्त्रालयका सहप्रवक्ता डा समिरकुमार अधिकारीले जानकारी दिनुभयो । उहाँका अनुसार भेटमा स्वास्थ्य सेवाको आधुनिकीकरणका विषयमा पनि गहन छलफल भएको जनाइएको छ ।

भेटमा मन्त्री मेहताले नेपालको सामाजिक, आर्थिक विकासमा जापानले पुर्याउँदै आएको निरन्तर सहयोगको सराहना गर्दै आगामी दिनमा द्विपक्षीय हितका क्षेत्रमा थप सहकार्य गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको मन्त्रालयमा सहप्रवक्ता डा अधिकारीले जानकारी दिनुभयो । रासस