३ भाद्र २०८३, बुधबार
,
Latest
मजपोक–नेटा–अर्मन–किमचौर–ताराखोला सडक: स्तोन्नती गर्न पाँच करोड सुनिश्चित राहुपारेको अस्थायी बस्ती र संरचना हटाइयो यस्तो छ आजको लागि विदेशी मुद्राको विनिमय दर कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका एकदुई स्थानमा भारी वर्षाको सम्भावना नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंकबीच कर्जासम्बन्धी समझदारीपत्रमा हस्ताक्षर सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै बर्डफ्लू सङ्क्रमण : काभ्रेमा ९० हजार पन्क्षी नष्ट प्रशिक्षार्थी तथा आवासीय चिकित्सकहरूको निर्वाह भत्ता र व्यावसायिक दक्षतालगायत विषयमा छलफल खोलाले बगाएका चारमध्ये दुई बालिका अझै बेपत्ता लागुऔषधसहित दुई जना पक्राउ
तपाईं के खोज्दै हुनुहुन्छ ?

१३औं ‘साग’मा नेपाल दोस्रो स्थानमा, अहिलेसम्म ४० स्वर्ण जित्न सफल



अ+ अ-

काठमाडौं । १३औं दक्षिण एसियाली खेलकुद (साग)मा नेपालले ४० ओटा स्वर्णपदक जितेको छ । पदकतालिकामा अहिलेसम्म नेपाल दोस्रो स्थानमा यथावत् रहेको छ ।

नेपालले शुक्रबारमात्रै गल्फमा दुई तथा एथ्लेटिक्स र भारोत्तोलनमा एकरएक स्वर्णपदक जितिसकेको छ ।

पदकतालिकाको शिर्ष स्थानमा ६७ स्वर्णसहित भारत रहँदा तेस्रो स्थानको श्रीलंकाको २३, चौथो स्थानको पाकिस्तानको १९, पाँचौं स्थानको बंगलादेशको ४, छैटौं स्थानको माल्दिभ्सको एक स्वर्णपदक छ । अन्तीममा रहेको भुटान भने ६ कास्यपदकमात्रै चित्त बुझाएको छ ।

नेपालले अहिलेसम्मका साग संस्करणमा जितेको कुल स्वर्णको संख्या १११ पुगेको छ । १२औं सागसम्म नेपालले ७१ स्वर्णपदक जितेको थियो ।