१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

महाबिर पुन सम्मानित , राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग

महाबिर पुन सम्मानित , राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग
अ अ+ अ-

काठमाडौं । ताररहित प्रविधिद्वारा देशको ग्रामीण क्षेत्रमा सूचना प्रवाह गरी सामाजिक उत्थानमा विशेष योगदान पुर्याएको भन्दै चर्चित विकास अभियन्ता महाबिर पुनलाई सम्मान गरिएको छ ।

काठमाण्डौको स्वयम्भूमा रहेको दि एक्सेल्सियर स्कुलले नगद ५० हजार रुपैयाँ सहित पुनलाई सम्मान गरेको हो । पुनले हालै सञ्चालनमा ल्याएको राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग पुगोस् भन्ने उद्देश्यले स्कूलमा तीन कक्षामा अध्ययनरत विद्यार्थीहरुले विद्यालय हाताभित्र सञ्चालन गरेको एक दिने बजारबाट संकलित रकममा केही थप गरी एक कार्यक्रमबीच पुनलाई हस्तान्तरण गरिएको हो । साना भाइबहिनीको खाजा खर्च जोगाएर आफ्नो आविष्कार केन्द्रलाई सहयोग गरेको भन्दै पुनले प्रविधिको विकास गरी उद्यमी बनी नयाँ उद्यम गर्न प्रेरणा दिनुभयो ।

तीन कक्षामा विद्यार्थीहरुबाट रकम लिँदै उहाँले विद्यालय तहदेखि नै विद्यार्थीहरुलाई स्वाबलम्बी बन्न नयाँ नयाँ प्रविधिको सृजना गर्न राज्यले प्रेरित गर्नुपर्ने सुझाव दिनुभयो । उहाँले भन्नुभयो, शिक्षक नागरिक स्वदेशका लागि नै उत्पादन गरौं कति विदेशका लागि सक्षम नागरिक बनाएर पठाइरहने ? कार्यक्रममा विद्यालयका प्रबन्ध निर्देशक राम बस्नेत , अध्यक्ष शीतल राणा, प्रधानाध्यापक प्रशान्त रजकले राष्ट्रिय आविष्कार केन्द्रलाई सहयोग गर्न पाएकोमा खुशी व्यक्त गर्दै निरन्तर सहकार्य गर्ने उल्लेख गर्नुभयो ।