१४ आश्विन २०८३, बुधबार Wednesday, September 30, 2026
१४ आश्विन २०८३, बुधबार
ताजा खबर
News Polar बाढी प्रभावित क्षेत्रमा अब ‘खोज तथा पुनःप्राप्ति’मा जाने सरकारको निर्णय News Polar ‘स्वास्थ्य प्रणाली सुधारमा रोग नियन्त्रण केन्द्रको भूमिका महत्वपूर्ण’ News Polar भारतबाट २० रुपैयाँ बढेर आए पनि नेपालमा पेट्रोलियम पदार्थको मूल्य यथावत् News Polar सिङ्गापुर : सरकारी कर्मचारीका लागि ‘डेटिङ’ सेवा सुरु News Polar युक्रेनी राष्ट्रपति जेलेन्स्कीद्वारा सीमामा रहेका सैनिकसँग भेट News Polar सकियो भक्तपुरको पुलुकिसी जात्रा News Polar जेन-जी आन्दोलनका क्रममा भागेका लागुऔषध मुद्दाका तीन जना पक्राउ News Polar भुटानविरुद्धको खेलमा गण्डकीको दोस्रो जित News Polar उपचार भए निको हुने मानसिक समस्या, तर उपचारमा छैन प्राथमिकता News Polar प्रधानमन्त्री राहत कोषमा मौज्दात १६ अर्ब १५ करोडभन्दा बढी पुग्यो News Polar विद्युत प्राधिकरणले वर्षायाममा भारतलाई ८६ मेगावाट बिजुली बेच्ने News Polar हिमलुङ हिमपहिरोमा थप तीन जनाको शव भेटियो News Polar अख्तियारद्वारा आठ जनामाथि मुद्दा दायर News Polar कास्य पदक दिलाएको महिला कबड्डी टोली स्वदेश फिर्ता News Polar सभापति पराजुलीको शपथ News Polar विकास निर्माणमा देखिएका समस्या समाधान गर्न कानुन संशोधन गर्दै सरकार News Polar राष्ट्रिय विधि विज्ञान प्रयोगशालासम्बन्धी विधेयक पारित News Polar संविधानको रक्षाका लागि परिवर्तनकारी शक्तिबीच एकता आवश्यकता छ : संयोजक दाहाल News Polar बाढी प्रभावित बेनीमा खानेपानी अभाव News Polar भोटेकोशी बाढी प्रभावितका लागि निःशुल्क स्वास्थ्य सेवा

‘मानिस र वातावरणबीचको द्वन्द्वलाई युद्ध होइन, सहकार्यको रुपमा बुझिनुपर्छ’

‘मानिस र वातावरणबीचको द्वन्द्वलाई युद्ध होइन, सहकार्यको रुपमा बुझिनुपर्छ’
अ अ+ अ-


काठमाडौंः नेपालकाे वातावरणका क्षेत्रमा लामाे समयदेखि सकृय संस्था नेपाल वातावरण पत्रकार समूहले निर्माण गर्न लागेको नयाँ कार्यालय भवनको शुक्रबार शिलान्यास गरिएकाे छ । समूहको मुख्य कार्यालय रहेकाे ललितपुर भनिमण्डलमा आयोजित एक विशेष समाराेहमा अर्थमन्त्री डा युवराज खतिवडाले भवनको शिलान्यास गरेका हुन् । करिब १ कराेड ५० लाखकाे लागतमा आगामी १० महिनाभित्र निर्माण सम्पन्न गरिसक्ने लक्ष्य सहित नयाँ भवनको शिलान्यास गरिएको समूहका महासचिव निमेष रेग्मीले जानकारी दिए ।

भवनको शिलान्यास गर्दै अर्थमन्त्री खतिवडाले भौतिक निर्माण मात्र नभई वातावरण संरक्षण र नीति निर्माणको क्षेत्रमा नेवापससँग सहकार्य गर्न सरकार तयार रहेको बताए । अर्थमन्त्री खतिवडाले मानिस र वातावरणबीचको द्वन्द्वलाई युद्ध होइन सहकार्यको रुपमा बुझिनुपर्ने पनि बताए । उनले गरिबी निवारण र वातावरण संरक्षण एकअर्कासँग जोडिएको भन्दै वन विनास, दुर्लभ वन्यजन्तुको तस्करी र खनिजको दोहन गरिबीसँग जोडिएको छ, त्यसैले राज्यले त्यसको व्यवस्थापन गर्नुपर्नेमा जाेड दिए ।

कार्यक्रममा वरिष्ठ पत्रकार भैरव रिसालले कार्य समितिलाई शुभकामना दिँदै समूहले वातावरणको क्षेत्रमा उत्कृष्ट कार्य गरेर छुट्टै पहिचान बनाउन सफल भएको बताए । समूहका अध्यक्ष कसमस विश्वकर्माले समूहको स्थायित्वका लागि भवन अपरिहार्य रहेको र त्यसको शिलान्यास हुनु ऐतिहासिक कार्य भएको बताए । सरकारसँग नजिकमा रहेर वातावरण र विकासका मुद्दाहरू उठाउने र जनचेतना जगाउने काममा वर्षौदेखि लागिरहेको उनको भनाई थियो।

समूहसँग अहिले उपलब्ध स्रोतले भवन निर्माण गर्न नसकिने र सबैको सहभागिता र सहयोग आवश्यक रहेकोमा उनको जोड थियो। उनले सबैलाई आफ्नो क्षेत्रबाट भवन निर्माणका लागि सहयोग गर्न आव्हान पनि गरेका छन् । भवन निर्माणका लागि समूहले ओम बुद्ध इन्जिनियरिङ प्राइभेट लिमिटेड र पिसी विल्डर्स एण्ड सप्लायर्स प्राइभेट लिमिटेडको संयुक्त उपक्रम (जेभी) सँग सम्झौता गरेको छ ।

अडियाे भिजुअल स्टुडियाे, अत्याधुनिक पुस्तकालय, सभाहल, हाकाहाकी अनलाइन समेतका लागि उपयुक्त कार्यस्थल निर्माण गर्नेगरी उक्त भवन निर्माण हुन लागेकाे हाे । याे जमिन समूहकाे स्वामित्वमा रहे पनि रकम अभावमा विगतमा भवन निर्माण हुन सकेकाे थिएन । तर २०७२ काे भूकम्पपछि समूहकाे पहलमा अग्रज पत्रकार सहजमान श्रेष्ठकाे अध्यक्षतामा रहेकाे तत्कालीन कार्य समितिले रेडियाे सगरमाथाका लागि भूकम्प प्रतिराेधी भवन निर्माण गरेकाे थियाे ।

समूहले हाल रेडियाे सगरमाथा १०२.४ मेगाहर्जमा सामुदायिक रेडियाे संचालन गर्नुका साथै वातावरण, जलवायु परिवर्तन, वन, जलाधार क्षेत्र समेतका विविध जल्दाबल्दा वातावरणीय विषयमा अडियाे, भिजुअल (आँखीझ्याल) लगायतका प्रचारात्मक, चेतनामूलक र दबाबमूलक कार्यहरू गरिरहेकाे छ । वातावरण र विकासका क्षेत्रमा लामाे समयदेखि कृयाशील समूहमा झण्डै १५० जना पत्रकार, विज्ञहरू सदस्य छन् ।