३ आश्विन २०८३, शनिबार Saturday, September 19, 2026
३ आश्विन २०८३, शनिबार
ताजा खबर
News Polar जडीबुटीमा खुल्यो ‘सोफा स्टोर काठमाडौं’को नयाँ आउटलेट, ५० प्रतिशतसम्म छुट News Polar बालबालिकाको क्षमता विकास र सामाजिक सेवामा केन्द्रित हुन अप्टिमिष्टको जोड News Polar कोरला नाकाबाट  भित्रिन थाले भेडाच्याङ्ग्रा News Polar जेसिके फाइट नाइटः चिनियाँ फाइटरविरुद्ध युकी आङदेम्बेको सहज जित News Polar कांग्रेसको १५औँ महाधिवेशनः ४३ जिल्लाका ३३९६ वडामा वडा अधिवेशन सम्पन्न News Polar ध्यानका लागि आकर्षक गन्तव्य बन्दै शिवपुरीको ध्रुवस्थली News Polar रियादस्थित विमानस्थल परिसरमा आगलागीको सङ्केतपछि उडान अबरूद्ध News Polar युक्रेनलाई २.७ अर्ब डलरको हवाई प्रतिरक्षा उपकरण बिक्रीका लागि अमेरिकाको स्वीकृति News Polar यूएनको ८१औँ महासभामा सहभागी हुन परराष्ट्रमन्त्री खनाल आइतबार अमेरिका जाँदै News Polar छुट्टाछुटै दुर्घटनामा दुई जनाको मृत्यु, एक घाइते News Polar जलवायु संकट न्यूनीकरणमा शक्तिशाली राष्ट्रले जिम्मेवारी लिनुपर्छ: पूर्वराष्ट्रपति भण्डारी News Polar यसपालीको पलेँटीमा गुञ्जदै छन् नीर शाहका गीत News Polar एसियाली खेलकुदले ओलम्पिकमा योगदान बढाउनुपर्छः कोभेन्ट्री News Polar भोटेकोशी बाढीः काभ्रेका ३७ जना सम्पर्कविहीन, तीनको कुशको शव बनाएर अन्त्येष्टि News Polar पाटनमा दश महाविद्या परिक्रमा पूजा सम्पन्न- फोटो फिचर News Polar अर्थमन्त्री डा वाग्लेद्वारा भारतीय उद्योगी, व्यवसायीलाई नेपालमा लगानी गर्न आह्वान News Polar एसियाली खेलकुदको भब्य उद्घाटन News Polar रास्वपा संविधानको स्टेकहोल्डर हो – रास्वपा सांसद न्यौपाने News Polar एशियन गेम्समा पदक जित्ने लक्ष्य छः दीपेन्द्र सिंह ऐरी News Polar संविधान नागरिकका सपना, आशा र अधिकारको साझा प्रतिज्ञा होः राष्ट्रपति पौडेल

दुर्गम गाउँमा आशाको किरण: सुत्केरी सेवामा समर्पित सरिता

दुर्गम गाउँमा आशाको किरण: सुत्केरी सेवामा समर्पित सरिता
अ+ अ-

मुगु—हिमाली जिल्ला मुगु सोरु गाउँपालिकाको कालै स्थित बर्थिङ सेन्टरमा कार्यरत सिनियर अनमी सरिता कुमारी शाही यतिबेला स्थानीय महिलाहरूका लागि आशाको केन्द्र बनेकी छिन ।

भौगोलिक विकट र यातायातको सहज पहुँच नभएको त्यस क्षेत्रमा सरिताले बिगत लामो समय देखि आमा र बच्चाको ज्यान बचाउन पुर्‍याएको योगदान प्रति गाउ“लेको प्रशंसाकी प्रेरणादायि बनेकी छन ।

मानव अधिकार तथा वातावरण बिकास केन्द्र हेरेण्डेक र ब्याकटु लाईफको आर्थिक सहयोगमा निर्माण गरिएको जिमा सिप गाउ“को बर्थिङ सेन्टरमा कार्यरत रहि उनले करिव ६ बर्ष सम्म गर्भवती तथा सुत्केरी आमाहरुको निरन्तर सेवा दिएकी छन ।
हिमाली दुर्गम क्षेत्रमा भरपर्दो प्रसुती सेवा अभावले अकालमा ज्यान गुमाउन बाध्य भएका सुत्केरी महिलालाई संस्थाको सहयोग र सरिताको सेवाले ज्यान सुरक्षित बनेको छ ।

साधन श्रोत र जनशक्ति अभावका बाबजुद उनी त्यस क्षेत्रका गर्भवती महिलाहरुलाई सुरक्षित प्रसुती सेवा प्रदान गर्न अहोरात्र खटिरहिन । जागिरको सवाल भन्दा पनि आमा र बच्चाको ज्यान बचाउन गरेको कार्य प्रति त्यहाँका महिलाहरुले उनलाई निकै प्रशंसा गर्ने गरेका छन ।
सिप गाउँकी वडासदस्य गोबिन्दा बिष्टले भनिन ‘सरिता मेडम हाम्री भगवान हुन । यहाँकी गर्भवती आमा, दिदी बहिनीलाई धेरै निकै सेवा दिइएकी छन । रातदिनको उनको सेवाले हामी महिला खुशी छौ उनले सुनाइन पहिले यहाँ अकालमा सुत्केरीले ज्यान जाने गथ्र्यो अहिले सरिता मेडम आमा र बच्चाको ज्यान बचाई दिएकी छन । स्वास्थ्य उपकरण र पर्याप्त जनशक्तिको अभावका बाबजुद पनि उहाँको कुशलताले गर्दा धेरै जटिल अवस्थामा पनि सफल सुत्केरी उपलब्ध भएको स्थानीय महिलाको भनाई छ ।

सेवामा कार्यरत ६ बर्षको अवधिमा सरिताले जिमा, सिप बर्थिङ सेन्टरमा ४ सय ६९ जना महिलालाई सुरक्षित सुत्केरी गराएकी छन । त्यसै गरि १२०० जना गर्भवतीको स्वास्थ्य चेकजा“च गर्न सफल भएकी छन । उक्त प्रसुती सेवा केन्द्र बाट करिव ६ सय जना सुत्केरी महिलालाई चार पटक स्वास्थ्य चेकजाच गरेकी छन । सिमित प्रसुती गृहमा सेवा लिन आएका गर्भवती महिला मात्र नभएर बिकट गाउँ बस्तीमा पुगेर सरिताले महिलाहरुलाई प्रसुती सेवा बारेमा जनचेतना अभिबृद्धि गराएकी छन ।

घरमा सुत्केरी हुदा आमा र शिशुको ज्यान असुरक्षित हुन्छ प्रसुतीगृहमा जादा ज्यान सुरक्षित हुन्छ भनेर भनेर महिलालाई जनचेतना अभिबृद्धि गराएकी छन । त्यसै गरि उनले बिद्यालय स्वास्थ्य कार्यक्रम अन्त्र्रगत बिद्यार्थीहरुलाई स्वास्थ्य सम्बन्धि जनचेता घरदैलो भेटघाट जस्ता सेवा गरेकी छन ।

गाउँमै सुरक्षित सुत्केरी हुन पाउदा तिनी महिलाहरु उनी प्रति निकै खुशी छन । पहिले त्यहाँ प्रसुती सेवा केन्द्र नहुदा गर्भवती महिलालाई कि त घरमै असुरक्षित सुत्केरी हुनु पर्ने कि त एक दिन टाढा जिल्ला अस्पताल ठिनी पुग्नु पर्ने अबस्था थियो । यहाँ प्रसुती केन्द्र बनेर सरिता मेडम आए देखि गर्भवती महिलालाई धेरै राहात भयो आमा र शिशुको ज्यान बच्यो स्थानीय डबल बिष्टले सुनाए । उनी करिव ६ बर्ष जिमा सिप बर्थिङ सेन्टरमा बसेर सुत्केरी महिलाहरुलाई सेवा दिइन बिष्टले बताए । गत कार्तिक महिना केही संस्थाले उनलाई कालै बर्थिङ सेन्टरमा खटाएको छ ।

पिठियूमा बच्चा बोकेर पनि उनी कालैमा सुत्केरीको सेवा प्रति सरिता समर्पित छन । कालैमा आए देखि उनले १० जना महिलालाई सुत्केरी गराइ सकेकी छन । कालै, खनाया, सिडडी गाउँका गर्भवती महिला सुत्केरी हुन बर्थिङ सेन्टरमा आउने गरेका छन । पहिले करिव ७५ प्रतिशत भन्दा बढी महिला घरमै सुत्केरी हुने गर्थे अहिले सबै गर्भवती महिला बर्थिङ सेन्टरमा सुत्केरी हुन आउछन सरिताले बताइन । गर्भ चेकजाँच गर्न पनि महिला आउने गरेको उनको भनाई छ ।

दुर्गममा अनेक कठिनाईका बाबजुद सुत्केरीलाई सेवा दिइरहेको सरिताले भनिन टाढा टाढा गाउबाट राति सुत्केरी हुन आउछन् उठेर सेवा दिनु परेको छअहिले घरमा सुत्केरी हुने महिलाको संख्या न्यून छ उनले बताइन । गाउँमा कोही सुत्केरी व्यथाले छटपटाउँदा सबैको मुखमा सरिता सिस्टरकै नाम आउँछ कालै गाउ“की एक स्थानीय महिलाले भनिन उहाँको सेवाले गर्दा यहाँका महिला उनलाई देउता सरह मान्ने गरेका छन, ।

बर्थिङ सेन्टरमा सुत्केरी भएका महिलाले यातायात खर्च बाफत ३ हजार, प्रोत्साहन बाफत ८ सय र प्रदेश कोसेली बाफत २ हजार ५ सय रुपैया पाउने गरेको सरिताले बताइन । उनले भनिन ‘‘यो सुबिधाले गर्दा पनि गर्भवती महिला बर्थिङ सेन्टरमा सुत्केरी हुन आउने गरेका छन,
मुगुको कालै जस्ता दुर्गम ठाउँमा बसेर उनले पुर्‍याएको यो सेवाले राज्यको स्वास्थ्य प्रणालीलाई गाउँ–गाउँमा पुर्‍याउन मद्दत गरेको छ ।”

संघीय सरकार प्रदेश सरकार स्थानीयतह र सरोकारवाला निकायले यस्ता समर्पित कर्मचारीको मनोबल उच्च राख्न थप प्रोत्साहन र सुविधामा ध्यान दिन आबश्यक देखिएको सोरु गाउ“पालिका—७ का वडाअध्यक्ष जयपुर बिष्टले बताए ।

हिमाली मुगु जिल्लाको चारवटा स्थानीयतह छायाँनाथ रारा नगरपालिका, सोरु, खत्याड र मुगुम कार्मारोङ गाउँपालिकास्तरमा मानव अधिकार तथा वातावरण बिकास केन्द्र हेरेण्डेक र ब्याकटु लाईफको सहयोगमा १८ वटा सुबिधायुक्त बर्थिङ सेन्टर निर्माण गरि संचालन गरिएको छ ।

उक्त बर्थिङ सेन्टरले गर्दा दुर्गम बिकट बस्तीमा बसोबास गर्ने पिछडिएका दलित तथा बिपन्न गरिव महिलाहरुलाई प्रसुती सेवामा सहज भएको छ । सरकारले हिमाली दुर्गम क्षेत्रमा जोखिममा परेका सुत्केरी महिलालाई हवाई उद्दारको पनि ब्यबस्था गरेको छ ।